भूमि बैंक सम्बन्धी नीति खारेज गर – संयुक्त किसान संघर्ष समिति नेपाल
काठमाडौं: भूमि बैंक सम्बन्धी नीति तुरुन्त खारेज गर्न संयुक्त किसान संद्धघर्ष समिति नेपालले सरकारसँग जोडदार माग गरेको छ ।ओली नेतृत्वको काँग्रेस–एमाले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त सदनमा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम २०८२ मा भूमि बैंकको अवधारणा समेटिएकोमा देशका ६ वटा कम्युनिस्ट पार्टी निकट किसान संगठनहरू आबद्ध संयुक्त किसान संघर्ष समिति, नेपालले विरोध जनाएको हो । २०८२ बैशाख २२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै किसान संगठनहरूले भूमि बैंक खारेज गर्न र ६ किसान संगठनहरूले नेपाल सरकारलाई बुझाएका ६५ बुँदे माग सम्बोधन गर्न माग गरेका छन् ।६ किसान संगठनका शीर्ष नेताहरूद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा ओली नेतृत्वको सरकारले…