
पार्टी एकतालाई मजबुत बनाउने अभिभारा
करिब सत्र महिना अगाडि तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र नेकपा (बहुमत) ले एकीकृत पार्टी निर्माणका लागि वार्ता शुरुवात गरेका थिए । त्यस सिलसिलामा प्रधान तथा आधारभूत अन्तरविरोधको प्रश्न, युगको विश्लेषणको प्रश्न, नेपाल र विश्व कम्युनिष्ट आन्दोलनको इतिहासलाई हेर्ने प्रश्न, कमरेड माओका योगदानलाई मूल्यांकन गर्ने प्रश्न, आजको पूँजीवाद तथा दक्षिणपन्थी संशोधनवादको चरित्रलाई हेर्ने प्रश्न, नेपाल तथा विश्व कम्युनिष्ट आन्दोलनको आत्मगत तथा वस्तुगत अवस्थालाई मूल्यांकन गर्ने प्रश्नलगायतका कैयन विषयमा सार्वभौम सहमति कायम भएको थियो । त्यसका साथसाथै लेनिनवादी संगठनात्मक प्रणाली, कार्यनीति तथा रणनीतिका विषयमा पनि विमति रहेन । सैद्धान्तिक र वैचारिक रुपमा धेरै कुरामा अन्तर नभएपछि पार्टी एकताका लागि ढोका…