क्रान्तिकारी महिला संगठनले भव्य रुपमा मनायो ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
जय दाहाल/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपालले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा मनाएको छ । संगठनको केन्द्रीय समितिको आयोजनामा शुक्रबार पार्टी कार्यालय कुपण्डोलमा विशेष कार्यक्रमको आयोजना गरी ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा सम्पन्न गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बरिष्ठ कार्यालय सदस्य सीपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता संगठनकी केन्द्रीय संयोजक अम्बिका मुडभरीले गर्नुभएको थियो भने स्वागत मन्तव्य संगठनकी केन्द्रीय सहसंयोजक शारदा महतले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संगठनकी केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ की संयोजक अनु निरौलाले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि सीपी गजुरेल, अतिथिहरु पार्टीका कार्यालय…