खेलकुद

टी–२० विश्वकप : अभ्यास खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ३५ रनले हरायाे

टी–२० विश्वकप : अभ्यास खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ३५ रनले हरायाे

काठमाडौँ : टी–२० विश्वकप क्रिकेटको शुक्रबार सम्पन्न अभ्यास खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ३५ रनले हराएको छ । टी–२० विश्वकप सुरु हुनुअघि वेस्ट इन्डिज र अस्ट्रेलिया दुबैले खेलेको यो अन्तिम अभ्यास खेल हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ५७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले भने निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय २२ रनमात्र बनाउन सक्यो । खेलाडी अभावका कारण दोस्रो अभ्यास खेलमा पनि अस्ट्रेलियन टोली केवल नौ खेलाडीसहित मैदानमा ओर्लिएको थियो । फिल्डिङका क्रममा भने अस्ट्रेलियाले प्रशिक्षकसहित प्रशिक्षण टोलीका अन्य सदस्यलाई पनि प्रयोग गरेको थियो…
Read More
हङकङलाई ८ विकेटले हराउँदै नेपालको लगातार तेस्रो जीत

हङकङलाई ८ विकेटले हराउँदै नेपालको लगातार तेस्रो जीत

काठमाडौँ : ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै नेपालले लगातार तेस्रो जीत हात पारेको छ । तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको सहज जीत निकालेको हो । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ । ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । अर्का ओपनर कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए । त्यस्तै रोहित पौडेल २० बलमा ३ चौकासहित…
Read More
सिक्किमलाई हराउँदै मच्छिन्द्र फाइनलमा

सिक्किमलाई हराउँदै मच्छिन्द्र फाइनलमा

विराटनगर : आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली साङ्ग्रिला मोरङ एफएबिच प्रतिस्पर्धा हुनेछ । विराटनगर सहिद मैदानमा बिहीबार राति सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्रले घरेलु टिम सांग्रीलासगको उपाधि भिडन्त पक्का गरेको हो ।अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्रका आयुष घलानले ९४ औँ मिनेटमा निर्णायक गोल गरे । वैकल्पिक खेलाडी मनिष डाँगीले निकालेको क्रस पासलाई आयुषले आकर्षक गोल गर्दै टिमलाई फाइनलमा पुर्‍याए । हिसब थपलियाको ठाउँमा मनिष दोस्रो हाफपछि मैदान प्रवेश गरेका थिए । निर्णायक गोल गर्ने आयुष प्लेयर अफ द म्याच पनि घोषित भए…
Read More
आईपीएल जितेका टोलीहरू, दुई टोलीले समान पाँच ट्रफी जिते

आईपीएल जितेका टोलीहरू, दुई टोलीले समान पाँच ट्रफी जिते

काठमाडौं : चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) का सर्वाधिक सफल टोली हुन् । यी दुई टोलीले समान पाँच ट्रफी जितेका छन् । चेन्नाईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा उपाधि जितेको थियो । मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा रोहित शर्माको कप्तानीमा उपाधि जितेको थियो । चेन्नाई फाइनलमा पाँच र मुम्बई एक पटक पराजित भएका थिए । चेन्नाईले हारेका पाँचमध्ये तीन फाइनल मुम्बइसँग थियो । बाँकी दुई कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्ससँग थियो । कोलकाताले दुई, सनराइजर्स हैदरावाद, गुजरात टाइटन्स, राजस्थान र डेक्कन चाजर्सले १-१ आईपीएल ट्रफी…
Read More
त्रिकोणात्मक टी–२० आई सिरिज फिनिसिङमा चुकेको नेपाल

त्रिकोणात्मक टी–२० आई सिरिज फिनिसिङमा चुकेको नेपाल

काठमाडौं : त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल बुधबार नेदरल्यान्ड्ससँग मात्रै दुई रनले पराजित भयो । जितको लागि १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनायो । एक समय नेपाल १७ ओभरमा १३७–६ को दयनीय अवस्थामा थियो । जितको लागि नेपाललाई १८ बलमा ४८ रन चाहिएको थियो । क्रिजमा दीपेन्द्र सिंह ऐरी २८ रन र करण केसी ३ रनमा थिए । नेदरल्यान्ड्सले स्पिनर आर्यन दत्तलाई बलिङमा लगायो । दत्तको पहिलो बललाई दीपेन्द्रले पुल सट हान्दै विशाल छक्कामा परिणत गरे । दोस्रो र पाँचौ बलमा दीपेन्द्रले नै चौका हानेपछि यो ओभरमा १८…
Read More
त्रिकोणात्मक शृङ्खला टी-२० : विश्वकप तयारीको सुरुआत

