अखिल भारत प्रवासी नेपाली एकता समाजकाे किन्नोर टापरी नगर समिति गठन

नयाँ दिल्ली : अखिल भारत प्रवासी नेपाली एकता समाज चण्डीगढ -हिमाल राज्य समिति अन्तर्गत बल सिंह र भद्रकलाको पहलमा र अखिल भारत प्रवासी नेपाली एकता समाज केन्द्रीय सदस्य चेतमान भण्डारीको बिशेष उपस्थितिमा सम्पन्न भएकाे भेलाले मोहन लाल तामाङ को नेतृत्वमा १५ सदस्य किन्नोर टापरी नगर समिति गठन गरेकाे छ । जसमा अध्यक्ष:-मोहन लाल तामाङ, उपाध्यक्ष:- […]

Continue Reading

क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्याे ‘तात्कालिक राजनीतिक कार्यनीतिक’ अन्तरक्रिया

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीको तात्कालिक कार्यनीतिकाे विषयमा अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरेकाे छ । जमलस्थित हाेटेल एल्लाे प्यागाेडा हाेटलमा आयाेजित अन्तरक्रिया कार्यक्रममा पार्टीका अध्यक्ष माेहन वैद्य किरणले “पार्टीको तात्कालिक कार्यनीतिक सरकारसम्बन्धी अवधारणा” प्रस्तुत गर्नु भएकाे छ । पार्टीका बरिष्ठ नेता सिपी गजुरेलकाे अध्यक्षता र पार्टी प्रवक्ता धर्मेन्द्र बास्ताेला कञ्चनकाे सञ्चालनमा भएकाे अन्तरक्रिया कार्यक्रममा […]

Continue Reading

एमसीसी नेपालमा विकासको लागि होइन विनासका निम्ति आएको हो : बास्तोला

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सो पार्टीका प्रवक्ता समेत रहेका नेता धर्मेन्द्र बास्तोलाले नेपालमा एमसीसी विकासका निम्ति नभएर विनासका निम्ति आएको दावी गरेका छन् । मंगलबार रत्नपार्क शान्तिबाटिमा ‘एमसीसीको खारेजी र लप्सीफेदीका जनतामाथि गरिएको दमनका विरुद्ध’ आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्दै नेता बास्तोलाले भने, “एमसीसीको नाममा […]

Continue Reading

कतारको मध्यस्थतामा हमास र इजरायलबीच युद्धबिराम

काठमाडौँ : इजरायलको मन्त्रिपरिषद्ले हमाससँग हुन लागेको सम्झौता स्वीकृत गरेको छ । ७ अक्टोबरदेखि जारी युद्ध ४ दिनका लागि रोक्न हमास र इजरायलबीच सम्झौता भएको हो । कतारको मध्यस्थतामा इजरायल-हमासबीच कैदी-बन्धक साटासाट तथा युद्धविरामसम्बन्धी सम्झौता भएको छ । मध्यस्तकर्ता कतारले पठाएको सम्झौताको नमुना इजरायली मन्त्रिपरिषद्को विशेष बैठकले स्वीकृत गरेको बीबीसीले जनाएको छ । सम्झौतामा हमासले […]

Continue Reading

हमास–इजरायल युद्ध चार दिनका लागि रोक्ने सहमति

काठमाडौं : प्यालेस्टिनी समूह हमासले ७ अक्टोबरमा आक्रमण गरेपछि सुरु भएको इजरायलसँगको युद्ध चार दिनका लागि रोक्ने सहमति भएको छ । युद्धबिराम सुरु भएसँगै हमास समूहले इजरायली क्षेत्रबाट बन्धक बनाएका करिब २०० मध्ये ५० जनालाई रिहा गर्ने सहमति भएको छ । यस्तै इजरायलले पनि बन्धक बनाएका १५० जना प्यालेस्टिनी नागरिकलाई रिहा गर्ने भएको छ । […]

Continue Reading

भूकम्प पीडितलाई सहयोग गर्ने रुसी राष्ट्रपति पुटिनको प्रतिवद्धता

काठमाडौं : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । पुटिनले समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार पत्र पठाउँदै प्राकृतिक विपत्तिको दुखद घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । पत्रमार्फत राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरुका आफन्त तथा शुभेच्छुक नेपाली […]

Continue Reading

अन्नपूर्ण बेसक्याम्प पुगेका गुटेरेस पोखरा फर्किए

पोखरा : नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान अन्नपूर्ण बेसक्याम्प पुगे । सोमबार पोखरा आएका उनले फेवातालमा डुंगा सयर गरेका थिए भने पोखरा-२२ पुम्दीभुम्दीस्थित महादेवको विशाल मूर्ति दर्शन गरेका थिए । उनी पोखराबाट लुम्बिनी प्रस्थान गर्दैछन् । लुम्बिनी उड्नुअघि उनले पोखरा विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

Continue Reading

ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनले भण्डाफाेर अभियान चलाउने चेतावनी

काठमाडौँ : विगत लामाे समयदेखि अन्यायमा पर्दै आएका गाेर्खा सैनिकहरुकाे पक्षमा सर्वाेच्च अदालतले गरेकाे फैसला कार्यान्वयन नगरे ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले भण्डाफाेर अभियान चलाउने चेतावनी दिएकाे छ । सर्वोच्च अदालतले २०७९ माघ २४ गते नेपल सरकारका नाममा फैसला कार्यान्वयनका लागि दिएकाे निर्देशनात्मक आदेशकाे हालसम्म पनि सरकारले पालना नगरेकाे भन्दै विगेसाेले फैसला कार्यान्वयन […]

Continue Reading

दलाल पुँजीवादका कारण इजरायलमा निर्दोष नेपालीको ज्यान गयो : भृकुटी सी

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी सीले दलाल पुँजीवादी संसदीय व्यवस्थाका कारण इजरायलमा निर्दोष नेपालीले ज्यान गुमाउनु परेका बताएकी छन् । नेपाल कम्युनिस्ट पार्टी र संयुक्त जवसले इजरायलमा रहेका नेपालीको सुरक्षाको माग गर्दै आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । दलाल पुँजीवादी व्यवस्थाले नेपालमा रोजगारी सृजना नगरेको, भएका उद्योग धन्दाहरु […]

Continue Reading

प्यालेस्टायनी विद्राेही हमासद्वारा इजरायल आक्रमणबाट थप १० नेपालीकाे मृत्यु भएको पुष्टि

काठमाडाैं  : प्यालेस्टायनी विद्राेही हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले अनुसार मृत्यु हुनेमा सुदुरपश्चिम प्रदेशका मात्रै ७ जना रहेका छन् । घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका […]

Continue Reading