प्रयोग शिक्षाका लागि हो

कुनै पनि व्यक्तिले शान्ति प्रक्रिया नमान्न पाइन्छ, अदालतले मानेन । अदालत खारेज गरौँ । जनअदालत र अदालत समन्वय गरौँ वा जनअदालत बनाऔँ ! किनकि अदालत पुरानै निरङ्कुश, सामन्ती राजतन्त्रकै पक्षमा लागेको देखियो । अब यो विषय केन्द्रित बहस हुनुपर्छ । यसअघिका प्रयोगहरू शिक्षाका लागि हुनुपर्छ । पहिला सेनापतिले शान्ति सम्झौता र संविधानको पालना नगर्ने चुनौती […]

Continue Reading

पूर्वमाओवादी धाराको वक्तव्यको दिशा

‘बलिदानदेखि जोगिने बहानामा क्रान्तिलाई परित्याग गर्नु भनेको वास्तवमा मानिसहरू सदासर्वदा दास रहिरहून्, उनीहरूले अन्ततः कष्ट र बलिदान खेपिरहून् भन्ने कुराको माग गर्नु हो ।’ – कमरेड माओ ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने जनयुद्धको बाटोमा अघि बढौँ’ भन्ने मूल नाराका साथ सुरु गरिएको महान् जनयुद्धलाई त्यसको प्रमुख नेतृत्वले मूलतः विजयको उच्चताका निम्ति […]

Continue Reading

स्ववियुप्रति नवयुवा विद्यार्थीको दृष्टिकोण र आगामी कार्यभार

लेखक : गगन परियार कुनै पनि वस्तुलाई अध्ययन, अनुसन्धान, संश्लेषण, ग्रहण र प्रयोग गर्ने सन्दर्भमा वर्गीय स्वार्थअनुरूपको दर्शनशास्त्र प्रयोग गरी व्यक्तिले आआफ्नो दृष्टिकोण निर्माण गर्ने गर्दछ । त्यस्तैगरी स्ववियुलाई बुझ्ने र प्रयोग गर्ने सन्दर्भमा पनि व्यक्ति र विद्यार्थी सङ्गठनहरूले वर्गीय पक्षधरताका आधारमा दृष्टिकोण बनाई यसलाई सहयोग गर्ने कार्यक्रमहरू बनाएको देखिन्छ । त्रिभुवन विश्वविद्यालयले यही २०७९ […]

Continue Reading

क्वान्टम फिल्ड सिद्धान्तका आधारमा पदार्थ

जब हामी ब्रह्माणलाई बुझ्ने कोसिस गर्दछौँ तब यसका बारेमा पहिलो प्रश्न ब्रह्माण्डको बिल्डिङ ब्लक के हो ? साथै यो केबाट बनेको हुन्छ ? यी सबै बुझ्नका लागि परमाणुको संरचना र तीभन्दा साना कणहरूका बारेमा बुझ्न जरुरी रहेको छ । पहिलापहिला परमाणु सबैभन्दा सानो वस्तु हो र यसको केन्द्रमा न्युक्लिअस रहेको हुन्छ । यसमा न्युट्रोन प्रोटोन […]

Continue Reading

विप्लवको सङ्कीर्णतावादी अजीर्णता र तथ्यहरूमाथि तोडमोड गर्ने प्रवृत्ति– ४

विप्लवले कमरेड सुदर्शन र दीपकबारे कतिपय प्रसङ्गहरू तोडमोड र प्रतिशोधपूर्ण तरिकाले उठाएका छन् । सुदर्शन जेलबाट रिहा भएको विषयलाई अनायास साँठगाँठको विषय बनाएका छन् जुन कुरा विप्लवको पूरापूर अनैतिक, भ्रष्ट र प्रतिशोधपूर्ण टिप्पणी हो । विप्लवको टिप्पणी अनैतिकताको पराकाष्टा यसकारणले हो– उनी स्वयम्को सहभागिता र पहलसहित सबै मित्रहरूको सङ्घर्षले सुदर्शनको रिहाइ भएको हो । रिस […]

