समाचार

संविधान दिवसकाे अवसरमा नेपाल टेलिकमले ल्यायाे अफर

संविधान दिवसकाे अवसरमा नेपाल टेलिकमले ल्यायाे अफर

काठमाडाैँ : नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३ ल्याएको छ । अफर अन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराइने छ । यस अफर अन्तर्गत रु. ४९९ (कर सहित) मा अनलिमिटेड लाइट ४९९ (Unlimited Lite 499) प्याकेज प्राप्त गर्न सकिनेछ । यस प्याकेजमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्राप्त हुनेछ । ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । त्यसैगरी, बढी डाटा प्रयोग गर्ने ग्राहकहरूका लागि रु. ६९९ (कर सहित) अनलिमिटेड प्रो…
Read More
झापा जिल्ला अदालतमाथि मिटरब्याज पीडितको प्रश्नः निर्मला श्रेष्ठको पक्षपोषण किन

झापा जिल्ला अदालतमाथि मिटरब्याज पीडितको प्रश्नः निर्मला श्रेष्ठको पक्षपोषण किन

काठमाडौं : झापा विर्तामोडकी मिटरब्याजी निर्मला श्रेष्ठबाट दर्जनौं महिलाहरु प्रताडित भएको पीडित मध्येकी सितादेवी भट्टराई र सञ्जु थापाले गुनासो गरेकी छन् । बिहिबार काठमाडौं स्थित संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी निर्मला श्रेष्ठको प्रभावमा परि आफूलाई झापा जिल्ला अदालतले थुनामा पठाउने कसरत गरिरहेको पीडित सितादेवी भट्टराईले आरोपसमेत लगाएकी छन् । आफूसँग कुनै सम्बन्ध नभएकी अनिता श्रेठको नाममा ४५ लाखको चेक अनादरको मुद्धामा निर्मला श्रेष्ठले फसाएको बताउँदै सो बारे पीडित भट्टराईले अदालत नै पीडकको पक्षपोषणमा लागेको गुनासो गरेकी छन् । अदालतले आफ्ना प्रमाणको अन्देखा गरी आफू विरुद्ध फैसला गरेको आरोप लगाएकी छन् । २०७८ सालमा निर्मला श्रेष्ठसँग पटकपटक गरेर ९ लाख…
Read More
द ग्रेजोनको खुलासा : बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात

द ग्रेजोनको खुलासा : बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात

काठमाडौं । अमेरिकी सञ्चारमाध्यम द ग्रेजोनले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरू अमेरिकी सरकारको आर्थिक सहयोगमा सञ्चालित राजनीतिक तथा नेतृत्व विकास कार्यक्रमसँग जोडिएको दाबी गर्दै समाचार प्रकाशन गरेको छ। उनीहरूको राजनीतिक उदयमा सरकारविरोधी गतिविधि गराउने अमेरिकी लगानीका संस्थाको हात रहेको समाचारमा उल्लेख छ। उक्त सञ्चारमाध्यमले सेप्टेम्बर ९ तारिखमा प्रकाशित गरेको समाचारमा कन्सोर्टियम फर इलेक्सन एन्ड पोलिटिकल प्रोसेस स्ट्रेन्थेनिङ (सिइपीपीएस)को रिपोर्टलाई आधार मानेको छ। लिक भएका दस्तावेजका आधारमा भन्दै प्रधानमन्त्री शाह, लामिछाने, गृहमन्त्री सुदन गुरुङ र सांसद सागर ढकाललगायत नेताहरूको नाम सिइपीपीएसको कार्यक्रमसँग जोडिदिएको छ। र उनीहरूको उदयमा यही संस्थाको हात रहेको देखाएको छ। सन्…
Read More
भाकपा (मा.ले.) रेडस्टारको तेह्रौं महाधिवेशन सुरु

