अगस्ट ब्लाङ्की

Web Developer
116 Posts
भारत र बंगलादेश दुवैलाई हराए नेपालले

भारत र बंगलादेश दुवैलाई हराए नेपालले

काठमाडाैँ : दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्स खेल्ने सबै १२ टोलीको टुङ्गो लागेको छ । सुपर सिक्स १ मा भारत, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड छन् । सुपर सिक्स २ मा अष्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन् । नेपालले सुपर सिक्समा बुधबार बंगलादेश र शुक्रबार भारतसँग खेल्नेछ । नेपालले यी दुवै खेलमा जिते पनि शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना कठिन देखिन्छ । समूह चरणमा आफूले हराएको टोली सुपर सिक्समा पुगेको खेलको मात्रै अंक गणना हुन्छ । तर नेपालले हराएको अफगानिस्तान समूह चरणबाटै बाहिरिएको थियो । त्यसैको कारण सुपर सिक्समा नेपालको…
Read More
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा केडिया नियुक्त

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा केडिया नियुक्त

काठमाडाैँ : सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को मिति २०८०।१०।११ मा सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित हुनु भएका सञ्चालकहरु श्री रतनलाल केडिया, श्री कुमार प्रसाद कोइराला, श्री भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, श्री केशव राज के.सी. र श्री परिक्षीत खेम्का मध्येबाट मिति २०८०।१०।१२ को सञ्चालक समिति बैठकले श्री रतन लाल केडियाज्यूलाई सञ्चालक समितिको अध्यक्षको रुपमा नियुक्त गरेको छ ।आज मिति २०८०।१०।१४ गते अध्यक्ष श्री रतन लाल केडियाज्यूले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ गर्नु भई अध्यक्षको पदभार ग्रहण गर्नुका साथै अन्य सञ्चालकज्यूहरुले सञ्चालक समितिका अध्यक्ष समक्ष पद…
Read More
गायिका रचना रिमाल सवार गाडी दुर्घटना, रिमाल सकुशल

गायिका रचना रिमाल सवार गाडी दुर्घटना, रिमाल सकुशल

काठमाडौँ : गायिका रचना रिमाल दुर्घटनामा परेकी छन् । आइतबार नेपालगञ्ज विमानस्थलबाट दाङको लमही महोत्सवमा जानेक्रममा गायिका रिमाल सवार गाडी दुर्घटनामा परेको हो । रिमाल सवार गाडीलाई विपरित दिशाबाट आएको ट्रकले ठक्कर दिएको र गाडीमा केही क्षति पुगेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । गाडीमा सवार यात्रुहरु भने सबै सकुशल रहेको उनले बताएकी छन् । गायिका रिमालले भनेकी छन् :‘आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामी सवार गाडिलाई विपरित दिशाबाट आईरहेको ट्रकले ठक्कर दियो। गाडिमा केहि क्षति पुगेको छ । यात्रुहरु हामि सबै सकुशल छौँ।’ साथै आज लमही महोत्सवमा हुने भनिएको आफ्नो साङ्गितिक प्रस्तुति सोमबार हुने समेत…
Read More
प्रधानमन्त्री कपको फाइनल खेल्न कुन टोलीलाई के आवश्यक ?

प्रधानमन्त्री कपको फाइनल खेल्न कुन टोलीलाई के आवश्यक ?

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता २०२४ लिग काठमाडौंमा जारी छ । लिगका ४५ मध्य ३७ खेल सकिएका छन् । १० टोली सहभागी प्रतियोगितामा पाँच टोलीको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना सकिएको छ । हालसम्म फाइनलमा कुनै पनि टोली पुगेका छैनन् । पाँच टोली शीर्ष दुईको दौडमा छन् । अपराजित पुलिस फाइनल खेल्ने लगभग पक्का छ । अर्को दोस्रो टोलीमा चार टोलीको समीकरण बाँकी छ । हालसम्म बागमती र मधेशले मात्रै लिगमा आफ्ना सबै खेल सकाएका छन् । मधेश, कोशी, गण्डकी, कर्णाली र लुम्बिनी शीर्ष दुई दौडबाट आधिकारिक रुपमै बाहिरिएका छन् । शीर्ष २ मा रहँदै फाइनल पुग्न…
Read More
नेपालले सुपर सिक्समा पहिलो खेल बंगलादेशसँग खेल्ने

नेपालले सुपर सिक्समा पहिलो खेल बंगलादेशसँग खेल्ने

काठमाडौं : नेपालले दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपको सुपर सिक्समा पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । समूह ए को अन्तिम खेलमा भारतले अमेरिकालाई २०१ रनले हराउँदै समूह विजेता बनेको छ । योसँगै नेपालको तालिका पनि पक्का भएको हो । नेपालले माघ १७ गते बुधबार (३१ जनवरी) मा बंगलादेशसँग खेल्नेछ । त्यस्तै दोस्रो खेल नेपालले माघ १९ शुक्रबार(फेब्रुअरी २) मा भारतसँग खेल्ने पक्का भएको हो । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स खेलेको हो । पाकिस्तान समुह विजेता र न्युजिल्यान्ड उपविजेता बनेको थियो । नेपाल समूह चरणमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको…
Read More
डाक्टरले दिए मेनुकालाई एआई जडित स्मार्ट भिजन चस्मा

