जन बिहानी

1497 Posts
सामसङका ३० हजार कर्मचारी हड्तालमा

सामसङका ३० हजार कर्मचारी हड्तालमा

काठमाडौं : विद्युतीय सामग्रीमा विश्वभर रजगज गरेको सामसङ ग्रुपका कर्मचारीहरू सेवासुविधा वृद्धिको माग गर्दै हड्तालमा उत्रिएका छन् । करिब ३० हजार कर्मचारी अनिश्चितकालीन आन्दोलनमा उत्रिएको बीबीसीले उल्लेख गरेको छ । कर्मचारीहरूको संगठन नेसनल सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू)ले सुरुवातमा तीन दिने हड्ताल गर्दै आन्दोलनको सुरुवात गरेको थियो । त्यसक्रममा व्यवस्थापन मागप्रति उदार नभएकाले अनिश्चतकालीन आन्दोलनमा होमिनुपरेको कर्मचारीहरूले बताएका छन् । एनएसईयूले पहिलो चरणको आन्दोलनले व्यवस्थापनलाई कुनै प्रभाव परेको नदेखेपछि १० जुलाई (आज)देखि लागू हुनेगरी अनिश्चितकालीन आन्दोलन गर्न बाध्य भएको प्रतिक्रिया दिएको छ । एनएसईयूमा दक्षिण कोरियास्थित सामसङको मुख्यालयमा कार्यरत करिब एक चौथाइ कर्मचारी आवद्ध छन् । आन्दोलनले सामसङका सामग्रीको उत्पादन र…
Read More
२०२६ को टी–२० विश्वकपमा पुग्ने नेपालको बाटो यस्तो छ

२०२६ को टी–२० विश्वकपमा पुग्ने नेपालको बाटो यस्तो छ

काठमाडौं : सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त आयोजना हुने आईसीसी टी–२० विश्वकपमा पुग्न नेपालले छनोट खेल्न पर्नेछ । टी–२० विश्वकपमा सुपर– ८ र टी–२० वरीयताका आधारमा सिधै विश्वकपमा छनोट नभएपछि नेपालले एसिया क्षेत्रको छनोट खेल्नुपर्नेछ । यो खेलको आयोजक देश र मिति भने तय भएको छैन । गत वर्ष यो प्रतियोगिता नेपालले आयोजना गरेको थियो । सन् ं२०२२ को एसिया छनोट ओमानमा भएको थियो । त्यसैले २०२५ को एसिया क्षेत्र छनोट फाइनल यूएईमा हुने सम्भावना छ । एसिया क्षेत्र छनोट फाइनलमा कुल ६ टोली हुनेछन् । नेपाल र ओमान टी–२० विश्वकप २०२४ खेलेको हुँदा सोझै छनोट भएका छन्…
Read More
रवि लामिछानेमाथि लगाए मुकुल ढकालले यस्ताे गम्भीर आराेप

रवि लामिछानेमाथि लगाए मुकुल ढकालले यस्ताे गम्भीर आराेप

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेको भोलिपल्ट मुकुल ढकाल सभापति रवि लामिछानेविरुद्ध खनिएका छन् । केन्द्रीय समितिले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेर उनले रवि लामिछानेमाथि राहदानी दुरुपयोग र सहकारी ठगी प्रकरणमा छानबिन गर्नुपर्ने बताए । करिब ४५ मिनेट एकतर्फी बोलेका र अन्तिममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ नदिई हिँडेका मुकुलले विगतमा आफूले रवि लामिछानेको हरेक कदमको बचाउ गर्ने गरेको र पछिल्लो समय सम्बन्ध बिग्रेको पनि खुलाए । सरकारको आलोचना गरेपछि सम्बन्ध बिग्रियो ढकालले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएकाहरुको समीक्षा गर्नुपर्ने विषय उठाएपछि लामिछानेसँग विवाद भएको बताए । ‘मूल विवाद भनेको…
Read More
वर्षात सिपिहरु