भाकपा (मा.ले.) रेडस्टारको तेह्रौं महाधिवेशन सुरु

भारत : भाकपा (मा.ले.) रेडस्टारको तेह्रौं महाधिवेशन कर्नाटकको रैचरमा सुरु भएको छ । सेप्टेम्बर १६ मा पार्टीका महासचिव पि.जे.जेम्सले तेह्रौं महाधिवेशनको उद्घाटन गरेका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले महाधिवेशन सफलताको शुभकामना दिए ।
Read More
Message of Greetings From RCPN to the 13th Congress of CPI(M.L.) Redstar

Message of Greetings From RCPN to the 13th Congress of CPI(M.L.) Redstar

India .The Revolutionary Communist Party of Nepal (RCPN) has extended its warmest revolutionary greetings and well-wishes to the 13th Congress of the Communist Party of India (Marxist-Leninist) Red Star. On behalf of the party, C.P. Gajurel ‘Gaurav’, the General Secretary of the RCPN, sent an official message of greetings to the historic assembly. The 13th Congress officially commenced on September 16, 2026, in the state of Karnataka, India. Representing the Nepalese delegation, Sant Bahadur Nepali, a Standing Committee member of the RCPN, personally presented the fraternal greeting message during the inaugural session of the congress. The greeting message from  C.P. Gajurel ‘Gaurav’, the General Secretary of the RCPN as below…
Read More
संगीता बडुवालको जादुमयी स्वरले सबैलाई रुवायो, ‘गया धर्ती छोडी’ टिकटकमा भाइरल

संगीता बडुवालको जादुमयी स्वरले सबैलाई रुवायो, ‘गया धर्ती छोडी’ टिकटकमा भाइरल

काठमाडौं : गायिका संगीता बडुवालको नयाँ गीत **‘गया धर्ती छोडी’**ले सार्वजनिक भएको २४ घण्टा नपुग्दै टिकटकमा चर्चा बटुल्न थालेको छ। गीतको अडियो प्रयोग गरेर विभिन्न भिडियोहरू बन्न थालेसँगै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। Limelight Nepalको निर्माणमा तयार भएको **‘गया धर्ती छोडी’**मा कृष्ण मल्ल ठकुरीको शब्द रहेको छ। गीतमा गायिका संगीता बडुवालकै लय तथा स्वर रहेको छ भने गीत टेकेन्द्र शाहको प्रस्तुतिमा सार्वजनिक गरिएको हो। भावुक शब्द, मार्मिक संगीत र संगीता बडुवालको जादुमयी स्वरले गीतलाई अझ प्रभावशाली बनाएको छ। गीत सुनेपछि आफूहरू भावुक बनेको भन्दै श्रोताहरूले सामाजिक सञ्जालमार्फत सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। रिलिज भएको छोटो समयमै टिकटकमा गीतको अडियो…
Read More
कांग्रेस प्रवेश गरे लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्य

कांग्रेस प्रवेश गरे लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्य

महामन्त्री घिमिरेले गरे स्वागत काठमाडौँ - नेपाली कांग्रेसले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको साथमा रहेको बताएको छ। कांग्रेस महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेस पार्टी लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको साथमा रहेको बताएका हुन्। राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घमा आबद्ध मायाको पहिचान नेपालको पहलमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरूलाई नेपाली कांग्रेसमा प्रवेश गराउँदै महामन्त्री घिमिरेले भने, ‘अब तपाईँहरू पार्टी परिवारको सदस्य बन्नुभएको छ। हाम्रो पार्टीले तपाईँहरू जो प्रवेश गर्नुभयो, एउटा पहिचान पनि दिन्छ। र, पार्टीको पर्मामेन्ट मेम्बर पनि बनाउँछ।’ महामन्त्री घिमिरेले कांग्रेस पार्टीमा आफ्ना कुरा राख्ने, माग गर्ने, पार्टीका नेताहरूसँग, सदस्यहरूसँग काँधमा काँध मिलाएर हिँड्ने, आफूले सकेको योगदान गर्ने,…
Read More
बाढी तथा पहिरो प्रभावित ४०० परिवारलाई करिब ११ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग

