रामेछाप जिल्लाको साहित्य, साहित्यिक पत्रकारिता र पत्रकारिताको सङ्क्षिप्त सिंहावलोकन

१) विषय परिचय
साहित्य मानवजीवनको अभिन्न अङ्ग हो । मानइतिहासको सभ्यतासँगै साहित्य र कलाको पनि इतिहास गाँसिएको छ । कथ्य रूपबाट लेख्य रूपमा साहित्यको विकास भएपछि यसको परिष्कार र परिमार्जन पनि गतिमा छ । साहित्य लेखन र प्रकाशनसँगै नै साहित्यिक पत्रकारिताको पनि इतिहास सुरु हुन्छ । तर साहित्यभन्दा साहित्यिक पत्रकारिता कान्छो विधा हो । जहाँ साहित्य नै लेखिँदैन, साहित्यका बारेमा चर्चा, परिचर्चा र बहसहरू नै हुँदैनन्, त्यहाँ साहित्यिक पत्रकारिता पनि हुँदैन । त्यसैले साहित्यको लेखन, प्रकाशन, परिचर्चा र साहित्यिक आन्दोलनसँगै साहित्यिक पत्रकारिता पनि गाँसिन्छ । यस लेखमा रामेछाप जिल्लाको साहित्यिक–सांस्कृतिक अवस्था, साहित्य र साहित्यकारको सङ्क्षिप्त इतिहास, साहित्यिक इतिहास लेखनको परम्परा, यससँग गाँसिएको साहित्यिक पत्रकारिताको इतिहास र त्यसको लिप्याङ्कन परम्पराका साथै पत्रकारिता र पत्रकारहरूका बारेमा सङ्क्षिप्त चर्चा गरिनेछ ।
२) रामेछाप : श्रम र चेतनाको एकता
रामेछाप पुरानो राजनीतिक–भौगोलिक संरचनामा पूर्व २ नं र पञ्चायतकालीन संरचनामा मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत जनकपुर अञ्चलमा पर्ने पहाडी जिल्ला हो । स्वाभाविकै रूपमा पहाडी जिल्ला भएकाले राजनीतिक, आर्थिक, सांस्कृतिक, भौगोलिकलगायत विकास निर्माणका आधारहरू ज्यादै कम मात्र रहेको जिल्ला रामेछापलाई बत्तीमुनिको अँध्यारो वा मध्यमाञ्चलको कर्णालीका रूपमा पनि परिभाषित गरिएको पाइन्छ । दक्षिणतिर फर्किएको रुखो माटो भएको र विकासका किरणहरू पुग्न नसकेको आदिवासी जनजाति बाहुल्य जिल्ला भएकाले यहाँको उत्पादन र जीविकोपार्जनको इतिहास कठोर परिश्रमसँग गाँसिएको छ । रामेछापका बासिन्दाहरू धनुषाको गोदारदेखि सिन्धुलीमाढी, दोलखाको बुस्ती (तामाकोसी–नयाँपुल) सम्म पुगेर नुन, चामल, चिउरा, मट्टीतेललगायत अत्यावश्यक खाद्यान्न ओसारेर जीविकोपार्जन गर्न बाध्य थिए । त्यसमाथि पनि सीमित सम्पन्न वर्गका व्यक्ति र व्यापारीहरूका लागि टाढाटाढाबाट डोकोमा खर्पन र तोक्मा लगाएर भारी बोकी जीविकोपार्जन गर्नुपर्ने अवस्था भएकाले विगतमा रामेछापलाई श्रमजीवी र भरियाबाहुल्य जिल्लाका रूपमा पनि चिनिन्थ्यो । कठोर परिश्रम र श्रमको सहारामा जीवन निर्वाह गर्नुपर्ने भएकाले पसिना बगाउनु, दुःख गर्नु, कठोर यात्रा गर्नु, सुखद भविष्यको कामना, चाहना र प्रयत्न गर्नु रामेछापवासीका दिनचर्या थिए । त्यसैले कष्टकर जीवनबाट उन्मुक्ति, सुखी जीवनको परिकल्पना र प्रयास रामेछापवासीका आवश्यकता र परिचय भए । कठोर परिश्रमसँग जीवन बितेकाले तिनको चेतना, सिर्जना र रचना पनि कठोरताबाट सहजता, शोषणबाट उन्मुक्ति, दुःखबाट सुखको कामना र प्रयाससँग जोडिए ।
यसैकारण विकासबाट जति ओझेलमा परेको भए पनि राजनीति र साहित्यमा भने रामेछाप जिल्ला अग्रणी स्थानमा रहेको छ । जहा“ शोषण, दमन, अभाव र विपन्नता हुन्छ, त्यहा“को चेतना पनि प्रतिरोधी भएर ब्यु“तिन्छ । भनिन्छ, असल बीज छ भने त्यो चट्टानमाथि पनि उम्रिन्छ । सामन्ती शासकहरूद्वारा अपहेलित र शोषित रामेछाप जिल्ला देशकै राजधानी रहेको मध्यमाञ्चलमा परेर पनि कर्णालीलाई बिर्साउने किसिमको विकट र दुर्गम थियो । बत्तीमुनिको अ“ध्यारो बनेको रामेछाप विगतदेखि नै चेतनामा सशक्त भएर उठेको छ ।
३) परिचयसँग गाँसिएको आन्दोलन र चेतना
रामेछाप जिल्लाको नाम आउनासाथ यसलाई चिनाउन ‘तीन लालको जिल्ला’ भन्ने गरिएको छ । हुन पनि नेपालको राजनीतिक र साहित्यिक आन्दोलनको इतिहास रामेछाप जिल्लाको नाम नलिई सुरु गर्नै सकिन्न भने पनि हुन्छ । निरङ्कुश राणाशासनविरुद्धको आन्दोलनमा विसं १९७० को दशकमै कलमबाट हु“कार गरेर १०८० सालमा प्रथम साहित्यिक सहिद बन्न सफल ‘मकैको खेती’ का सर्जक कृष्णलाल अधिकारी, राणाशासनकै विरुद्ध लड्ने क्रममा १९९७ सालमा हा“सीहा“सी मृत्युवरण गर्ने गङ्गालाल श्रेष्ठ र राणाशासनलगायत सम्पूर्ण सामन्ती, पु“जीवादी, साम्राज्यवादी, विस्तारवादी शासन, चिन्तन र प्रवृत्तिका विरुद्ध सर्वहारावर्गको मुक्तिका पक्षमा लड्न नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गर्ने पुष्पलाल तीनैजना ‘लाल’ लाई रामेछापको भूमिले जन्मायो । कृष्णलाल स्वयम् साहित्यिक व्यक्तित्व थिए भने पुष्पलालले साहित्य, दर्शन, राजनीति, विचार र संस्कृतिका बारेमा महत्वपूर्ण रचनाहरू गरेका छन् । राणाशासकहरूलाई थर्काउने र उनीहरूको अन्त्यका लागि जीवनभन्दा मृत्यु प्यारो देख्ने गङ्गालालको जीवन, उनका महान् वाणीहरू असल साहित्य र संस्कृतिका ऊर्जा, प्रेरक र सुन्दर विषय बनेका छन् । त्यसैले रामेछाप राजनीति, साहित्य र संस्कृतिको सुन्दर संयोजनको गौरवमय इतिहास बोकेर अघि बढिरहेको छ ।
रामेछापले नाम र काम दुवैमा ‘लाल’ र ‘निपुण’ सयौँ महान् व्यक्तिहरू पनि जन्माएको छ र कृष्णलाल, गङ्गालाल र पुष्पलालले सूत्रपात गरेको त्याग, बलिदान र समर्पणको सुन्दर इतिहासलाई भव्यतम् बनाएको छ ।
वर्गसमाजमा सिर्जना भएका सबै चीज अर्थात् राजनीति, अर्थ, संस्कृति, सिर्जना पनि वर्गीय हुन्छन् । रामेछाप जिल्लाको साहित्यको इतिहासलाई पनि सामन्तवाद पक्षधर–स्तुतिवादी तथा यथास्थितिवादी, प्रगतिशील र प्रगतिवादी गरी तीन कोटिमा विभाजन वा व्याख्या गरेर अध्ययन गर्न सकिन्छ । विकासको क्रमसँगै पुरातन चिन्तनको क्षय वा समाप्ति र नूतन र अग्रगामी चिन्तनको विकास स्वाभाविक हो । नेपालको प्रगतिशील तथा प्रगतिवादी राजनीति, साहित्य, कला र संस्कृतिका क्षेत्रमा पनि रामेछाप जिल्ला र यस जिल्लामा जन्मिएका धेरै राजनेता तथा संस्कृतिकर्मी–स्रष्टाहरूको ठूलो योगदान छ । यस सन्दर्भमा निरङ्कुश राणाशासनका विरुद्ध राजनीतिक क्षेत्रबाट जेहाद छेड्ने गङ्गालाल श्रेष्ठ, साहित्य र संस्कृतिका क्षेत्रबाट विद्रोह बोल्ने कृष्णलाल अधिकारी तथा समग्र सामन्ती र पँुजीवादी–साम्राज्यवादी व्यवस्थाकै अन्त्य गरी जनवाद, समाजवाद र साम्यवाद स्थापना गर्ने दृढ अठोट बोकेर नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्ने नेकपाका संस्थापक महासचिव पुष्पलालको चेतनाको प्रभावका कारण पनि नेपालको अग्रगामी राजनीतिक, सांस्कृतिक तथा साहित्यिक र पत्रकारिताको इतिहासमा रामेछापको भूमि उर्वर मात्र होइन, उल्लेखनीय, अविस्मरणीय र महत्वपूर्ण बनेको छ ।