वर्षात सिपिहरु

लेखक : कृष्णभक्त महजर्जन काल छवर्षातकोमोल छसत्ताकोघरगाउँशहरमासत्तालेबैँस फुलाइवर्षातलेबैँस झराइसमाजराष्ट्रविश्वमाकतै डुबाउनेकतै उत्रर्नेधनतेजवलतेजयौवन तेजमासत्तालेचक्कर काट्छवर्षातलेठक्कर खुवाउछगाउँशहरमासमुद्र बनाइप्रकृतिलेठग छगाउघरमाटोले राजा बनाइसत्तालेलुट छ…….
Read More
अखिल भारत नेपाली एकता समाजद्वारा यतिवीर लिम्बुको जेलबाट उद्धार

अखिल भारत नेपाली एकता समाजद्वारा यतिवीर लिम्बुको जेलबाट उद्धार

इलाहाबाद : अखिल भारत नेपाली एकता समाजले यतिवीर पुनको इलाहवादको नैनी जेलबाट उद्धार गरेको छ । इटहरी उपमहानरपालिका वाड नंबर ५, पछुकी जिल्ला सुनसरी निवासी तिलमान लिम्बुका २२ वर्षीय छोरा जागीरको खोजीमा ईलाहावाद आउने क्रममा अन्जानमा निज लिम्बु मनौरी एयरपोर्टको निषेधित क्षेत्रमा पुगेछन। एयरपोर्ट सुरक्षाबलले निजलार्इ दिनांक २३ फ़रवरी २०२४ का दिन गिरफ़्तार गरी ईन्डीयन पेनाल कोडको धारा ४६१ तहत अभियुक्त ठहर गरी इलाहावादको नैनी जेल चलान गरिएको थियो। निजका दाजुले भाइको उद्दार गर्न अखिल भारत नेपाली एकता समाज इलाहाबाद नगर समिति समक्ष अपिल गरेका थिए। अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष खिमानन्द न्यौपानेको नेतृत्वमा यतिवीर लिम्बु उद्धार टिम…
Read More
आजदेखि नौबिसे-मलेखु सडकखण्ड ५ घण्टा बन्द हुने

आजदेखि नौबिसे-मलेखु सडकखण्ड ५ घण्टा बन्द हुने

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म रातिको समयमा बन्द हुने भएको छ । नागढुंगा-मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै २६ असारदेखि ९ साउनसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने जनाएको छ । उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुलको संरचनामा काम गर्न सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । क्रेनले उचालेर पुलको बिम राख्ने कार्य गर्न लागिएको र त्यो काम गर्ने बेला आउनसक्ने जोखिमलाई मध्यनजर गरी रातिको समयमा सडक बन्द गरिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिए…
Read More
कोइलाखानी हत्याकाण्डको अखिल भारत नेपाली एकता समाजले गर्याे विरोध

कोइलाखानी हत्याकाण्डको अखिल भारत नेपाली एकता समाजले गर्याे विरोध

काठमाण्डौ : अखिल भारत नेपाली एकता समाजले भारतको पूर्वोत्तर मेघालयस्थित कोईलाखानीमा भएको मजदुरहरुको हत्याकाण्डको एकता समाजले विरोध गर्नुका साथै सत्य तथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सभापति आनन्द थापाले २०२४ जुलाई ८का दिन एक प्रेस विज्ञप्ति जारी गरी सो माग गरेका हुन् । २०२४ जुलाई ५ का दिन मेघालयस्थिित सतुंगाा जयन्तीया हिल्सस्थित उम्प्लेङ गाउँमा स्थानीय कोईलाखानीमा काम गर्दै आएका ४ जना मजदुरहरुको हत्या भएको थियो । हत्या भएकाहरुमा नेपालको इलामका २३ वर्षीय रवि राई ,धरान फुस्रेका २३ वर्षीय राजेश राई र भारतीय नागरिक नसर डाकियाको पहिचान खुलेको छ भने एक…
Read More
भाषिक–सांस्कृतिक बढ्दो अतिक्रमण र मातृभाषाहरुको भविष्य

