क्रान्तिकारी प्रेस सङ्गठनको तेस्रो राष्ट्रिय भेला असार ६ गते काठमाडाैँमा हुने

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट पत्रकार संगठन क्रान्तिकारी प्रेस सङ्गठनको तेस्रो राष्ट्रिय भेला २०८३ असार ६ गते काठमान्डौमा गर्ने निर्णय गर्दै बैठक सम्पन्न गरिएको छ ।
२०८१ असार १ गते काठमाडौंमा सम्पन्न दोस्रो राष्ट्रिय भेलाव्दारा निर्वाचित काठमान्डौमा उपलब्ध केन्द्रीय समितिका सदस्यहरुको बैठकले सो निर्णय गरेको हो ।
क्रान्तिकारी प्रेस सङ्गठनका संयोजक नारायण पंगेनीको अध्यक्षतामा सूचना सञ्चार तथा प्रकाशन विभागका प्रमूख हेमन्तप्रकाश ओलीको प्रमुख आतिथ्यतामा र विभागका सचिव हुकुमबहादुर सिंहको सञ्चालनमा भएको बैठकव्दारा भेलालाई प्रभावकारी रुपले सम्पन्न गर्न निम्न निर्णयहरु गरेको छ :
१ तेस्रो राष्ट्रिय भेला यही असार ६ गते शनीवार काठमान्डौमा भव्य रुपले सम्पन्न गर्ने ।
२े पत्रकार महासंघले घोषणा गरेको आन्दोलन प्रति बैठकले ऐक्यवद्धता जनाउने निर्णय ग¥यो ।
३ क्रान्तिकारी प्रेस सङ्गठनका सल्लाहाकार इन्द्र राउतलाई विधान र संयोजक नारायण पंगेनीलाई प्रतिवेदन तयार पार्ने जिम्मा दियो
४ सागर श्रेष्ठको अध्यक्षतामा दामोदर खनाल, झनक श्रेष्ठ, कुमार भट्टराई, बिष्णुआले, अनु निरौला र गोविन्द पौडेल सदस्य रहने गरी भेला व्यवस्थापन समिति गठन गरेको छ ।
४ प्रत्येक ब्यूरोबाट २, २ जनाका दरले भे्लामा प्रतिनिधित्व गराउने निर्णय गरेको छ ।
५ बैठकले भेलाका लागि ब्यानर तयार पारी सो को डिजाइन गर्ने जिम्मा सागर श्रेष्ठलाई दियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?