वर्गसङ्घर्षका क्रममा रामेछापले धेरै लालहरू जन्मायो । नेकपा (माओवादी) को नेतृत्वमा २०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरु भएपछि रामेछापको भूमिले थप सयौँ लालहरू निर्माण ग¥यो । रामेछापका डेढ सयभन्दा बढी सुन्दर छोराछोरी लालबिहान स्थापना गर्न लालयोद्धा बने र जिल्लालाई रातोतातो रगतले सिँचे । नेपाल आमाका १५ हजार सुन्दर छोराछोरीले रगत बगाएर सिङ्गो भूमिलाई नै लाल र निपुण बनाइसकेको अवस्थामा यसको इतिहासका रूपमा तीन लालको रामेछाप मात्र नभएर नेपाली भूमिमा अत्याचारी शासनका विरुद्ध गरेको त्याग, मेहनत र दुई लालले गरेको बलिदान भने अविस्मरणीय र अतुलनीय नै छ । यद्यपि सिन्धुलीको दुम्जा स्थायी घर भएका विद्रोही कवि धरणीधर कोइरालाको जन्म पनि उनको मामाघर रामेछापकै बेतालीमा भएको थियो ।
वर्गयुद्धको थालनीमै बेथानमा प्रतिक्रियावादी सत्ताका रक्षकहरूको किल्ला ध्वस्त पारेर प्रथमपटक शक्तिशाली मोर्चामा विजय हासिल गर्ने दिलमाया बम्जनजस्ती जनयुद्धकी प्रथम महिला सांस्कृतिक छापमार सहिद जन्माउने र तीर्थ–फत्तजस्ता वीर योद्धाको बलिदान गर्ने गौरवमय क्षण पनि रामेछापलाई नै प्राप्त भएको छ भने ऐतिहासिक दोरम्बा मोर्चामा पुष्प, रक्तिमलगायत २१ जना महान् सहिदको रगतले रामेछापको माटोबाट संसारभर क्रान्तिको ज्वाला फैलाउने अवसर पनि प्राप्त भएको छ । यसरी हेर्दा राणाशासनको निरङ्कुशतादेखि ज्ञानेन्द्र शाही र उसको मतियार अमेरिकी साम्राज्यवाद (अब उत्तरसाम्राज्यवाद), भारतीय विस्तारवाद (अब साम्राज्यवाद) सम्मका जनदुस्मनहरूका विरुद्ध रामेछापको माटोमा रगत पोखिएको छ, सयौँको बलिदान भएको छ र त्यसकै जगमा सुन्दर विचार, सुन्दर साहित्य र सुन्दर संस्कृतिको जग पनि निर्माण भएको छ ।
४) सङ्क्षिप्त साहित्यिक चिनारी
रामेछाप जिल्लाको समग्र साहित्यको चर्चा गर्दा प्रगतिवादी तथा प्रगतिशील साहित्यले नै नेतृत्व गरिरहेको पाइन्छ तर लेखनको सुरुआतमा कतिपय विचारविहीन वा भनू“ तत्कालीन प्रतिक्रियावादी सत्तालाई फाइदा पुग्ने गरी सिर्जना गर्ने लेखकदेखि संसारकै सर्वहारावर्गको मुक्तिका खातिर सशरीर वर्गयुद्धमा लामबद्ध हुने र बलिदान दिने क्रान्तिकारी प्रगतिवादी लेखकसम्मको सूची फेला पार्न सकिन्छ । यो छोटो टिप्पणीमा काल विभाजन र वैचारिक स्तर निर्धारण गर्न सम्भव छैन । विधा र प्रवृत्ति छुट्ट्याउन पनि तत्काल सम्भव देखि“दैन । नेपाली भाषा र साहित्यका क्षेत्रमा रामेछाप जिल्लाका स्रष्टाहरूको एउटा सानो सूचीसम्म तयार भयो भने पनि यति बेला विषयको उठानसम्म हुने ठानिएको छ ।
परम्परागत र पुरातन विचारबाट प्रभावित बनेर सिर्जनामा कलम चलाउनेहरूको सूची हेर्दा पकरवासका आशुकवि शम्भुप्रसाद ढुङ्ग्याल, त्यहीँका पं. छविलाल ढुङ्गेल ‘सुरी’ (वि.सं. १८९६), सैपूका पं. श्रीकान्त शर्मा घिमिरे (वि.सं. १९२८), ऋषिभक्त पौडेल (वि.सं. १९३४), पं. दधिराम पौडेल (१९३५), बाबियाखर्कका यदुनाथ घिमिरे (१९३९), सालुपाटीका पं. पद्मप्रसाद भट्टराई (१९५९), डुम्रीखर्कका शाम्बभक्त सुवेदी (शाम्बभक्त शर्मा मुरारि, १९५८), देवीप्रसाद पौडेल ‘हबल्दार’ (१९६८), सामलीस्थानका सोमनाथ घिमिरे ‘व्यास’ (१९६८), दाताराम शर्मा पौडेल (१९७०), भलुवाजोरका चन्द्रप्रसाद ढुङ्गाना (१९७७), कठजोरका दिलबहादुर नेवार (१९७९), मन्थलीका हृदयराज शर्मा घिमिरे (१९८०), मन्थलीका भरतराज शर्मा मन्थलीय (१९८२), चिसापानीका गोविन्द शर्मा ‘विमल’ (१९८३), लिसम्पानीका शङ्करप्रसाद सत्याल (१९९०), कठजोरका टेकनाथ भट्टराई (१९९३), मन्थलीका नगेन्द्रराज शर्मा (१९९४), सालुका गुणराज काफ्ले ‘शाण्डिल्य’ (१९९७), गहिराथोकका रोचक घिमिरे (१९९८), चिसापानीका प्राध्यापक डा. दीर्घराज घिमिरे (१९९८), सैपुका बाबुराम पौडेल (१९९९), खनियापानीका अर्जुनकुमार खड्का (विसं २०००), भलुवाजोरका प्रा. नीलमणि ढुङ्गाना (२००३), सालुपाटीका गोविन्दप्रसाद घिमिरे (२००४), सालुकै रघुनाथ घिमिरे (२००४), तिल्पुङका अमृत योञ्जन तामाङ (२०१२), सैपुका भूपहरि पौडेल (२०१३), सालुका कपिल काफ्ले (२०१७), गान्धीराज काफ्ले (२०१८), पकरबासका ध्यानबहादुर मोक्तान (२०१९), सा“घुटारका विमल भौकाजी (२०२०), रामेछापकी सरला श्रेष्ठ (२०२२), ठोसेका इन्दिरा बुढाथोकी (राई), हिलेदेवीका विष्णुकुमार खत्री (२०३०), गेलुका विश्व श्रेष्ठ ‘बरु’, इन्द्रप्रसाद ढुङ्गेल, कठजोरका पद्मशङ्कर अधिकारी, महादेवस्थानका नवराज सुवेदी, पकरबासका रामहरि ढुङ्गेल, सालुका डा. ऋषि काफ्ले, टङ्कराम सुनुवार, उत्तम भौकाजी, सुमन कर्माचार्यलगायत पुराना र नया“ स्रष्टा रहेका छन् ।
प्रगतिवादको स्तरमा नपुगेका तर क्रान्तिकारी चेतनाले ओतप्रोत र प्रगतिशील एवम् यदाकदा क्रान्तिकारी चिन्तनसमेत राख्ने विद्रोही कवि÷साहित्यकार तथा विविध विधाका स्रष्टाहरूमा कठजोरका सहिद कृष्णलाल अधिकारी (१९४४), बेतालीमा जन्मेका धरणीधर कोइराला (१९४४), मन्थली सिर्जनानगरका हितप्रसाद उपाध्याय सुवेदी (१९८०), मन्थलीका जगदीश घिमिरे (२००२), माधव सयपत्री, भीरपानीका होमराज श्रेष्ठ (२०३८), मूल थातथलो सुनसरी भएर पनि दुई दशकदेखि रामेछापमा प्राध्यापन र सिर्जनामा तल्लीन पेशल आचार्यलगायत पचासभन्दा बढी सर्जकहरू रहेको पाइन्छ ।
रामेछापमा जनपक्षीय धारलाई केन्द्रबिन्दु बनाएर सिर्जनायात्रा शुभारम्भ भएको त्यति लामो इतिहास पाइ“दैन । कृष्णलाल, धरणीधर, पुष्पलाललगायत अग्रजहरूको क्रान्तिकारी चेतनाको जग तथा वर्गयुद्धका विभिन्न घटनापरिघटनाबाट पाठ सिक्दै विसं २०४० को दशकमा मात्र प्रगतिवादी साहित्य सिर्जना भएको इतिहास फेला पर्छ । भ“गेरीका पुष्पलाल श्रेष्ठ (१९८१) को प्रगतिवादी धारपछि मन्थलीका जगदीशघिमिरेलगायत स्रष्टाहरूमा देखिने क्रान्तिकारी रोमान्सलाई माक्र्सवादी क्रान्तिचेतनामा रूपान्तरण गरेको भेट्न चिसापानीका राजकुमार केसी (२०२२) का भूगोलका रेखाहरू (२०४५) र निहत्था मेरो सडक (२०४९) मा आइपुग्नुपर्छ । त्यसपछि त्यो क्रान्तिचेतनालाई वर्गयुद्धस“ग एकाकार गराउन मन्थली सानीमदौ, सिर्जनानगरका अशोक सुवेदी (२०२४) आइपुग्छन् । २०४८ सालमा सेतो गुलाब, २०५५ मा युद्धघोष, २०६२ मा नया“ समयका नया“ मान्छेहरू, गाउ“को रङ फेरिएको छ, चिहानमाथि ठडिएको सालिक, नेपाली प्रगतिवादी कवितामा विद्रोहचेत तथा जनयुद्धमा लामबद्ध छापामारहरूका पा“चवटा डायरीसङ्ग्रहसमेत लिएर उनी आइपुग्दा तिनमा जनयुद्ध सिर्जित नया“ यथार्थको प्रतिबिम्बन पाइन्छ ।
(जीवनचन्द्र कोइराला, हीरामणि दुःखी र पेशल आचार्यका कार्यपत्र तथा लेखहरू )
यो यात्रामा युगलीला, श्याम सुवेदी, अम्बिका गजुरेल ‘अनुप’, सूर्य सुवेदी ‘जीवन’, शारदा वर्षा, मीरा सुवेदी, लोकरोशन प्रधान, रक्तिम, पार्वती कडेरिया, पार्वती रसाइली ‘दीपा’, रेशम चौलागाईं, मैनकुमार मोक्तान ‘मदन’, चुनाबसिंह बल, केशर कालीकोटे, सपना, सचेत, क्षितिज, लक्ष्मी गुरुङलगायत दर्जनौँ स्रष्टा लामबद्ध हुन्छन् । झन्डै ११ वर्षसम्म सञ्चालित जनयुद्ध, त्यसक्रममा बेथान, दोरम्बा, देउराल, गज्र्याङ चुचुरेलगायत जिल्लाकै कतिपय स्थानमा भएका सफल मोर्चा र राज्यले मच्चाएका भीषण हत्याशृङ्खला, सहादत, बेपत्ता, यातना र अङ्गभङ्गका घटना तथा देशविदेशका क्रान्तिकारी घटनाको चेतनाको प्रवाहले रामेछापलाई पनि माथि उकास्छ । यो प्रगतिवादी क्रान्तिकारी