भाषिक–सांस्कृतिक बढ्दो अतिक्रमण र मातृभाषाहरुको भविष्य

मातृभाषा त्याग्नेहरुले किन गर्वसाथ भन्दछन्, ‘हाम्रा बालबच्चालाई त मातृभाषा नै आउँदैन !’ बिश्व मानव समाजको कुनै पनि मातृभाषा वास्तवमा आफ्ना माता–पिताबाट प्राप्त भाषा नै हो । त्यसका जरा हुन्छन्, स्मृतिहरु र विम्ब पनि हुन्छन् । मातृभाषाले एउटा बेग्लै प्रकारको सांस्कृतिक आचरण प्रदान गर्दछ । तर अरु कुनै आयातित भाषाबाट त्यस्तो सम्भव हुँदैन । मातृभाषासँग केही यस्ता तत्व जोडिएका हुन्छन् जसले गर्दा यसको सम्प्रेषणीयता त्यो भाषा बोल्नेहरुका लागि अधिक मार्मिक हुन्छ । यो प्रश्न इतिहास तथा संस्कृतिको बहनसँग पनि सम्बद्ध छ, जुन कुरा सम्प्रेषणको क्रममा निर्मित हुन्छ । यद्यपि संस्कृतिको कार्य विश्वलाई केवल विम्बहरुमा व्यक्त गर्नु मात्रै होइन । बरु ती…
Read More
दर्शनः नेपाली समाजमा धार्मिक नियतिवाद

दर्शनः नेपाली समाजमा धार्मिक नियतिवाद

नियतिवादले जनजीवनमा यति गहिरो जरा गाडेको छ कि पढेलेखेका डिग्रीधारी व्यक्तिहरूले पनि त्यसलाई त्याग्न सकेका छैनन् । हाम्रो कुनै पनि वस्तुलाई हेर्ने दृष्टिकोण वैज्ञानिक बन्न सकेको छैन । मानिसको आफ्नो सामर्थ्यमा होइन, बाहिरी शक्तिमा प्रबल विश्वास देखिन्छ । धार्मिक नियतिवादले जगत्‌का सम्पूर्ण घटनाहरूलाई र जीवजन्तुका गतिविधिहरू एवं विचारलाई अदृश्य ईश्वरीय शक्तिले निर्देशित गर्दछ भन्ने दृष्टिकोण अँगाल्दछ । इसाई, मुस्लिम, यहुदी, हिन्दु जस्ता विश्वका सबै खालका धर्म दर्शनहरूमा यस खालको अवधारणा पाइन्छ । धार्मिक नियतिवादले मानिसको आफ्नो स्वतन्त्र चाहना वा इच्छाद्वारा कार्यदिशाको निर्धारण हुँदैन भन्ने विचार अघि सार्दछ । यसले के कुरामा जोड दिन्छ भने आफूलाई परिस्थितिले प्रदान गरेका सामान्य कार्य…
Read More
एकताका हात बढाऊँ

एकताका हात बढाऊँ

हामीले एकता गर्नु स्वभाविक बिचार थियो।एकताले राम्रो सन्देश दिने गरिरहेको थियो।त्यसैले एकतामा हातेमालो हुनु जरूरी भयोजन समस्या समाधान गर्न एकताको खाँचो थियो। एकता गर्ने क्रान्तिकारी हरूको जिम्मेवारी हो ।कार्यगत एकता पार्टी एकता सम्म बनाउने हो।यो महत्त्वपूर्ण जिम्मेवारी क्रान्तिकारीहरूको हो।सर्वहारा सिद्धान्त जन प्रेमीहरूको यो एकता हो। लेखक : करन दयाल एकता घरमा मित्रहरूमा सबैमा चाहिन्छ।एकता समाजमा व्यक्ति पार्टी जहाँ पनि चाहिन्छ ।जनताको जनलहरले एकता बलियो पारिन्छ ।बैचारिक एकता चट्टान झै बलियो अटुट भइन्छ । फुटेर टुक्राटुक्रा हुनुआफ्नै लागि घातक छ।बिना एकताको समूहको लागि आपतनै छ।आपत बिपतलाई बैचारिक ढङ्गबाट बुझ्न छ।एकताको खुशिको सन्देशको प्रचार चारैतिरछ। त्यसैले बाटो नबिराउ एकतामा जोडदिनु पर्छ।सबै मिलि…
Read More