राजनीति

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडाैँ महानगर ‘क’को नगर सम्मेलन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडाैँ महानगर ‘क’को नगर सम्मेलन

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडाैँ महानगरको ‘क’ को सम्मेलन २०८१ /४ महिना २२ गते सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता सागर , प्रमुख अतिथि जिल्ला इन्चार्ज पुस्कर श्रेष्ठ रहेका थिए । भने अतिथिहरुमा जिल्ला संयोजक प्रकाश ,महिला संगठन जिल्ला अध्यक्ष सपना राजथला रहेका थिए ।ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनेट मौनधारण पछि शूरु भएको कार्यक्रममा स्वागत माधव तिवारीको रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिले मन्तव्य सहित कार्यक्रमको उद्घाटन गरेका थिए ।अतिथि तथा अन्य अतिथिहरुले पार्टी महाधिवेशन लगायत सम्मेलनको सफलताको शुभकामना मन्तव्यपछि पहिलो सेसनको समापन भएको थियो । हेमन्त , जय दाहाल र एच एश लामा तीनजनाको अध्यक्षमण्डल गठन भएपछि…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीको राजनैतिक वैचारिक प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीको राजनैतिक वैचारिक प्रशिक्षण सम्पन्न

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेताहरुले क्रान्तिकारी शक्तिहरुको एकता आवश्यक रहेको बताएका छन् ।बुधवार पार्टीको जिल्ला संगठन समिति नवलपरासीले पार्टी सदस्य सम्मका लागि बर्दघाटमा आयोजना गरेको राजनैतिक बैचारिक प्रशिक्षणमा बोल्दै नेताहरुले यस्तो बताएका हुन् । पार्टी केन्द्रबाट धर्मेन्द्र बाँस्तोला समुहको बर्हिगमन पछि पार्टीले पार्टी सदस्य सम्म राजनैतिक बैचारिक रुपले प्रस्ट पार्ने योजना अनुसार कार्यक्रम गरेको हो । कार्यक्रममा पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज कृष्णराज पौडेलले धर्मेन्द्र समुहले अप्रत्याशित रुपले पार्टीबाट बर्हिगमन गर्नु राजनैतिक इमानदारी नभएको औल्याउनुभयो । पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक श्याम बहादुर बोहोराले नेकपा(बहुमत)को महत्वपुर्ण हिस्सा क्रान्तिकारी कम्युनिस्ट पार्टीमै रहेकोले धैर्यतापुर्वक क्रान्तिकारी हेडक्वार्टरमा…
Read More
क्रान्तिकारी लफ्फाजीभित्र दक्षिणपंथी संशोधनवाद

क्रान्तिकारी लफ्फाजीभित्र दक्षिणपंथी संशोधनवाद

“लुतो एउटा पिडादायी रोग हो । जब मानिसहरु क्रान्तिकारी लफ्फाजीको लुतोले ग्रसित हुन्छन् तब यो रोग देख्नेबित्तिकै असह्य पीडा हुन्छ”– लेनिन, लुतो– १९१८, प्रगति प्रकाशन मास्कोद्वारा १९६५ मा प्रकाशित लेनिन संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ २७, पृ.३६ । लेनिनले ब्रेष्टलितोभ्स्तक सन्धीका सन्दर्भमा ट्राट्स्कीपंथीहरुलाई लागेको क्रान्तिकारी लफ्फाजीको लुतोबारे चर्चा गर्दा माथि उद्धृत उद्धरण संश्लेषण गर्नुभएको थियो । ट्राट्स्की र बुखारिन रुपमा त क्रान्तिकारी तथा रुसको एक इन्च जमिन पनि जर्मनीलाई नदिएर सन्धी गर्न चाहने राष्ट्रवादी थिए भने सारमा जर्मनेली शासकहरुसँग मिलेर वैज्ञानिक समाजवादको शिशु हत्या गर्न चाहन्थे । लेनिन र स्टालिन सारमा क्रान्तिकारी हुनुहुन्थ्यो भने रुपमा तत्काल रुसको केही भू–भाग गुमाएर…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीकाे राजनैतिक बैचारिक प्रशिक्षण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीकाे राजनैतिक बैचारिक प्रशिक्षण