धाराले सिङ्गो देशमा जस्तै रामेछाप जिल्लामा पनि नेतृत्वदायी र शक्तिशाली भूमिका निर्वाह गरिरहेको छ । जनसांस्कृतिक आन्दोलनमा उदाउ“दा कलाकार र प्रतिभाहरूले त झन् क्रान्तिकारी सांस्कृतिक आन्दोलनकै नेतृत्व गरिरहेका छन् ।
जातिगत र भाषिक रूपमा रामेछापको साहित्य त्यति झाङ्गिन सकेको पाइ“दैन । दलितहरूबाट अत्यन्त कम, आदिवासी मानिएका तामाङ र सुनुवारहरूमा सापेक्षित रूपमा अलि बढी र नेवार समुदाय त्यसभन्दा माथि तथा ब्राह्मण–क्षेत्री समुदाय नै सिर्जनामा सबैभन्दा अघि देखिएका छन् । समग्रमा रामेछाप जिल्लाले राजनीतिमा जस्तै साहित्यमा समेत धेरै शक्तिशाली इतिहास बनाएको भए पनि वैचारिक रूपमा कृष्णलाल, धरणीधर, पुष्पलाल र गङ्गालालहरूलाई निरन्तरता दिन ३० को दशक र विशेषगरी ४०, ५०, ६० र ७० को दशकसम्म पनि पर्खनुप¥यो ।
यहा“ उल्लेख गर्न सम्भव नभएका धेरै नाम र उल्लेख गर्नै नसकिएका सयौँ कृति जन्माएको छ रामेछापले । रामेछाप विचार आन्दोलनको स्रोत हो र विपन्न नेपालको ऐना हो । त्यसैले क्रान्तिकारी इतिहास बोकेको रामेछापमा सिर्जनाका पनि धेरै सम्भावनाहरू देखिएका छन् । प्रतिभा पलायनको खतरा ठूलो समस्या छ । रामेछाप साहित्य प्रतिष्ठान, जगदीश घिमिरे प्रतिष्ठान, हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठान, देवकोटा प्रतिष्ठानलगायत सीमित साहित्यिक संस्थाहरू मात्र सक्रिय छन् । रामेछापका लेखकहरूलाई उत्साहित गर्ने धेरै काम बा“की नै छन् ।
५) रामेछापको साहित्य र साहित्यिक पत्रकारिताको सङ्क्षिप्त कालक्रमिक अध्ययन
नेपाली साहित्यको विकास र विस्तारका लागि रामेछाप जिल्लाको महत्वपूर्ण स्थान रहेको छ । नेपाली साहित्यको इतिहासमै अत्यन्त चर्चित परिघटनाका रूपमा रहेको ‘मकैको खेती’ पुस्तक, यसका लेखक सुब्बा कृष्णलाल अधिकारीको सहादत वा ‘मकैपर्व’ आफैँमा एउटा अत्यन्त गौरवशाली परम्पराको आरम्भ हो । यस जिल्लाका स्रष्टाहरूले साहित्यका विविध विधामा कलम चलाएका छन् । भाषिक हिसाबले हेर्दा पनि यस जिल्लामा नेपाली, तामाङ, सुनुवारलगायत भाषाको साहित्य पाइन्छ ।
इतिहासका तथ्यहरूको अवलोकन गर्दा रामेछाप जिल्लाको साहित्यको इतिहास लेखन परम्परा त्यति लामो पाइ“दैन । प्रथम साहित्यिक साहिद कृष्णलाल अधिकारी र उनीद्वारा लिखित तर अप्राप्य कृति ‘मकैको खेती’, बेताली मामाघर भएका जगरण कविताका अगुवा कवि धरणीधर कोइराला, मन्थलीका शाम्बभक्त शर्मा सुवेदी ‘मुरारि’, हितप्रसाद उपाध्यायलगायत व्यक्तित्वका जीवनी र कृतित्वको चर्चा गर्ने क्रममा छिटफुट रूपमा रामेछाप जिल्लामा जन्मिएका साहित्यकार र तिनका कृतिहरूको सामान्य चर्चा हुने गरे पनि हालसम्म कुनै व्यक्ति वा संस्थाले रामेछाप जिल्लाको साहित्य र साहित्यिक पत्रकारिताको समग्र र खोजमूलक इतिहास लेखेको पाइ“दैन ।
यद्यपि बीचबीचमा निस्किएका केही साहित्यिक पत्रिका, पुस्तक र साप्ताहिक–दैनिक पत्रिकामा प्रकाशित लेखरचना, कार्यपत्र र पुस्तिकाहरूलाई माध्यम बनाएर नै रामेछाप जिल्लाको हालसम्मको साहित्य र साहित्यिक पत्रकारिताको इतिहासलाई कोट्ट्याउनुपर्ने हुन्छ । यसका लागि डा. भूपहरि पौडेलका ऐतिहासिक मकैपर्व (२०४०), नेपालको विद्वत् परम्परा (२०४६), कृष्णलाल अधिकारीको मकैपर्व (२०४४) र आधुनिक कालको पहिलो चरणका काव्यव्यक्तित्व हितप्रसाद सुवेदी (दीपशिखा २०६२) केही आधार बन्नसक्ने देखिन्छ ।
त्यसैगरी अशोक सुवेदीको सम्पादन रहेको नौलो बिहानी (२०५४), हितप्रसाद उपाध्याय सुवेदीको चन्द्रवदन काव्य (२००२), स्ववियु पद्मकन्या क्याम्पसको मुखपत्र ‘दीपशिखा’ मा २०६२ साल माघमा प्रकाशित भूपहरि पौडेल र अशोक सुवेदीका आलेख, २०६२ सालमै प्रकाशित अशोक सुवेदीको ‘नेपाली प्रगतिवादी कवितामा विद्रोहचेत’ शीर्षक समालोचनालगायत सामग्री रामेछापको साहित्य र साहित्यिक पत्रकारिताको इतिहास अध्ययनका प्रारम्भिक आधार बन्नसक्छन् ।
दीपशिखामा डा. भूपहरि पौडेल लेख्छन् ः
…वास्तविक रूपमा भन्ने हो भने रामेछाप जिल्लामा धेरै प्रतिभाहरूको जन्म भएको थियो । नेपाली साहित्यको इतिहासमा मकैपर्वको विशिष्ट स्थान रहेको छ । नेपालको क्रान्तिको अरूणोदयमा कौशल अड्डाका नायबसुब्बा कृष्णलाल अधिकारीले मकैको खेती गर्ने तरिका सिकाउने पुस्तक ‘मकैको खेती’ को रचना गरेका थिए । यो पुस्तक लेख्ने प्रतिभा रामेछाप जिल्लाको कठजोर गाउ“का थिए । रामेछाप जिल्लाको सानीमदौमा वि.सं. १९८० मा जन्मिएका हितप्रसाद उपाध्याय सुवेदी पनि अहिलेसम्म नेपाली काव्यसाहित्यबाट ओझेलमा परेका थिए । उनले केकति योगदान दिएका थिए, नेपाली काव्य, गजल र कविताका क्षेत्रमा के कति रचनाहरू प्रदान गरेका थिए, त्यो पनि अन्धकारपूर्ण नै रहेको थियो । …यसरी विभिन्न प्रतिभाहरूको सङ्गमस्थलका रूपमा रहेको रामेछापका प्रतिभाहरूको अझै पनि अध्ययन÷अनुसन्धान हुन नसक्नु नरमाइलो पक्ष हो । हितप्रसाद सुवेदी खण्डकाव्य र गजलकारका रूपमा विशेष प्रसिद्ध रहेका छन् ।
(पृ. १६६)
डा. भूपहरि पौडेलको यो टिप्पणीले २०६२ सालसम्म पनि रामेछाप जिल्लाको साहित्य, साहित्यिक पत्रकारिता र साहित्यकारका विषयमा यथेष्ट चर्चा र व्याख्या नभएको र इतिहास पनि नलेखिएको देखिन्छ ।
२०६३ सालमा रामेछापमा दर्ता भएको अशोक सुवेदीको सम्पादकत्वको जनपुष्प साप्ताहिकमा चिसापानीका श्रीप्रसाद घिमिरेले ‘रामेछाप जिल्लाको साहित्यिक गतिविधि’ शीर्षकमा एउटा छोटो टिप्पणी लेखेको पाइन्छ । त्यसमा उनले ३०–४० जना स्रष्टा र तिनका कृतिको सङ्क्षिप्त उल्लेख गरेका छन् । २०६३ सालमै रामेछापमा स्थापित ‘रामेछाप साहित्य प्रतिष्ठान’ ले आयोजना गरेको ‘जनगणतन्त्र र राष्ट्रियताका लागि सिर्जनाअभियानको ५२ शृङ्खला सडककवि गोष्ठीका रूपमा आयोजना गर्ने क्रममा जिल्ला र काठमाडौँका गल्ली, चोक तथा उद्यानहरूमा रामेछाप जिल्ला र रामेछापका साहित्यकारहरूको इतिहासका बारेमा छलफल भएको प्रसङ्ग अभियानका बारेमा प्रकाशित विभिन्न पत्रिकाका समाचार, लेख र टिप्पणी र एबीसी टेलिभिजनबाट प्रसारित दोरम्बा हत्याकाण्ड तथा बेथान प्रहरीचौकीको लडाइ“सम्बन्धी श्रव्यदृश्यहरूबाट पाउन सकिन्छ ।
तत्कालीन नेकपा माओवादीका पोलिटब्युरो सदस्यसमेत रहेका प्रगतिवादी स्रष्टा अनिल शर्मा ‘विरही’ ले २०६४ सालमा काठमाडौँबाट प्रकाशित ‘नया“ अग्रगमन’ मासिकमा ‘ताम्सालिङ क्षेत्रका कवि र कविताहरू’ शीर्षक लेखमा रामेछाप जिल्लाका साहित्यकारहरूका बारेमा चर्चा गरेका छन् । उनी लेख्छन्– प्रगतिवादी कविता लेखनको क्षेत्रमा पनि रामेछापले निरन्तरता दिइरहेको छ । कृष्णलाल अधिकारी, धरणीधर कोइरालाहरूलाई पछ्याउ“दै कवि हितप्रसाद उपाध्याय सुवेदी (वि.सं. १९८०–२०३९) ले ‘चन्द्रवदन’ शोककाव्य सिर्जना गर्नुभएको थियो ।
(पृ. ४२)
