मन्त्री किराँतीले सोधे वायुसेवा निगम कार्यकारी अध्यक्ष अधिकारीलाई तीन प्रश्न
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम सुधारका लागि बनाइएका समितिको प्रतिवेदन कार्यान्वयन किन नगरेको भन्दै प्रश्न गरेका छन् । बुधबार निगम ‘संरचनागत एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति’ को प्रतिवेदन कार्यान्वयन गर्न बनेको समितिको प्रतिवेदन बुझ्दै मन्त्री किराँतीले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई यस्तो प्रश्न गरेका हुन् । उनले विगतमा बनेको समितिले तयार गरेको प्रतिवेदन किन कार्यान्वयन भएन ? प्रतिवेदन कार्यन्वयन भए कुन चरणमा पुगेको छ ? भन्दै प्रश्न गरेका छन् । साथै, उनले त्यसको कार्य प्रगति विवरण बुझाउन समेत निर्देशन दिए । उनले न्यारोबडी जहाजको सिट भाँचिएको दुई सातासम्म समेत किन मर्मत नभएको भन्दै…