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले जिल्लास्तरका नेता कार्यकर्ताका लागि राजनैतिक बैचारिक प्रशिक्षण शुरु गरेको छ । पार्टी केन्द्रबाट धर्मेन्द्र बाँस्तोला समुहको बर्हिगमन पछि पार्टीले पार्टी सदस्य सम्म राजनैतिक बैचारिक रुपले प्रस्ट पार्ने योजना अनुसार जिल्ला पार्टीकोे बैठक प्रशिक्षणात्मक रुपले सम्पन्न गरिएको केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले जानकारी दिनुभयो । पार्टी केन्द्र र प्रदेश समितिको निर्णय बमोजिम जिल्ला संगठन समितिका सदस्य तथा सल्लाहकारहरुलाई मंगलवार प्रशिक्षित गरिएको उहाँले बताउनुभयो । बर्दघाटमा भएको बैठकमा पार्टी केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज कृष्णराज पौडेल, सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक निरज केसी, केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर…
Read More
जनताको मुक्तिको एकमात्र बाटो नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद हो : संयाेजक किरण

जनताको मुक्तिको एकमात्र बाटो नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद हो : संयाेजक किरण

काठमाडाैँ : गत २०२२ को श्रीलंकाको जनविद्रोहलाई स्मरण गराउने गरी बांग्लादेश विद्यार्थी आन्दोलनले देशव्यापी जनविद्रोहका रुपमा विकसित भएपछि त्यहाँको सरकारका प्रधानमन्त्री शेख हसिना वाजेदले राजीनामा दिएर सेनाकै हेलिकप्टरमा भारत पलायन भएकी छन् र त्यहाँ तत्कालका लागि सेनाले सत्ता आफ्नो हातमा लिएको छ । सेना प्रमुखले विद्यार्थीका मागलाई संबोधन गर्ने, सर्वदलीय सरकार गठन गर्ने र त्यसैको नेतृत्वमा निर्वाचित हुने सरकारलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका छन् । हुनत आन्दोलनको सुरुआत बंगलादेशको १९७१ का “स्वतन्त्रता” सेनानीका सन्तानलाई सरकारी सेवामा ३० प्रतिशत आरक्षण दिने संवैधानिक व्यवस्थाका विरुद्ध भएको थियो तर आन्दोलनमाथि सरकारको दमनका कारण भडकिएको विद्यार्थी आन्दोलनले देशव्यापी जनविद्रोहको रुपधारण गर्न पुग्यो ।…
Read More
पूर्व बहुमत पार्टी अलग भएको होइन सानो टुक्रा चोइटिएको हो : शेरवहादुर देउवा शिखर

पूर्व बहुमत पार्टी अलग भएको होइन सानो टुक्रा चोइटिएको हो : शेरवहादुर देउवा शिखर

७नं प्रदेशमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्व एकता हुँदा देखि अहिलेसम्म पुर्व बहुमत पार्टीबाट एकतामा आएका कं महान राम ब चौधरीले गरिरहनु भएको छ ।हामी केन्द्रीय सचिवालयका २ जना र ५ सिसियम गरि ७ केन्द्रीय सदस्य पार्टी एकतामै छौं शेरवहादुर देउवा शिखर सचिवालय सदस्य एव कैलाली जिल्ला इञ्चार्ज शेरवहादुर देउवा शिखर सचिवालय सदस्य एव कैलाली जिल्ला इञ्चार्ज क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भारत प्रवासमा अखिल भारतिय नेपाली एकता समाज वाट वामपन्थी राजनिति शुरु गरी नेकपा(माओवादी )मा रहदा व्युरो सदस्य भएको अवस्थामा प्रचण्ड लाई लाल गदार भन्दै किरणको नेतृत्वमा विद्रोह गरे त्यहाँ वाट पनि विप्लवको नेतृत्वमा विद्रोह गरि नेकपा निर्माण भएको थियो। नेकपा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीकाे राजनैतिक वैचारिक प्रशिक्षण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीकाे राजनैतिक वैचारिक प्रशिक्षण