२०६४ साल साउनमा प्रकाशित सपना श्रेष्ठ ‘सपना’ र नेत्र मोक्तान ‘सचेत’ को ‘रक्तिम युद्धको यात्रा’ कविता÷संस्मरणसङ्ग्रहको भूमिकामा अशोक सुवेदीले प्रगतिवादी साहित्यको चर्चा गर्ने क्रममा र नौलो बिहानीको दोरम्बा हत्याकाण्ड विशेष अङ्कमा रामेछापको राजनीतिक र साहित्यिक आन्दोलनका बारेमा सामान्य उल्लेख गरेका छन् ।
यसैक्रममा जगदीश घिमिरे प्रतिष्ठानले २०६४ साल पुस २१ र २२ गते मन्थलीमा आयोजना गरेको ‘रामेछाप साहित्य महोत्सव २०६४’ का क्रममा अनुसन्धाता जीवनचन्द्र कोइरालाद्वारा लिखित ‘रामेछाप जिल्लाको साहित्यिक सिंहावलोकन’ शीर्षकको ४८ पृष्ठको पुस्तिका नै रामेछाप जिल्लाको साहित्यसम्बन्धी व्यवस्थित विषयकेन्द्रित अनुसन्धानात्मक सामग्री हो । जम्मा २ सय प्रति प्रकाशन भएको भए पनि यस पुस्तिकामा रामेछाप जिल्लाको परिचयदेखि रामेछापका ४९ जना स्रष्टाको सङ्क्षिप्त परिचय, तिनका कृतिहरूको नाम र अधिकांशको तस्बिरसमेत प्रकाशित छ । यस पुस्तिकामा पुस्तक प्रकाशन नगरिसकेका त्यत्ति नै सङ्ख्याका स्रष्टाहरूको नामसमेत उल्लेख छ । सिन्धुली जिल्लाका स्रष्टा, समालोचक एवम् अनुसन्धाता कोइरालाको यो प्रशंसनीय कार्यलाई रामेछापका स्रष्टा तथा संस्कृतिकर्मीहरूले मुरीमुरी धन्यवाद दिनुपर्छ । पुस्तिकाको प्रकाशन प्रसङ्ग तथा सीमाहरूका बारेमा लेखकको आत्मकथन यस्तो छ :
…यो पुस्तिकामा रामेछाप जिल्लाको नेपाली, संस्कृत र तामाङ भाषासहित वाङ्मयिक विकासमा गरेका योगदानको निरूपण गर्ने प्रयत्न गरिएको छ । नेपाली साहित्यको कालविभाजनका आधारमा यस जिल्लामा पुख्र्यौली घर भई अहिलेसम्म निरन्तर रूपले यहीँ रहेका, यस जिल्लामा जन्म भएर अन्यत्र गई साहित्यसाधना गरेर यसै जिल्लालाई आफ्नो उद्गम भूमि स्वीकारिरहेका प्रतिभालाई यस पुस्तकभित्र समेट्ने प्रयत्न गरिएको छ ।
(रामेछाप जिल्लाको साहित्यिक सिंहावलोकन। पृ. ५)
कोइरालाले यस पुस्तकमा रामेछापका आशुकवि शम्भुप्रसाद ढुङ्ग्याल, पं. छविलाल ढुङ्गेल ‘सूरि’, पं. श्रीकान्त शर्मा घिमिरे, ऋषिभक्त पौडेल, पं. दधिराम पौडेल, यदुनाथ घिमिरे, सहिद कृष्णलाल अधिकारी, धरणीधर कोइराला, पं. पद्मप्रसाद भट्टराई, शाम्बभक्त सुवेदी ‘मुरारि’, देवीप्रसाद पौडेल ‘हबल्दार’, सोमनाथ घिमिरे ‘व्यास’, दाताराम पौडेल, चन्द्रप्रसाद ढुङ्गाना, दिलबहादुर नेवार, हृदयराज शर्मा घिमिरे, हितप्रसाद उपाध्याय सुवेदी, पुष्पलाल श्रेष्ठ, भरतराज शर्मा मन्थलीय, गोविन्द शर्मा ‘विमल’, खङ्गप्रसाद सत्याल, टेकनाथ भट्टराई, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, प्रा.डा. दीर्घराज घिमिरे, बाबुराम पौडेल, जगदीश घिमिरे, प्रा. नीलमणि ढुङ्गाना, गोविन्दप्रसाद घिमिरे, रघुनाथ घिमिरे, अमृत योन्जन तामाङ, पुण्यप्रसाद पौडेल, डा. भूपहरि पौडेल, कपिल काफ्ले, गान्धीराज काफ्ले, ध्यानबहादुर मोक्तान, विमल भौकाजी, राजकुमार केसी, सरला श्रेष्ठ, अशोक सुवेदी, इन्दिरा बुढाथोकी (राई), विष्णुकुमार खत्री, होमराज श्रेष्ठ, माधवप्रसाद उपाध्याय ‘सयपत्री’, विश्व श्रेष्ठ ‘बरु’, सपना श्रेष्ठ ‘सपना’, नेत्र मोक्तान ‘सचेत’, अम्बिकाप्रसाद गजुरेल ‘अनुप’, डा. सुमन कर्माचार्यलगायत स्रष्टाका बारेमा सङ्क्षिप्त चर्चा गरेका छन् ।
उनले साहित्य र बौद्धिक क्रियाकलाप तथा पत्रकारितामा संलग्न व्यक्तिहरूको सूचीसमेत ‘केही फुटकर रचना भएका प्रतिभा र साधनारत प्रतिभाहरू’ शीर्षकमा प्रस्तुत गरेका छन् । तिनमा इन्द्रप्रसाद ढुङ्गेल, पद्मशङ्कर अधिकारी, नवराज सुवेदी, लक्ष्मण घिमिरे, भोजराज घिमिरे, रमेश घिमिरे, कमल चौलागाईं, रामहरि ढुङ्गेल, शिवबहादुर खड्का, टेकबहादुर घिमिरे, रामप्रसाद भट्टराई, भरत अधिकारी, नवराज अधिकारी, दिनेश बस्नेत, माधव काफ्ले, युवराज भट्टराई, रामचन्द्र खड्का, रामचन्द्र उपाध्याय, बच्चु काफ्ले, शेखर पौडेल, यज्ञ अधिकारी, दिनेश घिमिरे, डा. मधु घिमिरे, डा. ऋषि काफ्ले, डा. रामकुमार भौकाजी, विमलप्रसाद निरौला, मानबहादुर खड्का, भोला धरातल, पेशल आचार्य, उत्तम भौकाजी, कृष्णराज सुवेदी, श्रीप्रसाद घिमिरे, विमलबाबु खत्री, सूर्य ढुङ्गेल, दिनेश वाग्ले, टङ्कराम सुनुवार, डा. सुमन कर्माचार्य, कमलप्रकाश सुनुवार, कैलाशप्रसाद ढुङ्गेल, देवशङ्कर पौडेल, लीलाबहादुर बस्नेत, रुद्रबहादुर श्रेष्ठ, दिनेश श्रेष्ठ, इच्छाबहादुर बुढाथोकी, भरत ढुङ्गेल ‘भावुक’, प्रभुराम थापामगर, सुवास बस्नेत, भुवन सुनुवार, कृष्ण तुफान, रमेश ढुङ्गेल, बलबहादुर मगर, गीता बस्नेत, राजेन्द्र विलीन केसी, दीपक भट्ट ‘कञ्चन’, नवराज कार्की, केदारप्रसाद सत्याल, डीके सुनुवार, सुवासचन्द्र श्रेष्ठ, ज्ञानबहादुर गुभाजू, गणेशलाल श्रेष्ठ, इन्द्र खपाङ्गी, पारू भट्ट, भीमसेन पौडेल, राजनप्रसाद अधिकारी, खड्गबहादुर कार्की, प्रभुराम थापामगर ‘उदासी’, दिलीप सुनुवार ‘प्रतिद्वन्द्वी’, सुभास थापा, भीमेष पौडेल, श्रीबहादुर शैलुङे, मातृका पौडेल, गणेशकुमार प्रधान, मनोरमा सुनुवारलगायतको नाम पनि उल्लेख गरेका छन् ।

लेखक : अशोक सुवेदी


जगदीश घिमिरे प्रतिष्ठानले आयोजना गरेको सोही कार्यक्रममा सहिद स्मृति क्याम्पसका अध्यापक एवम् साहित्यकार पेशल आचार्यद्वारा प्रस्तुत ‘२०४८ सालदेखि २०६४ सालसम्मको रामेछापको साहित्यिक गतिविधि’ शीर्षक कार्यपत्रले रामेछाप जिल्लामा क्रियाशील साहित्यिक सङ्घसंस्था, साहित्यिक पत्रिका, ती संस्था र पत्रिकाका सम्पादक/प्रकाशकको समेत सङ्क्षिप्त चिनारी दिएको छ । रामेछाप जिल्लाको साहित्यक पत्रकारितासम्बन्धी एउटा महत्वपूर्ण अध्ययन हो यो । पेशल आचार्यले छोटो अवधिमा मिहीन पाराले रामेछाप जिल्लाको साहित्यिक गतिविधिलाई केलाएका छन् । स्थानीय मन्थली उमावि र सहिद स्मृति क्याम्पसका नेपाली भाषा÷साहित्यका अध्यापक आचार्य आफैँमा स्रष्टा र साहित्यिक पत्रकार पनि हुन् । बाहिरी जिल्लाबाट रामेछापमा आई प्राध्यापन पेसा अ“गालेका आचार्यले आफ्नो कर्म जिल्लाको शिक्षा र साहित्यको विकासमा लगाएको गुन पनि कम छैन । अझ उनले हरेक प्रसङ्गमा रामेछापका साहित्यिक गतिविधि, साहित्य सिर्जना, समालोचना र साहित्यिक पत्रकारिताबारे निरन्तर कलम चलाएर रामेछापको साहित्य, साहित्यिक पत्रकारिता र सञ्चार क्षेत्रलाई उधिन्ने, झकझक्याउने, जोड्ने र प्रवाहित गर्ने काम गरिराखेका छन् । रामेछाप साहित्य प्रतिष्ठान तथा माक्र्सवादी साहित्य प्रतिष्ठानसमेतको सहभागितामा हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठानद्वारा बर्सेनि मन्थलीको सानीमदौ सिर्जनानगरमा आयोजना हुने विशेष साहित्य गोष्ठी र कविता प्रतियोगितामा महत्वपूर्ण सहभागिता जनाएर रामेछापको साहित्यको विकास र उत्थानमा थप टेवा पु¥याएका छन् ।
जिल्लामा भएका साहित्यिक गतिविधि र गोष्ठीहरूका बारेमा अनुसन्धाता पेशल आचार्य लेख्छन् :