डाक्टरले दिए मेनुकालाई एआई जडित स्मार्ट भिजन चस्मा

इण्डियन आइडलको आइतबारको एपिसोडमा एआई जडित स्मार्ट भिजन चस्मा लगाउँदै मेनुका । काठमाडौं । इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपालकी प्रतिस्पर्धी मेनुका पौडेललाई चिकित्सकले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्रदान गरेका छन् । इण्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा प्रदान गरेका हुन् । रियालिटी शोको मञ्चमै मेनुकाले उक्त चस्मा लगाएर डेमो प्रदर्शन समेत गरिएको थियो । लता मंगेशकरको गीतमा पर्फम गरेपछि मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेजमा पुगेका थिए । ती डाक्टरले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा प्रदान गरेका थिए । उक्त चस्मा लगाएपछि मेनुकाले रियाज गर्न…
Read More
प्रा.डा. ताराकान्त पाण्डेयको स्मृतिमा शोकसभा सम्पन्न

प्रा.डा. ताराकान्त पाण्डेयको स्मृतिमा शोकसभा सम्पन्न

काठमाडौं : माक्र्सवादी समालोचक प्रा.डा. ताराकान्त पाण्डेयको स्मृतिमा शोकसभा सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा शनिबार (१३ माघ, २०८०) सम्पन्न शोकसभामा श्रद्धाञ्जली मन्तव्य राख्ने वक्ताहरुले कमरेड ताराकान्त पाण्डेयको बहुआयामिक व्यक्तित्वमाथि विशेष चर्चा गर्नुभएको छ । प्रा.डा. ताराकान्त पाण्डेयको माक्र्सवादी समालोचक, प्राध्यापक, प्रगतिवादी साहित्य सर्जक तथा सौन्दर्य चिन्तक, कुशल नेता, सांगठक लगायत बहुआयामिक व्यक्तित्वमाथि वक्ताहरुले विशेष चर्चा गर्नुभएको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष तथा बरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक मोहन वैद्य किरणले भन्नुभयो, “साहित्य, कला, संस्कृतिका क्षेत्रमा ठूलो विचलन छ । वैचारिक स्खलन छ । यो विचारधारात्मक संघर्ष चलाउने क्षेत्रमा कमरेड ताराकान्त पाण्डेयको निधनले अपुरणीय क्षति पुगेको छ ।”…
Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघ ४ नम्बर प्रदेशको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी ट्रेड युनियन महासंघ ४ नम्बर प्रदेशको एकता अधिवेशन सम्पन्न

पोखरा : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ४ नम्बर प्रदेशको एकता अधिवेशन पोखरा औद्योगिक क्षेत्रमा सम्पन्न भएको छ । अधिवेशनले कालिबहादुर पाण्डे संयोजक र बिना बुढाथोकी सहसंयोजक रहेको २९ सदस्य प्रदेश समिति निर्वाचित गरेको छ । एकता अधिवेशनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य क. बाबुराम गजमेर, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सहसंयोजक वसन्त बोगटी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य रामजी थापा, क. मामा, क. नारायण अधिकारी, कास्की जिल्ला संयोजक क. सुजन, विद्यार्थी प्रदेश संयोजक प्रेम प्रशान्त बोहरा, युवाका प्रदेश संयोजक लोकेन्द्र राई, प्रमोद सिंह, महिला संगठनका प्रदेश संयोजक लक्ष्मी खड्का, महासंघका सचिवालय सदस्य चन्द्रबहादुर बस्यालले शुभकामना दिनुभएको…
Read More
ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको केपी शर्मा ओलीको टिप्पणी

ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको केपी शर्मा ओलीको टिप्पणी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको टिप्पणी गरेका छन् । दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै उनले ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र बनाइएको बताए । शनिबार पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डबारे अफवाह फैलाएको बताएका थिए । एमाले अध्यक्ष ओलीले त्यसको प्रतिवाद गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले तत्कालीन युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड गरायो भन्ने वाहियात भएको उनले बताए । दरबार हत्याकाण्ड भयानक षड्यन्त्र भएको भन्दै उनले भने, ‘त्यो षड्यन्त्रले तत्काल राजा, रानी, युवराज, राजकुमार, अधिराजकुमारी अन्त्य गर्‍यो । राजतन्त्र समाप्त गर्‍यो ।’ राजाको जेठो छोरा राजा…
Read More
किन मागे बालेनले शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण

किन मागे बालेनले शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण

काठमाडौं : काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ । पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले अनलाइनखबरलाई जानकारी दिएको छ । कोइरालाले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएका थिए । तर शिक्षा समितिले त्यस मितिमा निर्णय नगरेको पाइएको शाहको सचिवालयले जनाएको छ । ‘नगर शिक्षा समितिको निर्णयविना…
Read More