
भारत र बंगलादेश दुवैलाई हराए नेपालले
काठमाडाैँ : दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्स खेल्ने सबै १२ टोलीको टुङ्गो लागेको छ । सुपर सिक्स १ मा भारत, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड छन् । सुपर सिक्स २ मा अष्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन् । नेपालले सुपर सिक्समा बुधबार बंगलादेश र शुक्रबार भारतसँग खेल्नेछ । नेपालले यी दुवै खेलमा जिते पनि शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना कठिन देखिन्छ । समूह चरणमा आफूले हराएको टोली सुपर सिक्समा पुगेको खेलको मात्रै अंक गणना हुन्छ । तर नेपालले हराएको अफगानिस्तान समूह चरणबाटै बाहिरिएको थियो । त्यसैको कारण सुपर सिक्समा नेपालको…