२०६० को दशकमा लगभग एक दशकसम्म थुप्रै गोष्ठी भए, सयका हाराहारीमा । कहिले ती गोष्ठीहरू साहित्यकार जगदीश घिमिरेको नेतृत्वमा ‘वसन्त काव्य सङ्गम’ का नाममा भए भने कहिले साहित्यकार तथा पत्रकार अशोक सुवेदीको नेतृत्वमा उहाँका बाबाआमाको नाममा स्थापित साहित्यिक संस्था ‘हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठान’ का नाममा भए । ती गोष्ठीहरूचाहिँ सहभागिताका हिसाबले धेरै साहित्यकारहरू भेला हुने गोष्ठी हुने गर्थे तर रामेछापमा क्रियाशील अनौपचारिक साहित्यिक मञ्च (जसको अध्यक्ष पहिले कवि तथा गजलकार भोला धरातल र पछि कवि पेशल आचार्य हुनुहुन्छ), नवआयाम साहित्य प्रतिष्ठान, महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान र दुई वर्षअघिदेखि स्थापित स्रष्टा सङ्गमले मन्थलीमा धेरै कार्यक्रमहरू गर्न सकेको छ । स्थानीय स्तरमा रहेर कलम चलाउने साहित्यकारहरू कथाकार माधव सयपत्री, कवि रामचन्द्र वियोगी, कवि डा. सुमन कर्माचार्य र म पनि साहित्यिक कर्ममा व्यस्त हुने गर्दथ्यौँ । अनि त्यसैगरी सहृदयी अशोक सुवेदी जब चैतमा तीनदिने आफ्नो सिर्जनायात्रामा मन्थली सिर्जनानगरस्थित आफ्नो सिर्जनावाटिकामा देशभरका छानिएका साहित्यकार, कलाकार र पत्रकारहरूको टोली लिएर आउनुहुन्थ्यो, त्यसबेला लाग्थ्यो मन्थलीमा जति साहित्य गोष्ठी अन्त कतै हुँदैनन् । यहाँका मानिस साहित्य भनेपछि मरिमेट्ने खालका छन् । ‘पृथ्वी तल भरिमा’ लेखका लेखक कमलमणि दीक्षितले भानु जन्मस्थल चुँदीका बारेमा लेख्दा भनेको ‘यहाँ जो पनि कवि अनि जे पनि कविता’ भनेर । मन्थलीमा हामीलाई यस्तै लाग्थ्यो । एक प्रकारले साहित्यिक सुखानुभूतिको अनुभव हुन्थ्यो ।
पेशल आचार्य, ऐ कार्यपत्र
२०६५ साल असोजमा अमरदीप सुनुवारद्वारा सम्पादित तथा लिखु सुसेली संरक्षण परिषद्द्वारा प्रकाशित ‘जागरणका लागि सुसेली’ वर्ष १ अङ्क १ मा छापिएको अशोक सुवेदीको ‘रामेछाप जिल्लाको सङ्क्षिप्त साहित्यिक चिनारी’ शीर्षक लेखले रामेछापेली साहित्य र साहित्यिक पत्रकारिताको सङ्क्षिप्त इतिहासको वैचारिक पक्षको झल्को दिन्छ । यसमा उनले समसामयिक धारा, प्रगतिशील धारा र प्रगतिवादी धारा गरी रामेछापेली साहित्यकार तथा इतिहासलाई मोटामोटी रूपमा तीन वर्ग वा विचारमा वर्गीकरण गर्ने प्रयास गरेका छन् । तर यस लेखमा रामेछापका युवराज चौलागाईं, सुनिता गौतम ‘सिर्जना’, दीपा, शान्तबहादुर रोक्का, रामचन्द्र वियोगीलगायत नया“पुराना पुस्ताका केही स्रष्टा छुटेका छन् । स्रष्टा, सिर्जना, तिनले दिने भाव र वैचारिक पक्षधरताका लागि उठान गरे पनि उक्त लेखले साङ्गोपाङ्ग रूपमा रामेछापेली साहित्यकारले बोकेको विचारधाराको चिरफार र साहित्यिक पत्रकारिताको समष्टि इतिहास उतार गर्न सकेको छैन । रामेछाप जिल्लामा क्रियाशील स्रष्टा र साहित्यिक सङ्घसंस्थाको छोटो विवरण भने प्रस्तुत लेखले सङ्क्षिप्त रूपमा भए पनि दिन्छ ।
२०६६ साल वैशाख १४ गते प्रकाशित जनदिशा दैनिकमा नेकपा माओवादीका नेता एवम् प्रगतिवादी स्रष्टा अनिल शर्मा ‘विरही’ को ‘तीन लालको भूमिमा अग्रजहरूको सम्झना’ शीर्षकको तथ्य एवम् अनुभूतिपरक लेख प्रकाशित भएको पाइन्छ । उक्त लेखमा लेखक विरहीले रामेछाप जिल्लामा सक्रिय प्रगतिशील लेखक सङ्घ, रामेछाप साहित्य प्रतिष्ठान, माक्र्सवादी साहित्य प्रतिष्ठान, हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको आह्वानमा मन्थलीस्थित सिर्जनानगरमा आयोजित कवि हितप्रसाद उपाध्याय सुवेदीको सालिक अनावरण, स्मृति भवन उद्घाटन कार्यक्रम, कविता प्रतियोगिता, पुष्पलाल–गङ्गालाल–कृष्णलालको जन्मस्थलको भ्रमण, तीन लालको सालिक आकासेमा भएको साहित्यिक कार्यक्रमलगायतको गहिराइपूर्वक चर्चा गरेका छन् ।
अन्नपूर्ण पोस्ट दैनिकको २०६६ साल पुस २२ गतेको शैली र दृश्यावलोकन मासिकको २०६६ साल पुस–माघ अङ्कमा अशोक सुवेदीले प्रथम सांस्कृतिक सहिद कृष्णलाल अधिकारी, मकै पर्व र उक्त कृतिमाथि भएको षड्यन्त्रका बारेमा लेख लेखेका छन् । यस लेखले कृष्णलाल अधिकारी, ‘मकैको खेती’ पुस्तक र कृष्णलाल अधिकारीको जेलभित्रै भएको मृत्यु (बलिदान) का बारेमा जानकारी पाउन सकिन्छ । उक्त लेखमार्फत रामेछापका अन्य स्रष्टाका बारेमा पनि केही जानकारी प्राप्त गर्न सकिन्छ ।
यसअघि रामेछाप जिल्लाको साहित्यिक इतिहासका बारेमा लिखित रूपमा भेटिएका सामान्य टिपोट, चर्चा र प्रसङ्गहरू यिनै हुन् ।
६) साहित्यिक पत्रकारिता र पत्रकारिता
रामेछापको इतिहासमा साहित्यिक लेखन, प्रकाशन, साहित्यिक पत्रकारिता र पत्रकारिता एकापसमा अविभाज्य बनेको पाइन्छ । निरङ्कुश पञ्चायती व्यवस्थामा जिल्लामा त्यस्ता कुनै साहित्यिक पत्रपत्रिका प्रकाशन भएको इतिहास पाइँदैन । त्यसका लागि बहुदलीय व्यवस्थाको आगमन र अझै पचासको दशक नै कुर्नुपर्छ । भूगोल र विकासका दृष्टिले दुर्गम र विकट, राजनीतिक रूपमा पिछडिएको र विद्रोही चेतनाका हिसाबले पनि असङ्गठित अवस्थामा रहेको पाइने रामेछाप जिल्लामा जति प्रतिभाहरू जन्मिए, सुरुमा ती प्रतिभाहरू जिल्लामै टिकिरहने वातावरण देखिँदैन । विशेषगरी राणाहरूले मकैको खेतीको बहानामा कृष्णलाल अधिकारीको जेलभित्रै सडाएर हत्या गरेपछि कठजोरका अरू अधिकारीहरूलाई पनि राणा शासकहरूले खोजीखोजी दुःख दिएको, अधिकारी भन्ने थाहा पाएपछि जागिर नै नदिएको र पाएको जागिर पनि खोसिदिएको इतिहास पाइन्छ भने कयौँ अधिकारीहरू थरसमेत बदलेर पलायन भएर अन्यत्र गएको पाइन्छ । चर्चित मकवानी बाला महाकाव्यका सर्जक उमानाथ शास्त्री सिन्धुलीयको कठजोरमा रहेको परिवारलाई सोही काण्डपछि राणाशासकहरूले छिन्नभिन्न पारेपछि रामेछापबाट स्थानान्तरण हुँदै सिन्धुली झरेको पाइन्छ ।
(गोविन्द गजुरेल, उमानाथ शास्त्री सिन्धुलीयको जीवनी, व्यक्तित्व र कृतित्व, अप्रकाशित शोधप्रबन्ध)
सचेत विद्रोही स्रष्टा होऊन् वा राजनीतिकर्मी, अथवा सामान्य स्रष्टा होऊन् वा जीविकोपार्जनका लागि कामको खोजीमा भौँतारिएकाहरू होऊन्, सबै रामेछाप जिल्लाबाट बाहिर पुगेको पाइन्छ । धरणीधर होऊन् वा आशुकवि शम्भुप्रसाद ढुङ्ग्याल होऊन्, ती सबै कामको खोजीमा र विविध कारणले जिल्लाबाट बाहिरिएको इतिहास छ । त्यसैले रामेछापको साहित्य, साहित्यिक पत्रकारिता र पत्रकारिताको इतिहास र वर्तमान रामेछाप जिल्लाभित्रमात्रै खोजेर पूर्ण हुँदैन । यसका लागि जिल्ला र बाहिर क्रियाशील स्रष्टा र पत्रकारका बारेमा सापेक्ष रूपमा अध्ययन गर्नुपर्ने हुन्छ ।
जिल्लामा स्थापित कतिपय स्रष्टा र सङ्घसंस्थाले जिल्लामै रहेर त कतिपय पत्रकार र सङ्घसंस्थाले जिल्लाबाहिर, खासगरी राजधानीसम्म पनि रामेछापको साहित्यिक योगदानको केही चर्चा गरेको पाइन्छ । यसरी चर्चा गर्नेमा साहित्यिक पत्रपत्रिकाबाहेक समसामयिक विषयका साप्ताहिक–मासिक समाचारपत्रहरूसमेत छन् । नवराज सुवेदीले विसं २०३० र २०४० को दशकमा आफ्ना बाबु शाम्बभक्त शर्मा ‘मुरारि’ र फुपाजु सहिद कृष्णलाल अधिकारीको ‘धर्मकुमारी शिक्षा’ नामको पुस्तक प्रकाशन गरिदिएको पाइन्छ । यसले पनि रामेछापको साहित्यिक इतिहासमा केही टेवा पुगेको छ ।