त्रिकोणात्मक शृङ्खला टी-२० : विश्वकप तयारीको सुरुआत

काठमाडौं : नेपालले पहिलो खेल नामिबियासँग खेल्दै त्रिकोणात्मक टी-२० आई शृङ्खलाको सुरुआत गर्दैछ । खेल आज बिहान साढे ११ बजे खेल टीयु क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच त्रिकोणात्मक टी-२० आई शृङ्खला हुनेछ । यस शृङ्खलादेखि नेपालले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपको औपचारिक तयारी सुरुआत गर्नेछ । विश्वकपका सानदार प्रदर्शन गर्ने सोच राखेको नेपालले तयारीमा कुनै कमी गर्नेछैन । नेपालले विश्वकपअघि ३०-३५ टी-२० खेल खेल्ने सम्भावना छ । १५ खेलको तालिका सार्वजनिक गरिसकेको छ । विश्वकपमा नेपाल रहेको समूह डी मा नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । आईसीसी विश्वकप लिग २ पछि…
Read More
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ तलब दिने

नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ तलब दिने

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले शीर्ष ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ तलब दिने भएको छ । क्यानको सोमबार बसेको बैठकले पुरुष र महिला खेलाडीको वर्गीकरण गर्दै नयाँ तलबमान तोकेको छ । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल पछिल्लो एक वर्षमा गरेको प्रदर्शन, प्रशिक्षक तथा टिम म्यानेजरको मूल्यांकन लगायतका आधारमा खेलाडीहरुको ग्रेडिङ गरिएको क्यानले बताएको छ । ग्रेड एमा कप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् । ग्रेड बीमा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आसिफ शेख र अविनाश बोहोरा छन् । हालै मात्र बनेको नेपाल एका कप्तान…
Read More
क्यानडालाई हराउँदा नेपालको बनेको ३ कीर्तिमान

क्यानडालाई हराउँदा नेपालको बनेको ३ कीर्तिमान

काठमाडौं : नेपालले दोस्रो ओडीआई खेलमा क्यानडालाई ४ विकेटले हराउँदा तीन कीर्तिमान बनाएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । क्यानडाका आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । नेपालका कुशल मल्ल र रोहित पौडेलले २–२ विकेट लिएका थिए । जितको लागि २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा रोहित पौडेलले ८७, देव खनालले ७६ र अनिलकुमार साहले ५० रन बनाए । यो जितमा सर्वाधिक छिटो अर्धशतक, तेस्रो विकेटका लागि उच्च साझेदारी र उच्च योगफलको कीर्तिमान बनेको छ । ओडीआईमा सर्वाधिक…
Read More
आज नेपाल र क्यानडा भिड्दै

आज नेपाल र क्यानडा भिड्दै

माघ २५ गते । आजबाट नेपाल र क्यानडाबिच तीन दिने एक दिवसीय शृङ्खला सुरु हुँदै छ । खेल आज बिहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला सुरु हुनअघि नेपाल र क्यानडाले तयारीस्वरुप तीन खेलको शृङ्खला खेल्न लागेका हुन् ।
Read More
यू-१९ विश्वकपमा बंगलादेशसँग नेपाल पराजित

यू-१९ विश्वकपमा बंगलादेशसँग नेपाल पराजित

काठमाडौं : नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बंगलादेशसँग पराजित भएको छ । दक्षिण अफ्रिकमा जितका लागि पाएको १७० रनको मध्यम लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि खेल जिताउन सकेनन् । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो । नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले १ सय बलमा ६ चौकासहित सर्वाधिक ४८ रन बनाए । यस विश्वकपमा उनले पहिलो पटक खेल्ने मौका पाएका हुन् । सुपर सिक्स खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएपछि नेपालले दीपक डुम्रेको स्थानमा विशाललाई मौका…
Read More