नेपाल चलचित्र कलाकार संघले मनायाे आफ्नो ३८औँ स्थापना दिवस
काठमाडौं: नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा विशेष समारोह आयोजना गरी संघले स्थापना दिवस मनाएको हो । स्थापना दिवसका अवसरमा संघले भोटेकोशी बाढीपीडितको सहयोगार्थ बृहत् रक्तदान तथा राहत संकलन कार्यक्रम आयोजना गरेको थियो । चलचित्र क्षेत्रका कलाकार, प्राविधिक, चलचित्रकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागितामा भएको रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेका थिए । त्यस्तै, बाढीपीडितका लागि करिब चार लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको संघका अध्यक्ष उत्तम केसीले जानकारी दिनुभयो । हर्के हल्दार टिमबाट एक लाख ३३ हजार ३३३ र कार्यसमिति सदस्य नवीन श्रेष्ठले एक…