त्यस्तै २०४८ सालमा विवश वस्ती र नवराज पथिकको सम्पादनमा परिवेश, २०५२–२०५३ सालमा अशोक सुवेदीको सम्पादनमा नया“ परिवेश, २०५४ सालबाट सुवेदीकै सम्पादन÷प्रकाशनमा नौलो बिहानी, २०५६ तिर रामेछाप मासिक, सोही अवधिमा पेशल आचार्य प्रधानसम्पादक, हिमाल ढुङ्गेल सम्पादक र बलराम श्रेष्ठ प्रकाशक रहेको अविरल मासिक, २०५९ सालमा माधवप्रसाद उपाध्याय ‘सयपत्री’ को सम्पादनमा ‘नवआलोक’ द्वैमासिक, साठीको दशकमा केशव अमोल तिमिल्सिनाको सम्पादनमा ‘दीपसागर’, पार्वती श्रेष्ठको सम्पादनमा ‘तामाकोसी तरङ्ग’, प्रकाश न्यौपाने ‘परिष्कार’ र रमेश उपाध्यायको सम्पादनमा ‘वसन्त–पल्लव’ नामका साहित्यिक पत्रिका र समसामयिक पत्रिकाहरूले रामेछापको साहित्य र साहित्यिक पत्रकारिताको सेवा गर्दै आएका छन् । साहित्यलाईसमेत स्थान दिएर प्रकाशित भएको अशोक सुवेदीको सम्पादनको ‘जनपुष्प’, टंक गौतमसमेत रहेको ‘जनजिब्रो’, विदुर ढुङ्गेल रहेको ‘रामेछाप पोस्ट’, बेथान मोर्चाको स्मृतिमा प्रकाशित तीफदि आवाज, जिल्लाबाट प्रकाशित जनपुष्प, पुष्पवृष्टि, दोरम्बा ह“ुकार, अनन्त आचार्यको सम्पादनको ‘तीन लाल भूमि बोल्छ’, सुदर्शन रायको सम्पादनको ‘नुम्बुर टाइम्स’, अनिता श्रेष्ठको सम्पादन र सुनिता घिमिरेको प्रकाशन रहेको ‘रामेछाप सन्देश’, रमेश ढुङ्गेलको सम्पादनको लोकदीप, नयन र न्यु नयन पत्रिकाले रामेछापको साहित्यलाई टेवा पु¥याउँदै साहित्यिक पत्रकारिताको श्रीवृद्धि गरेका छन् ।
रामेछापमा कर्मचारी मिलनकेन्द्रको मुखपत्र ‘रामेछाप आवाज’, बद्री नया“घरेसमेतको सम्पादनको ‘स्मारिका’, ने.रा.शि. सङ्गठनको ‘रामेछाप शैक्षिक सन्देश’, सहिद स्मृति क्याम्पस स्ववियुको मुखपत्र तथा अनेरास्ववियू (क्रान्तिकारी), नेविसङ्घ, अनेरास्ववियुलगायत सङ्गठनका मुखपत्र र स्मारिकाहरूले पनि रामेछाप जिल्लाको साहित्य र साहित्यिक गतिविधिलाई स्थान दिएका छन् । राजधानीबाट रसुवाली कविको सम्पादन÷प्रकाशनमा प्रकाशित हुने व्यक्त जनविचार पाक्षिक (हाल साप्ताहिक) र रातो हिमाल मासिकले पनि रामेछापको साहित्य र साहित्यिक पत्रकारितालाई सघाउँदै आएको पाइन्छ । यसबाहेक विभिन्न सङ्घसंस्थाले बेलाबेलामा आयोजना गर्ने गरेका गोष्ठी र प्रतियोगिताहरूले रामेछापको साहित्य प्रवद्र्धनमा ठूलो सहयोग पु¥याएका छन् ।
७) साहित्य र साहित्यिक पत्रकारिताको श्रीवृद्धिमा लागेका सङ्घसंस्था र पत्रपत्रिका
जगदीश घिमिरेको नाममा स्थापित ‘जगदीश घिमिरे प्रतिष्ठान’, अशोक सुवेदीको अध्यक्षतामा स्थापित ‘रामेछाप साहित्य प्रतिष्ठान’, ‘हितप्रसाद उपाध्याय–जूनमाया साहित्य प्रतिष्ठान’, ‘माक्र्सवादी साहित्य प्रतिष्ठान’, प्रलेस रामेछाप, त्यसैगरी ‘सुब्बा कृष्णलाल स्मृति प्रतिष्ठान’, भोला धरातलको संयोजनमा स्थापित ‘अनौपचारिक साहित्यिक मञ्च’, रामचन्द्र वियोगीलगायतको सक्रियतामा स्थापित ‘लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान’ लगायत साहित्यिक सङ्घसंस्थाले रामेछापको साहित्यिक गतिविधि र साहित्यिक पत्रकारितालाई विभिन्न ढङ्गबाट सक्रिय बनाएको पाइन्छ । माक्र्सवादी साहित्य प्रतिष्ठान र रामेछाप साहित्य प्रतिष्ठानको प्रकाशन रहेको ‘जनगणतन्त्र र राष्ट्रियताका लागि सिर्जनाअभियान’ पुस्तकले रामेछाप साहित्य प्रतिष्ठान र माक्र्सवादी साहित्य प्रतिष्ठानले एक सय १२ शृङ्खलासम्म आयोजना गरेको गोष्ठी र अन्तरक्रियाबारे लेख र समाचार प्रकाशन गरेर जिल्लाको साहित्यि र नामलाई स्थापित गर्ने काम गरेको देखिन्छ । उक्त पुस्तकका अनुसार रामेछाप सदरमुकाम मन्थली, सिर्जनानगर, भ“गेरी, आकासे, कठजोरलगायत जिल्लाका केही स्थान र विशेषगरी काठमाडौँ, ललितपुरका विभिन्न चोक र गल्लीमा सडक कविगोष्ठी र अन्तरक्रियाका रूपमा सञ्चालित उक्त अभियानका बारेमा नेपाल टेलिभिजन, एबीसी टेलिभिजनलगायत टेलिभिजन र विभिन्न एफएम रेडियोहरूले समेत कार्यक्रम नै प्रसारण गरेको पाइन्छ ।
८) पत्रपत्रिकाहरू
पचासको दशकअघि रामेछापबाट पत्रिका प्रकाशन भएको पाइ“दैन । यसअघि पञ्चायतकाल र त्यसपछि रामेछापबाट राजधानीमा गएर विभिन्न व्यक्तित्वले पत्रकारिता गरेको इतिहास भने पाइन्छ । जिल्लाकै सन्दर्भमा भन्नुपर्दा २०५३ सालमा जिल्लामा पहिलो नम्बरमा दर्ताका लागि तयार पारिएको नौलो बिहानी मासिक सम्पूर्ण कागजात र प्रमाण भएर पनि तत्कालीन प्रजिअले पत्रपत्रिका दर्ताको अनुभव नभएकाले तत्काल दर्ता गर्न नसकिने भन्दै कागजात बुझेर पनि दर्ता नगरी फिर्ता पठाइदिएका दिए । उक्त पत्रिका २०५४ सालमा काठमाडौँमा दर्ता भएर प्रकाशनमा आयो । त्यसपछि साठीको दशकमा आएर रामेछापबाट दर्ता भएर पहिले अनन्त आचार्यको सम्पादनमा तीनलाल भूमि बोल्छ नामको साप्ताहिक र त्यसको केही समयछि सुदर्शन रायको सम्पादनमा नुम्बुर टाइम्स नामको साप्ताहिक पत्रिका प्रकाशनमा आए । यी दुवै पत्रिकाले साहित्यलाई पनि महत्व दिएर साहित्यिक पत्रकारिताको भूमिका निर्वाह गरेका थिए । साठीको दशकको आरम्भमा अशोक सुवेदीको सम्पादनमा जनपुष्प नामको साप्ताहिक पत्रिका रामेछापमा दर्ता भएर प्रकाशन भएको पाइन्छ । यस पत्रिकाले साहित्यका विविध विधालाई महत्व दिएर प्रकाशन गरेको पाइन्छ । अनिता श्रेष्ठको सम्पादन र सुनीता घिमिरेको प्रकाशनमा रामेछाप सन्देश नामको साप्ताहिक पत्रिकाको प्रकाशन पनि यसै दशकमा आरम्भ भयो । उक्त साप्ताहिक केही समयसम्म श्यामकृष्ण श्रेष्ठ र झम्क क“डेलको सम्पादनमा प्रकाशित भयो । यो पत्रिकाले पनि कविता, कथा, लेख र स्तम्भलाई राम्ररी नै सजाएर प्रस्तुत गरेको थियो ।
अध्येता पेशल आचार्य लेख्छन् :
रामेछाप सन्देशकै पत्रकारिता शैली अवलम्बन गर्दै स्थानीय युवा रमेश ढुङ्गेलको सम्पादनमा लोकदीप साप्ताहिकको जन्म भयो तर त्यो पत्रिका पनि आफ्नो शैशवावस्थामै स्थगित हुनुको गहिरो गर्तमा हरायो । त्यसपछि रामेछापमा क्रियाशील पत्रकारहरूको एक समूहले पहिले नयन र पछि सूचना विभागमा नाम जुधेपछि न्यू नयन बनेको एक आइतबारे साप्ताहिक पत्रिका प्रकाशित गरिरहेको छ । पहिले जनपुष्प र अहिले पुष्पवृष्टि, रामेछाप सन्देश, न्यू नयन नामका साप्ताहिक पत्रिका रामेछापमा क्रियाशील नवलेखकहरूका अभिव्यक्ति प्रकाशनका साझा चौतारी भएका छन् ।
ऐ कार्यपत्र
९) पछिल्लो चरण : केही स्रष्टा र कृति
कृष्णलालको मकैको खेती नै यस जिल्लालाई अमर राख्ने पुस्तक हो । त्यसपछि आशुकवि शम्भुप्रसाद ढुङ्ग्यालदेखि शाम्बभक्त शर्मा सुवेदी मुरारि, भरतराज मन्थलीय हुँदै जगदीश घिमिरेसम्मका सयौँ पुस्तक विभिन्न कालखण्डमा प्रकाशित भएका छन् । जगदीशले साठीको दशकको उत्तराद्र्ध र सत्तरीको आरम्भमा अन्तरमनको यात्रा, सकसलगायत कृति र आफ्ना पुराना पुस्तकहरूको पुनः प्रकाशन गरेर साहित्यको सेवा गर्नुका साथै साहित्यिक पत्रिकालाई खुराक दिए । अहिले स्थानाभावका कारण यहाँ ती सबैको सूची उल्लेख गर्न सम्भव छैन ।
