क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले गर्याे अभियानको उद्घाटन

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला सङ्गठन समिति पाल्पाले चार ‘स’ अभियान उद्घाटन गरेको छ ।

बिहीबार एक कार्यक्रमकाबीच क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य तिलक पुनले कम्युनिस्ट झण्डा जिल्ला सङ्गठन संयोजक दिग्दर्शनलाई हस्तान्तरण गरेर अभियान उद्घाटन गरेका हुन् । उक्त चार अभियानले सम्पर्क, सम्बन्ध, सङ्गठन र सङ्घर्षलाई जोड दिने अभियानका कमान्डर दिग्दर्शनले बताए ।

अभियान उद्धघाटनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य रिम, केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला सङ्गठन समितिका इन्चार्ज ज्वाला, क्रान्तिकारी युवा सङ्गठन, नेपाल रुपन्देही जिल्ला सङ्गठनका संयोजक ओमकुमार लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

अभियान उद्धघाटन कार्यक्रमको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला सङ्गठन समितिका संयोजक दिग्दर्शनले गरेका थिए भने सञ्चालन जिल्ला कार्यालय सचिव हेमन्तले गरेका थिए ।

By अगस्ट ब्लाङ्की

Web Developer

Related Posts