Continue Reading

महान् जनयुद्ध र २८ औँ जनयुद्ध दिवस

२८ औँ जनयुद्धको दिवससम्म कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूबीच कैयौँपटक फुट र विभाजन आउने गरेका छन् । माओले भन्नुभएको छ, ‘सही विचार र सही कार्यदिशाले सबै कुराको निर्धारण गर्दछ ।’ त्यसको प्रभाव नेपाली कम्युनिस्ट आन्दोलनमा नपरिरहन सक्दैन । कम्युनिस्ट आन्दोलन एकजुट हुनुपर्नेमा फुट र विभाजन किन आउँछन् ? कम्युनिस्टहरूले त्यसको कारण वस्तुगत जगत्को गहिराइमा पर्गेल्नु आवश्यक […]

Continue Reading

माओवाद, जनयुद्ध र नयाँँ जनवादी क्रान्ति

सन्दर्भ : १३० औँ माओ दिवस इतिहासको पानाबाट २६ डिसेम्बर, सन् १८९३ मा जन्मनुभएका कमरेड माओ त्से तुङको यो १२५ औँ जन्मदिवस हो । चिनियाँ नयाँँ जनवादी क्रान्ति र महान् सर्वहारा सांस्कृतिक क्रान्तिपछि हरेक वर्षको २६ डिसेम्बरले अन्तर्राष्ट्रिय सर्वहारा वर्गका लागि विशेष महत्व राख्दछ । यो दिनमा संसारभर सर्वहारा वर्गबाट माओ त्सेतुङको विशेष सम्झना गरिन्छ […]

Continue Reading

क्रान्तिकारी पार्टीको दायित्व

कम्युनिस्ट पार्टी स्वयम् एक नयाँ ढङ्गको पार्टी हो । यस्तो पार्टीको निर्माणको जग मार्क्स–एङ्गेल्सले गर्नुभयो । उहाँहरूले समाजका परम्परागत सम्पत्ति सम्बन्धहरू तथा विचारहरूबाट ‘आमूल सम्बन्धविच्छेद’ का निम्ति, कम्युनिज्मको लक्ष्यसिद्धका निम्ति सर्वहारा वर्गको स्वतन्त्र राजनीतिक सङ्गठन अनिवार्य रूपले आवश्यक छन् । त्यसले आफ्नो लक्ष्यप्रति बलप्रयोगको भूमिकाबाटै गर्नसक्छ भन्ने कुरा बताउनुभयो । एङ्गेल्सले भन्नुभयो— सर्वहारा वर्गले हिंसात्मक […]

Continue Reading

नेपालमा नवउपनिवेशवादको लगाम

स्वतन्त्र मत लेखक : शशिधर भण्डारी साम्राज्यवादले खेल मैदान बनाएको मुलुकले सताब्दीयौँ पछिसम्म त्यसले पैदा गराएका दुष्परिणामहरू भोगिरहनु पर्दछ । द्वितीय विश्वयुद्धपछि बेलायती साम्राज्यवाद अस्तायो । अमेरिकी साम्राज्यवादको उदय भयो । एसियाको एउटा मुलुक चीनको महाशक्ति राष्ट्रका रूपमा भएको उदयले अमेरिकी साम्राज्यवादलाई बेचैन बनाएको छ । आजको अमेरिकाको त्यसप्रकारको बेचैनीको परिणति कुन रूपमा हुन्छ होला […]

Continue Reading

माक्र्सवाद र पदार्थ

गताङ्बाट क्रमशः आधार माक्र्सले १८४१ म विद्यावारिधि डेमोक्रिटिएन र एपिक्युरिएनको प्रकृतिको दर्शनको फरक (The Difference Between the Democritean and Epicurean Philosophy of Nature.) मा गर्नुभएको थियो । उक्त विषयको केन्द्रमा थियो परमाणु । परमाणुलाई कसरी हेरिएको छ भन्ने कुरामा गहन अनुसन्धान गरिएको थियो । माक्र्सद्वारा पहिचान गरिएको र विश्लेषण गरिएको एपिक्युरियन दर्शनका अद्वितीय विशेषताहरूका आधारमा […]

Continue Reading