चालीसको दशकको उत्तराद्र्ध (२०४८ साल) मा अशोक सुवेदीको संयुक्त कथासङ्ग्रह सेतो गुलाब प्रकाशनमा आएको देखिन्छ । पचासको दशकमा इन्दिरा बुढाथोकीको अमूर्त सपना उपन्यास, पचासकै दशकमा माधवप्रसाद उपाध्याय सयपत्रीका कविता गर्भधारण गर्छन् कवितासङ्ग्रह, उत्सव र मालिकको थाल नाटक र पालैपालो कथा भनौँ नामको बालकथासङ्ग्रहसमेत तीनवटा कृति र सत्तरीको दशको आरम्भमा सीमान्त विचलन नामको उपन्यास प्रकाशित भएका छन् ।
यसैगरी पचासको दशकमा अशोक सुवेदीका युद्धघोष कवितासङ्ग्रह (२०५५), राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना (२०५८), दुश्मनका किल्लाहरू कब्जा गर्दा छापामार डायरी (२०६०), प्रतिक्रियावादी अखडाहरूमा भीषण हमला (२०६०), रातो युद्धले जन्माएका राता सहिदहरू (२०६०), युद्धमैदानमा दुश्मनलाई घु“डा टेकाउ“दा (२०६०), महान् जनयुद्धका लालयोद्धाहरू लालसलाम (२०६०) लगायतका पुस्तक प्रकाशनमा आएको पाइन्छ । त्यस्तै, साठीको दशकमा उनका नया“ समयका नया“ मान्छेहरू, गाउ“को रङ फेरिएको छ, चिहानमाथि ठडिएको सालिक शीर्षकका तीनवटा कवितासङ्ग्रह, नेपाली कवितामा विद्रोहचेत शीर्षकमा समालोचना र ७० को दशकको आरम्भमा रामप्रसादको सिसमहल कथासङ्ग्रह, आमा काव्य, जनगणतन्त्र कोरिया यात्रा र हाइड्रोजन भूकम्प संस्मरण÷नियात्रासङ्ग्रहका साथै अन्य पुस्तक प्रकाशित भएको पाइन्छ । साठी दशकको आरम्भमा हितप्रसाद उपाध्याय सुवेदीको चन्द्रवदन शीर्षकको काव्य प्रकाशित भएको छ । २०५९ सालतिर राजतिलक श्रेष्ठको मधुसुमन नामको नाटक र केही समयपछि मनोज घिमिरेको रहस्यमय आइमाई नामको कथासङ्ग्रह प्रकाशित भएको पाइन्छ । २०६० सालमा पेशल आचार्यको नेपाली व्याकरणका केही आधारभूत धारणाहरूलाई कवितामा समेटिएको कमिलाको ता“ती नामको बालकवितासङ्ग्रह प्रकाशन भएको थियो । त्यसपछि मन्थलीमै अध्ययनरत दिनेशराज पुरीको पुरीका कविता र गजल नामको कृति, उद्धवप्रसाद आचार्यले झ्याउरे छन्दमा विदेशी भूमिमा नामको एक कारुणिक खण्डकाव्य लेखेका थिए । मन्थलीमा अध्यापनरत पेशल आचार्य र शेरबहादुर बानिया“को प्रेरणा पाएर विद्यार्थी शेर्पा योञ्जन शिशिरले अपाङ्गहरूको वेदना नामको एउटा कवितासङ्ग्रह प्रकाशित गरे । पचासको दशकमा रामचन्द्र वियोगीको भत्तज्याङ महाकाव्य प्रकाशित भएको छ । महाकाव्य रामेछापको साहित्यमा धेरै कम मात्र लेखिएको थियो, यसले त्यो अभाव पनि मेटिदिएको छ । त्यस्तै, डा. सुमन कर्माचार्यको ‘आत्माहरू बुद्ध भए’ (२०६४) नामको कवितासङ्ग्रह पनि प्रकाशित भएको पाइन्छ । सपना श्रेष्ठ सपना र नेत्र मोक्तान सचेतको कविता र संस्मरणको संयुक्त कृतिका साथै अम्बिका गजुरेल अनुपको कवितासङ्ग्रह पनि प्रकाशित भएको छ । रवीन्द्र दाहाल प्रलयका कविता र नाटकसङ्ग्रहका साथै बुद्धिप्रसाद ढुङ्गेलको पछुतो शीर्षकको नाटक पनि प्रकाशित भएको छ । फुटकर लेखन पनि रहरलाग्दो छ ।
बालसाहित्यकार पार्वती श्रेष्ठको अभाव नामको सामाजिक उपन्यास, माधव सयपत्रीको म अर्थात् करुणा नामको उपन्यास र पाङ्ग्रे कुकुरको कान्तिपुरयात्रा नामको बालकथासङ्ग्रह र सत्ताकवच कथासङ्ग्रह प्रकाशनमा आएका छन् ।
भोला धरातल, पेशल आचार्य, शेरबहादुर बानिया“, बद्री शिवाकोटी, हरिहर अधिकारी, श्रीबहादुर केसी शैलुङे, जीवीशव ‘जिउ“दो मुर्दा’, गोविन्द फुया“ल र विमलप्रसाद निरौला पनि विभिन्न विधाको साहित्य सिर्जनामा तल्लीन छन् ।
१०) सङ्गोष्ठी/प्रतिष्ठान/काव्य प्रतियोगिताबाट साहित्य र साहित्यिक पत्रकारिताको सेवा
सुब्बा कृष्णलाल स्मृति प्रतिष्ठानले २०५४ सालमा एउटा काव्यसङ्गमको आयोजना गरेको थियो । त्यसमा रामेछापका नया“पुराना स्रष्टाका साथै डा. भूपहरि पौडेल, डा. मोहनहिमांशु थापालगायतको सहभागिता थियो । साहित्यकार जगदीश घिमिरे र दुर्गा घिमिरेको पहलमा साहित्यकार मदनमणि दीक्षितको उपस्थितिमा २०६० सालमा वसन्त काव्यसङ्गम सम्पन्न भएको थियो । त्यसैगरी महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठाननामक संस्थाले मन्थलीबजारमा देवकोटाको अर्धकदको सालिक निर्माण गरी अनावरण गरिनुका साथै उक्त प्रतिष्ठानका नाममा बेलाबेलाा साहित्यिक कार्यक्रम गर्दै आएको छ । कवि भरतराज मन्थलीय जीवित हु“दै जिल्लामा शनिबार उहा“को घरमा साहित्यिक जमघट र कहिलेकही“ साहित्य गोष्ठी हुने गथ्र्यो । २०५३ सालतिर जनस्तरबाटै सहयोग जुटाएर परिवेश साहित्यिक परिवार नामको संस्थाले जिल्लामा क्रियाशील नवराज पथिक, रामचन्द्र वियोगी, पेशल आचार्य, गणेशदास श्रेष्ठ र बाबुराम श्रेष्ठको अगुवाइमा मन्थलीयलाई सार्वजनिक अभिनन्दन गरेको थियो ।
अशोक सुवेदीको सक्रियता र अध्यक्षतामा २०६३ सालमा स्थापित रामेछाप साहित्य प्रतिष्ठान, हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान, माक्र्सवादी साहित्य प्रतिष्ठान, प्रलेस रामेछाप, जगदीश घिमिरेको नाममा २०६४ स्थापित जगदीश घिमिरे प्रतिष्ठान, साहित्यकार भोला धरातलको संयोजनमा २०६४ वैशाखमा स्थापित अनौपचारिक साहित्यिक मञ्च यस जिल्लाका आशालाग्दा प्रतिष्ठानका रूपमा उदाएका साहित्यिक संस्थाहरू हुन् । रामेछाप साहित्य प्रतिष्ठानले जिल्ला र काठमाडौँका गल्ली, चोक र सभाहलहरूमा राष्ट्रियता र जनगणतन्त्रका लागि सिर्जनाअभियान नामको अभियान नै सञ्चालन ग¥यो । माक्र्सवादी साहित्य प्रतिष्ठान, हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको संयुक्त पहलमा मन्थलीको सानीमदौ गाउ“लाई सिर्जनानगर नामकरण गरिएको छ भने सिर्जनानगरमा कवि हितप्रसाद उपाध्यायको सालिक, स्मृति भवन, विद्रोह स्तम्भ र युद्ध–कला सङ्ग्रहालय स्थापना गरिएको छ । हरेक वर्ष चैत २५ गते सिर्जनानगरमा प्रतियोगितात्मक कविगोष्ठी आयोजना गरी विजयीहरूलाई १० हजार रूपैया“ पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने गरिएको छ । त्यस्तै यी प्रतिष्ठानका तर्फबाट समयसमयमा साहित्यिक गोष्ठीहरू, अन्तरक्रिया र पुस्तक–पत्रिका प्रकाशन गरी साहित्य र साहित्यिक पत्रकारिताको विकासमा टेवा पु¥याइरहेका छन् ।
अनौपचारिक साहित्यिक मञ्चले २०६४ भदौ महिनामा गजलकार ज्ञानुवाकर पौडेललाई अभिनन्दन गरी एक बृहत् गजल प्रतियोगिता सम्पन्न गरेको थियो । उक्त संस्थाले प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार मन्थलीमा साहित्यिक कार्यक्रमहरू पनि सञ्चालन ग¥यो । कहिलेकही“ सदरमुकामबाहिर तिल्पुङ, धोबी, फुलासी, खिम्ती, रामेछाप र सुनारपानीमा समेत गर्ने गरिएको साहित्यिक कार्यक्रमलाई नवस्रष्टाहरूले ऊर्जाका रूपमा लिए ।