बाढी तथा पहिरो प्रभावित ४०० परिवारलाई करिब ११ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग

हालै देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले Delhi Mahal Group, Sitaram Gokul Milks Pvt. Ltd., Arya International Pvt. Ltd. र को संयुक्त पहलमा करिब रु. ११ लाख बराबरको राहतसामग्री सहयोग गरिएको छ। करिब ४०० प्रभावित परिवारका लागि आवश्यक राहत सामग्री काठमाडौंको बबरमहलस्थित जिल्लाप्रशासन कार्यालय परिसरबाट नुवाकोटतर्फ पठाइएको हो। उक्त राहत सामग्री नुवाकोटको विदुर नगरपालिका वडा नं. ५ (पिपलटार), विदुर नगरपालिका वडा नं. १, त्रिशूली बजार र त्यस क्षेत्रमारहेका बेत्रावती तथा रसुवाका बाढी-पहिरो प्रभावित नागरिकहरूलाई वितरण गरिनेछ। विपद्को यस कठिन समयमा प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउँदै उहाँहरूको दैनिकी सहज बनाउन…
Read More
‘बढी प्रभावित क्षेत्र र नागरिकको दीर्घकालिन् व्यवस्थापनका लागि चीन र भारसँग क्षतिपूर्ति लिनुपर्छ’

‘बढी प्रभावित क्षेत्र र नागरिकको दीर्घकालिन् व्यवस्थापनका लागि चीन र भारसँग क्षतिपूर्ति लिनुपर्छ’

काठमाडौं : सरकारी उदाशिनताको कारण भोटेकोशी क्षेत्रमा हजारौंको संख्यामा मानवीय क्षति भएको सरोकारवालाले आरोप लगाएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले ‘भोटेकोशी बाढीः कारण र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनिहरुले चीन र भारतसँग क्षतिपूर्ति माग्नु पर्ने धारणा राखेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले ‘भोटेकोशी बाढीः कारण र समाधान’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । ओलीले राहत तथा उद्धार कार्यमा सरकारी उदशिनताको कारण अत्याधिक मानवीय क्षति भएको दाबी गरेका हुन् । उनले सरकारले प्रदेश, स्थानीय सरकार र जनतासँग समन्वय नगरी ‘हामी नेपाली’ भन्ने गैर–सरकारी सँस्थालाई अगाडि सार्नु र त्यसैलाई सर्वेसर्वा बनाएको आरोप लगाए ।ओलीले…
Read More
जनक परियार एक्लो छैनन्, संविधान, कानुन र हामी साथमा छौंः वरिष्ठ अधिवक्ता त्रिपाठी

जनक परियार एक्लो छैनन्, संविधान, कानुन र हामी साथमा छौंः वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडाैँ : राज्यले जेनजी जनक परियारलाई गरेको गिरफ्तारीलाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान र कानुन विपरित भएको दाबी गरेका छन् । आइतबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा त्रिपाठीले नागरिकले बोल्न पाउने अधिकारको हनन गरेकोसमेत आरोप लगाएका छन् । राष्ट्रिय जागरण अभियानका संयोजकसमेत रहेका परियारको कोही छैन भनेर राज्यले उनको आवाज थुनेर अरुलाई तर्साउन खोजेको त्रिपाठीको दाबी छ । “अरु शक्तिसालीहरुलाई छुननसक्ने, रास्वपाका अराजक व्यक्तिको संरक्षण गर्ने तर जनक जस्तो दर्गुमबाट आएको दलितको छोरो भनेर ‘होचाको मुखमा घोचो’ गरेर सरकारले ठूलो भूल गरेको छ, यदि त्यस्तो हो भने अब हामी उनको साथमा छौं” त्रिपाठीले भने । सत्ताशीनहरुले नागरिकको आलोचनालाई सुझाव ठान्नुको…
Read More