भौतिकवादी सिद्धान्त भनेको के हो ?
संसार परिवर्तनशील छ, प्रकृति र सामाजिक जीवनमा निरन्तर विकास र परिवर्तन भइरहन्छ । अब प्रश्न उठ्छ ः संसारमा हुने विकास र परिवर्तनको स्रोत के–के हुन् र तिनलाई हामीले कुन ठाउँमा खोज्नुपर्छ ? सांसारिक परिघटनाहरूका जरा कहाँ रहेका हुन्छन् र कुन आधार र प्रस्थानबिन्दुबाट तिनको व्याख्या–विश्लेषण थाल्नुपर्छ ? कुनै विषय वा प्रक्रियाको अनुसन्धान र खोज गर्ने सम्बन्धमा उक्त सवाल निकै महत्व राख्ने सवाल हो, किनभने यो व्यावहारिक क्षेत्रमा हाम्रो पहुँचसित सम्बन्धित छ र कुनै विषयको अध्ययन र अनुसन्धान गर्दा आधार वा प्रस्थानबिन्दु गलत रहेको खण्डमा त्यसबारे निकालिने निष्कर्षहरू गलत रहन्छन् । संसारमा घट्ने घटनाहरू, सांसारिक चीज तथा तिनका अन्तर्सम्बन्धहरूको व्याख्या–विश्लेषण गर्ने…