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले जिल्लास्तरका नेता कार्यकर्ताका लागि राजनैतिक बैचारिक प्रशिक्षण संचालन गर्ने तयारी गरेको छ । पार्टी केन्द्रबाट धर्मेन्द्र बाँस्तोला समुहको बर्हिगमन पछि पार्टीले पार्टी सदस्य सम्म राजनैतिक बैचारिक प्रशिक्षण संचालन गरेर नेता कार्यकर्तालाई प्रस्ट पार्ने केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले जानकारी दिनुभयो । पार्टी केन्द्र र प्रदेश समितिको निर्णय बमोजिम प्रशिक्षण कार्यक्रम तयारी गर्नका लागि जिल्ला कार्यालयको बैठक समेत मंगलवार सम्पन्न भएको उहाँले बताउनुभयो । अन्तराष्ट्रिय र नेपालको कम्युनिस्ट आन्दोलनमा समेत यस्तो बर्हिगमन वा पार्टी एकता असफल भन्ने कुनै परिघटना नदेखिएकोले यसको अध्ययन र थप प्रष्टताका लागि राजनैतिक बैचारिक प्रशिक्षण…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको चन्द्रागीरि एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको चन्द्रागीरि एकता अधिवेशन सम्पन्न

काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको चन्द्रागीरि नगरको एकता अधिवेशन २०८१ साल साउन १२ गते सम्पन्न भएको छ । चन्द्रागीरि नगरपालिका वडा न. ४ थानकोट कोटघरमा राजेन्द्र कोइरालाको अध्यक्षता तथा सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि पार्टीका जिल्ला इन्चार्ज पुस्कर श्रेष्ठ रहेका थिए भने अन्य अतिथिहरुमा मोती रत्न अमात्य र सुरेश तामाङ रहेका थिए । सुरेस तामाङले पहिलाको समितिको विघटन गरी नयाँ समितिको प्यालन प्रश्तुत गरेका थिए । अधिवेशनले राजेन्द्र कोईराला सचिव रहेको ११ सदस्सीय नगर समिति गठन गरेको छ ।
Read More
सहिद अनिस ‘मिनबहादुर कुवँर’ को स्मृतिमा बाटोको नामाकरण

सहिद अनिस ‘मिनबहादुर कुवँर’ को स्मृतिमा बाटोको नामाकरण

नारायण शर्मा विपिन/चितवन : जनयुद्धको जगमा आएको परिवर्तनका विरुद्ध प्रतिक्रान्तिकारी षडयन्त्र तिब्र बनिरहेको बेला चितवनमा सहिदहरुको आदर्शिकरणको पक्षमा सहिद अनिसको स्मृतिमा बाटोको नामाकरण गरेको छ । अनिस भनेर चिनिने मिनबहादुर कुवँर कमरेड प्रतिक्षाको घर रहेको भरतपुर महानगरपालिका वडा न ४ स्थित सरस्वती टोल विकास संस्थाले परमानन्द चोक देखि हस्पिस चोक सम्मको मार्गलाई अनिस स्मृति मार्ग नामाकरण गरेको हो । तत्कालीन माओवादी पार्टीले शान्तिप्रकृयामा आउने बित्तिकै २०६३ मै सो बाटोको नाम अनिस स्मृति मार्ग नामाकरण गरेता पनि त्यो नाम औपचारिक प्रयोगमा रहेको थिएन । हाल आएर टोलबिकास संस्थाले आफ्नो क्षेत्रमा रहेका मार्गहरुको नामाकरण गर्ने क्रममा सहिद अनिस स्मृति मार्ग नामाकरण गरेको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र ने.क.पा.(मशाल) तुलसीपुरकाे एकता अधिवेशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र ने.क.पा.(मशाल) तुलसीपुरकाे एकता अधिवेशन

तुलसीपुर,दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र ने.क.पा.(मशाल) बिच तुलसीपुर उपमहानगरपालिकामा एकता अधिबेशन सम्पन्न भएको छ ।नगर संयोजक ईश्वरी प्रसाद गैरेको अध्यक्षता र सञ्चालनमा सम्पन्न भएको अधिबेशनबाट नयाँ कार्यसमिति गठन समेत भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेशन आयोजक समिति सदस्य तथा दाङ जिल्ला संयोजक रामजी थारुको प्रमुख आतिथ्य तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य हिरामणी दुःखीको विशेष उपस्थितिमा अधिबेशन सम्पन्न भएको हो । सो अधिबेशनमा नगर इञ्चार्ज तथा पार्टीका महाधिबेशन आयोजक समिति सदस्यहरु शशिराम बुढाथोकी तथा डिलाराम बुढाथोकीको पनि उपस्थिति रहेको थियो । उक्त एकता अधिबेशनमा समसामयिक राजनीतिक तथा पार्टीको केन्द्रीय समितिले लिएका निणर्यहरु…
Read More