
जनयुद्धका महान सहिद रामवृक्ष यादवलाई सम्झनुको अर्थ
लेखक : विनोद सहयात्री ०५१ साल भाद्र २ गते तत्कालीन राज्यद्वारा पालितपोषित लठैतहरुले क्रूर र विभत्स तरिकाले रामवृक्ष यादवको हत्या गरे । उनी मधेसी किसानहरुका बीचमा असाध्यै लोकप्रिय थिए । उनी मालेमावादी विचार दर्शनलाई जीवनव्यवहारमा उतार्ने सच्चा कम्युनिष्ट थिए । आफ्नो जीवनकालमा उनले आफ्नो बारेमा कहिल्यै सोचेनन्, केवल जनता, पार्टी र क्रान्तिको लागि अहोरात्र खटे । सिंगो परिवारलाई पार्र्टीकरण गरे । र, आफ्नो निजी सम्पत्तिलाई पनि पार्टी र क्रान्तिमा लगाए । नेपालको सिंगो कम्युनिष्ट आन्दोलनमा नै रामवृक्ष यादव जत्तिको कम्युनिष्ट जीवनपद्धति अँगाल्ने व्यक्ति, व्यक्तित्व पाउन सकिन्न । नेपालको कम्युनिष्ट तथा माओवादी आन्दोलनमा रामवृक्ष यादव उदाहारणीय र अनुकरणीय व्यक्ति थिए, र,…