शुदर्शनले विप्लवलाई लगाए गम्भीर आरोप ।

नेकपा(बहुमत)नेता हेमन्तप्रकाश वली(शुदर्शन)ले नेकपाका तत्कालिन महासचिव विप्लवलाई गम्भीर आरोप लगाएका छन। केही समयअघि चुनावी कार्यनितिकाे बिषयलाइ लिएर नेकपा बिघटन गरी नेकपा(बहुमत) पुनर्गठन गरेर सो पार्टि प्रवक्ता समेत रहेका वलीले विप्लवलाई राजतन्त्र स्वीकार गर्दै प्रधानमन्त्री बन्ने सोचमा रहेको आरोप लगाएका छन। बहुमत निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ छैटौँ राष्ट्रिय सम्मेलन आयोजक समितिले काठमाडौँ संवाद डबलीमा आयोजना […]

Continue Reading

कान्तिराम ढुंगानाले नेपाल बारको निर्वाचनमा दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौँ, नेपाल बार एशोसिएशनमा हुन लागेको निर्वाचनमा कान्तिराम ढुंगानाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले केन्द्रीय सदस्यतर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर गरेका उनले बार एशोसिएशनको आसन्न निर्वाचनमा केन्द्रीय सदस्यतर्फ खुल्लामा उम्मेदवारी दर्ता गराएका हुन्। कानुन व्यवसायमा सक्रिय ढुंगानाले आगामी चैत्र १९ हुने बारको निर्वाचनमा उम्मेदवारी दिएका हुन्। उनले यसअघि ललितपुर बारको […]

Continue Reading

एमसीसीविरुद्ध दाङमा प्रदर्शनसहित कोणसभा सम्पन्न

हेमन्तप्रकाश वली/घोराही : दाङमा आइतबार पनि राष्ट्रघाती एमसीसीविरुद्ध प्रदर्शनसहित कोणसभा सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेकपा निकट राष्ट्रिय मुक्ति (जातीय/क्षेत्रीय) मोर्चासहित नेकपा (क्रान्तिकारी माओवादी) निकट जातीय/क्षेत्रीय मोर्चा र राष्ट्रिय जनमोर्चा निकट जातीय/क्षेत्रीय मोर्चाको संयुक्त आयोजनामा एमसीसीविरुद्ध प्रदर्शनसहित कोणसभा सम्पन्न भएको हो । कोणसभालाई सम्बोधन गर्दै मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय कोषाध्यक्ष भिमप्रकाश पुनले व्याख्यात्मक टिप्पणीको […]

Continue Reading

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाका सबै काम सम्पन्न

काठमाडौं । स्वदेशी लगानीको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सबै काम सम्पन्न भएको छ । विसं २०६८ भदौ १७ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले माथिल्लो तामाकोसी जलविधुत आयोजनाको शिलान्याश गरेका थिए ।  ११ वर्ष लगाएरआयोजनाको निर्माण कार्य सम्पन्न भएको हो । काम पूर्णरूपमा सम्पन्न नहुँदै गत असार २१ गते आयोजनाको उद्घाटन गरिएको थियो । […]

Continue Reading

संयुक्त जातीय मोर्चाद्वारा राष्ट्रघाती एमसीसीविरुद्ध भालुबाङमा प्रदर्शन ।

काठमाडाै : राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध  दाङको भालुबाङमा प्रदर्शनसहित कोणसभा सम्पन्न भएको छ । नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा निकट जातीय समता समाज र नेकपा (क्रान्तिकारी माओवादी) निकट दलित मुक्ति मोर्चा नेपालको संयुक्त आयोजनामा राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध बिरोध प्रदर्शन शनिबार सम्पन्न भएको हो ।  प्रदर्शन र्यालीसहित भालुबाङ बजार परिक्रमा पश्चात कोणसभामा परिणत भएको […]

Continue Reading

बागलुङको निसीखोला गाउँपालिकामा आलु र मकै पकेट क्षेत्र घाेषणा ।

५ फागुन,काठमाडाै । बागलुङ जिल्लाकाे निसीखोला गाउँपालिकाको माथिल्लो उच्च क्षेत्रलाई आलु र तल्लो क्षेत्रलाई मकैको पकेट क्षेत्र  घोषणा गरिएको छ । गाउपालिकाकाे वडा नं २ आलु र मकै तथा वडा नं ५, ६ र ७ लाई आलुको पकेट क्षेत्र बनाएको हाे ।  गत वर्ष सात वटै वडामा विभिन्न फलफूल तथा खाद्यबाली पकेट क्षेत्र घोषणा गरेकामा […]

Continue Reading

इलाममा राष्ट्रघाती एमसीसीबिरुद्ध सडक सभा सम्पन्न ।

काठमाण्डाै : श्रमिक समुदाय मोर्चाको आयोजनामा इलामको सन्दकपुर गाउँपालिकास्थित देउराली बजारमा सडक सभा सम्पन्न भएको छ । राष्ट्रघाती एमसीसीको बिरुद्धमा सम्पन्न सभाले एमसीसी सम्झौताबिरुद्ध कडा चेतावनी दिएको छ । श्रमिक समुदाय मोर्चा इलामका इन्चार्ज तथा  पार्टीका जिल्ला सदस्य प्रकाश खातीको अध्यक्षतामा सभा सम्पन्न भएको थियो । पार्टीका जिल्ला सेक्रेटरी मौसमले उक्त कार्यक्रममा एमसीसी कुनै पनि […]

Continue Reading

नेकपा केन्द्रीय समितिको बैठक सुरु, महासचिव विप्लवद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत ।

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको बैठक कपिलवस्तु, शिवगढीस्थित नेकपाको केन्द्रीय सम्पर्क कार्यालयमा सुरु भएको छ । बैठक अपराह्न २ बजे सुरु भएको हो ।बैठकमा नेकपाका महासचिव विप्लवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।    सबै केन्द्रीय सदस्यलाई अध्ययनका लागि राजनीतिक प्रतिवेदन वितरण गरिएको छ । महासचिवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि केन्द्रीय सदस्यहरूले प्रतिवेदन अध्ययन […]

Continue Reading

राष्ट्रघाती एमसीसीविरुद्ध देशव्यापी आन्दोलन जारी ।

संसद्‌वादी दलहरूले संसद्‌बाट राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पारित गरे पनि जनताको व्यापक असन्तुष्टिका साथै नेकपालगायत ६ राजनीतिक पार्टी र २ मोर्चाको देशव्यापी आन्दोलनका कारण एमसीसी लागू नहुने स्पष्ट नै देखिन्छ । नेकपालगायत आन्दोलनकारी दलले चैत ६ गतेसम्म एमसीसीविरुद्ध आन्दोलन घोषणा गरिसकेका छन् । मजदुर, युवा, महिला, संस्कृतिकर्मीलगायत सङ्गठनले संयुक्त रूपमा विभिन्न किसिमको सिर्जनात्मक आन्दोलन जारी […]

Continue Reading

महाकाली बहाब नेपालतिर फर्काइएकाबारे सरकार किन माैन छ? : प्रेम सुवाल

आइतबार प्रतिनिधि सभा बैठकमा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले भारतले महाकालीको बहाब नेपालतिर फर्काउन लागेकाले बर्खामा संकट आउनसक्ने बताएका छन् । उनले प्रश्न गरे  ‘महाकालीको बहाब भारतले नेपालतिर फर्काउँदै छ , तटबन्ध बनाउँदैछ,  यसबारे सरकार किन मौन छ ?’ नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाउँदै गर्दा पनि नेपाल नबोलेकोप्रति उनले आपत्ति जनाए । […]

Continue Reading