पहिला सक्रिय भएर पनि बाबुराम श्रेष्ठ (कवि), श्याम सुवेदी (कथाकार), विष्णुबहादुर थापा (कथाकार), धन योञ्जन ‘जङ्गली’ (कवि), नवराज पथिक (कथाकार), रामचन्द्र वियोगी (कवि÷काव्यकार), नारायणप्रसाद सुवेदी (कथाकार) लगातार केही स्रष्टा हाल अलि निष्क्रिय देखिएका छन् । तर रामचन्द्र वियोगीले भञ्ज्याङ महाकाव्य प्रकाशित गरेपछि उनको निष्क्रियता वा मौनताको रहस्योद्घाटन भएको छ । विभिन्न विधालाई आफ्नो अभिव्यक्तिको माध्यम बनाएर क्रियाशील केही स्थापित र केही नवोदित लेखकहरूमा शेरबहादुर बानिया“, पेशल आचार्य, भोला धरातल, माधव सयपत्री, कृष्ण उफान, जनक काफ्ले, अम्बिका काफ्ले, कल्पना प्रतीक्षा, केशव अमोल तिमिल्सिना, पार्वती श्रेष्ठ, उद्धवप्रसाद आचार्य, बद्री सिवाकोटी, जीवीशव ‘जिउ“दो मुर्दा’, अब्जसे गैह्राथोके, मुकुन्द भण्डारी ‘विप्लव’, रामकृष्ण गिरी, नवीन मनोहर, निलु कार्की, पार्वती कडेरिया, चण्डिका पौडेल, देवशङ्कर पौडेल, उद्धवप्रसाद घिमिरे, दिनेशराज पुरी, निरोज खड्का, कुमार सानु (हाइकु विशेष), शर्मिला महत, कल्पना तामाङ, बिफा घिसिङ, ब्लुस्काई लामा, शर्मिला खड्का, शान्तबहादुर रोका, विनीता श्रेष्ठ, मीरा सुवेदी, ईशा परियार, जीवन सुवेदी, विनोद पौडेललगायत छन् ।
त्यसैगरी जिल्लामा क्रियाशील साहित्यिक पत्रकारहरूमा माधव ‘सयपत्री’, केशव अमोल तिमिल्सना, पुष्कर घिमिरे, प्रकाश न्यौपाने ‘परिष्कार’, श्रीबहादुर शैलुङे, पार्वती कडरिया र पार्वती श्रेष्ठ ‘पारुस्मृति’ प्रमुख छन् । साहित्यिक सेवाका साथै राजधानीबाट प्रकाशित केही ठूला ब्रोडसिटका अखबारहरूमा संवाददाताका रूपमा रहेका टीकाप्रसाद भट्ट, नवराज पथिक, हिमाल ढुङ्गेल, बद्री नया“घरे, दिनेश गाउ“ले, शर्मिला महत, चण्डिका पौडेल, सुदर्शन राय, रामहरि पौडेल, विनोद सुवेदी र जिल्लामा क्रियाशील श्यामकृष्ण श्रेष्ठ, सोमेश थापा, दीपक भट्टलगायतले पनि स्थानीय र राष्ट्रिय सञ्चारमाध्यमका माध्यमबाट साहित्यको सेवा गरिरहेको पाइन्छ ।
जिल्लाबाट प्रकाशित पत्रपत्रिकामा समयसमयमा कलम चलाई स्तम्भकारका रूपमा परिचित प्रभु आचार्य, विभु आचार्य, पेशल आचार्य, कैलाश ढुङ्गेल, कृष्ण उफान, डा. सुमन कर्माचार्य र नवराज घिमिरेले साहित्य र साहित्यिक पत्रकारितामा ठूलो गुन लगाएका छन् । पहिला प्रकाशनमा आएर स्थगित रहेको साहित्यिक पत्रिका वसन्त पल्लवको पुनः प्रकाशनारम्भले जिल्लाका स्थापित र नवोदित स्रष्टामा थप आशा जगाएको छ ।
११) निष्कर्ष
यसरी रामेछाप जिल्ला श्रमिकहरूको श्रम र पसिनाले मात्र होइन, स्रष्टाहरूको सिर्जनाले मात्र पनि होइन, क्रान्तिकारी योद्धाहरूको रातो रगतले पनि लाललाल बनेको छ । यहाँको प्रगतिशील राजनीति, साहित्य, कला, संस्कृति सबै समाज उन्नतिका लागि साधक बनेका छन् र साहित्यिक पत्रकारिता त्यसलाई माध्यम बनाएर अघि बढिरहेको छ । यी सबै एकापसमा अन्तरसम्बन्धित, अन्तरघुलित छन् ।
त्यसैले साहित्यकार आउँदा कृति आउँछ, विचार आउँछ, भूगोल आउँछ र त्यस भूगोलको संस्कार–संस्कृति पनि सँगसँगै आउँछन् । सिर्जनाका विधाहरूसँगै कार्यक्रमहरू आयोजना गर्ने सङ्घसंस्थाहरू आउँछन्, तिनका गतिविधि आउँछन् र यी सबैलाई पाठकहरूको माझमा पु¥याइदिने सञ्चारमाध्यम आउँछन् । साहित्यिक पत्रकारिता यसैको एउटा कडी हो । साधन र स्रोतहरूको अपर्याप्तताका कारण नै कयौँ साहित्यिक पत्रिका र समाचार पत्रिकाहरू उदाउनासाथ अस्ताउनुपर्ने विडम्बना बोकेर जन्मिन्छन् । यसका लागि स्थायी किसिमका साधकहरू र पत्रिका किनेर पढिदिने सहृदयी पाठकहरूको अभाव पनि उत्तिकै खट्किँदो छ । पछौटे चिन्तन, नियमित आर्थिक स्रोतको अभाव, कुटिल ईष्र्यालु संस्कृतिलगायत गलत संस्कृति र व्यवहारका कारण पठन–प्रोत्साहन संस्कृति कमजोर देखिँदै आएको छ । सिर्जना, बहस र प्रकाशन तथा असल व्यवहारका माध्यमबाट यसलाई चिर्नु पर्दछ ।
हिजो राजधानीको छायाँमा परेको विकट रामेछाप जिल्ला आज राजधानीबाट साढे तीन घन्टामै सदरमुकाम मन्थलीको पहुँचमा पुगेको छ । प्रतिभाहरूको पलायनलाई रामेछापले अझै पनि थेग्न सकेको छैन किनकि अझसम्म यहाँ कुनै उद्योग, कलकारखाना र राष्ट्रिय स्तर र महत्वका शैक्षिक प्रतिष्ठानहरू स्थापना हुन सकेका छैनन् । त्यसैले रोजेको विषयमा उच्चशिक्षा अध्ययन गर्न होस् वा रोजगारीको खोजी, घरायसी किनमेल होस् वा निर्माणका सामान, राजधानीतिरै दगुर्नुपर्ने विवशताका साथै प्रचलनजस्तै पनि बनिसकेको छ । निष्कर्षमा रामेछापको साहित्य, साहित्यिक पत्रकारिता र पत्रकारिता कष्टकर इतिहासको विस्मृति र उदाउँदो भविष्यको आगमनको प्रयास गरिरहेका छन् ।

सन्दर्भ सामग्रीहरू
१. डा. भूपहरि पौडेल, आधुनिक कालको पहिलो चरणका काव्यव्यक्तित्व हितप्रसाद उपाध्याय सुवेदी, दीपशिखा (पद्मकन्या कलेज स्ववियुको मुखपत्र), वर्ष : २२, पूर्णाङ्क : ७, माघ, २०६२ ।
२. जीवनचन्द्र कोइराला, रामेछाप जिल्लाको साहित्यिक सिंहावलोकन, २०६४) ।
३. अनिल शर्मा विरही, ताम्सालिङ क्षेत्रका कवि र कविता, नया“ अग्रगमन मासिक, वर्ष २, अङ्क १३, १५ चैत, २०६४ ।
४.अनिल शर्मा ‘विरही’, तीन लालको भूमिमा अग्रजहरूको सम्झना, जनदिशा दैनिक, वर्ष ८, अङ्क २००, १४ वैशाख २०६६ ।
५. अनिल शर्मा ‘विरही’, ताम्सालिङ क्षेत्रका प्रगतिवादी कविता, समर–प्रतीक मासिक, २०६७ ।
६. अनिल शर्मा ‘विरही’, रामेछाप जिल्लाका साहित्यकारहरू, रामेछाप जिल्लाका साहित्यकार र कवि हितप्रसाद उपाध्याय, २०६८ ।
७. पेशल आचार्य, रामेछाप जिल्लाको साहित्यिक गतिविधि, (२०६४ साल पुस २१ र २२ गते जगदीश घिमिरे प्रतिष्ठानको आयोजनामा मन्थलीमा आयोजित रामेछाप साहित्य सम्मेलनमा प्रस्तुत कार्यपत्र)
८. पेशल आचार्य, रामप्रसादको सिसमहल, व्यक्त जनविचार पाक्षिक २०७२ ।
९. पेशल आचार्य, वसन्तकै जयगान गरेर उदायो वसन्तपल्लव, ऐ वर्ष १ अङ्क १०, २०७२ असार ।
१०. पेशल आचार्य, रामेछापका गोष्ठीहरू, व्यक्त जनविचार पाक्षिक, २०७२ ।
११. अशोक सुवेदी, जागरणका लागि सुसेली, वर्ष १, अङ्क १, असोज २०६५ ।
१२. अशोक सुवेदी, राष्ट्रियता र जनगणतन्त्रका लागि सिर्जनाअभियान, रामेछाप साहित्य प्रतिष्ठान र माक्र्सवादी साहित्य प्रतिष्ठान, २०६५
१३. हीरामणि दुःखी, साहित्य र राजनीतिमा अग्रणी रामेछाप, रामेछाप जिल्लाको साहित्य र कवि हितप्रसाद उपाध्याय, २०६७ ।
१४. नरेन्द्रराज प्रसाईं, गरिबदेखि दलितसम्मलाई उकास्न उद्यत साहित्यकार हितप्रसाद सुवेदी, रामेछापका साहित्यकार र कवि हितप्रसाद उपाध्याय, २०६७ ।
१५. लेखनाथ न्यौपाने, लालभूमिको यात्रा, २०६८
१६. दुर्योधन बस्नेत, लालभूमिको यात्रा, ऐ. ।
१७. सरला रेग्मी, रातो हिमाल, २०७०
१८. प्रा. डा. जगदीशचन्द्र भण्डारी, चन्द्रागिरि, २०६८ ।
१५. माधव सयपत्री, लालभूमिको यात्रामा स्रष्टाहरूसँग, राजधानी दैनिक, २०७०
१५. नौलो बिहानी मासिकका विभिन्न अङ्कहरू ।
२०७२

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?