आर्थिक

सरकारले पेट्रोल र डिजेलको मूल्य फेरि बढायाे

सरकारले पेट्रोल र डिजेलको मूल्य फेरि बढायाे

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल मूल्य प्रतिलिटर २.९६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ३.४६ रुपैयाँले बढेर आएको निगमले जनाएको छ ।मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १७५.५० रुपैयाँ र डिजेलको मूल्य १५८.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७७ र डिजेलको मूल्य १६० रुपैयाँ कायम भएको छ । तेस्रो…
Read More
गृहमन्त्री रवि लामिछानेका नाममा १ करोड ८० लाख आएको थियो सुप्रिम सहकारीबाट

गृहमन्त्री रवि लामिछानेका नाममा १ करोड ८० लाख आएको थियो सुप्रिम सहकारीबाट

काठमाडौं : बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एक करोड ८० लाख रुपैयाँ गोर्खा मिडिया ग्रुपमार्फत हालका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा आएको देखिएको छ । सोमबार जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोजनमा लामिछानेको नाम नै उल्लेख गरेर गोर्खा मिडिया ग्रुपको नाममा पठाउँदा लामिछानको नाम उल्लेख गरिएको छ । २८ जना प्रतिवादी बनाइएको मुद्दामा एक अर्ब ७२ करोड ४३ लाख ४७ हजार ५०७ रुपैयाँ असुल गर्न मागदाबी गरिएको छ ।
Read More
गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल आबद्ध साई स्वागत सहकारीमा छापा

गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल आबद्ध साई स्वागत सहकारीमा छापा

काठमाडौं : काठमाडौं महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मारेको छ । महानगरपालिकाको सहकारी विभागले लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा ‘रेकी’ गरिरहेको सहकारीमा बुधबार विभागका कर्मचारी, महानगर प्रहरी सहित टोलीले छापा मारेको हो । महानगरको अनुगमन टोलीका एक सदस्यका अनुसार बिजुलीबजारमा रहेको सहकारी कार्यालयबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण ल्याएको छ । यस्तै धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ । सहकारीको सफ्टवेयर सिस्टम पनि महानगरको टोलीले ल्याएको हो । महानगरपालिका अनुसार धेरै उजुरी…
Read More
प्रधानमन्त्री प्रचण्ड सरकारका तीन मन्त्रीमाथि सहकारी ठगीको आरोप

प्रधानमन्त्री प्रचण्ड सरकारका तीन मन्त्रीमाथि सहकारी ठगीको आरोप

काठमाडौँ : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारका तीन मन्त्रीमाथि सहकारी ठगीमा प्रहरीले अनुसन्धान गरिरहेको स्रोतले जानकारी दिएको छ । गृहमन्त्री रविसँगै उनकै दलका उपसभापति तथा श्रममन्त्री डीपी अर्याल र नेकपा (माओवादी केन्द्र)का नेता जलस्रोतमन्त्री शक्तिबहादुर बस्नेतमाथि समेत सहकारी ठगीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । रास्वपाका सह–महामन्त्री कवीन्द्र बुर्लाकोटी समेत सहकारी ठगीबारे सिआइबीको अनुसन्धानको दायरामा तानिएका छन् । sahakari thagi-follow - 1 रवि पोखराको सुर्यदर्शनदेखि बुटवलको सुप्रिम सहकारीसम्मको अनुसन्धानमा पहिल्यै प्रहरीको अनुसन्धानमा तानिएका थिए। सुर्यदर्शन सहकारीको अनुसन्धानमा परेको पूरक जाहेरीमा उनको नाम पोलिएको छ नै। सबै सहकारीमा जीवी राई संलग्न देखिएपछि सिआइबीले काठमाडौँमा रहेको स्वर्णलक्ष्मीदेखि चितवनको सहारासम्मको…
Read More
नमस्ते पेद्वारा Global Money Week २०२४ मा विविन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न

नमस्ते पेद्वारा Global Money Week २०२४ मा विविन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न

काठमाडाैँ : नमस्ते पे ले Global Money Week २०२४ को अवसरमा १८ मार्च २०२४ देखि २४ मार्च २०२४ सम्म युवाहरूलाई शिक्षित, सर्ेत र सिखिकरण गर्नेउद्देश्यका साथ क्षवक्षिन्न कायचक्रमहरू सफलतापूर्वक सञ्चालन गरयो । जस अन्तगगत नमस्ते पे द्वारा सामाशिक सञ्जालहरू र एप सूर्नाहरू माफच त, नमस्ते पे का प्रयोगकताचहरू र फलोवसगलेक्षवत्तीय सािरता र क्षवत्तीय समावेिीकरणको बारेमा जानकारी प्राप्त गर्ननग भयो । क्षवत्तीय सािरता र क्षवत्तीयसमावेिीकरणका बारेमा जार्नकारी र नमस्ते पे ले नेपालमा क्षवत्तीय समावेिीकरणलाई कसरी सहयोग गर्च िन्ने बारेक्षिक्षियो तयार गरी Study Material नामको युट्युब च्यानलमा सावचिक्षनक गररएको क्षियो। linkत्यसैगरी, नमस्ते पे ले क्षवक्षिन्न कलेिहरूमा क्षवत्तीय सािरता र क्षवत्तीय समावेिीकरण सम्बन्धी…
Read More
लघुवित्त पीडितहरु फेरि किन उत्रिए सडकमा

लघुवित्त पीडितहरु फेरि किन उत्रिए सडकमा

काठमाडौं : सरकारसँग ६ बुँदे सहमति गरेर आन्दोलन स्थगित गरेको दुईसाता नबित्दै लघुवित्त पीडितहरु फेरि सडकमा उत्रिएका छन् । सहमतिअनुसार माग पूरा नभएको भन्दै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिका कानुनी सल्लाहकार अगस्थ अधिकारीको नेतृत्वमा उनीहरु आजदेखि धर्नामा बसेका हुन् । गत चैत २ गते सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिबीच ६ बुँदे सहमति भएको थियो । जसमा लघुवित्तलाई सेवामुखी संस्थाको रुपमा सञ्चालन गर्न आवश्यक नीतिगत एंव कानूनी व्यवस्थाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा कानूनको समेत अध्ययन गरी उचित नीतिगत तथा कानूनी व्यवस्थाका लागि अर्थ मन्त्रालयमार्फत् नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने उल्लेख थियो । त्यस्तै, लघुवित्तमा देखिएका समस्या समाधानका…
Read More
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

काठमाडाैँ : साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर २०७९ चैत्र ९ गतेका दिन बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विशेष दिन कम्पनीले विविध कार्यक्रमको आयोजना बीच प्रथम वार्षिकोत्सव मनाएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगाएतका सहभागितामा विभिन्न संदेश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घन्टाघर – भद्रकाली – जमल हुदै पुन : कमलादीमा पुगेर टुंगिएको थियो । साथै मानव जीवनको रक्षा गर्ने उदेश्यले नेपाल रेड क्रस सोसाईटिसंगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त…
Read More
भारतलेद्वारा प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध ।

भारतलेद्वारा प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध ।

चैत ११ गते । यसअघि मार्च ३१ सम्मका लागि प्रतिबन्ध लगाएको भारतले प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । समयसिमा सकिनु अगावै भारतले शुक्रबार एक सूचना जारी गर्दै निर्यात प्रतिबन्ध अनिश्चित कालका लागि थप गरेको हो ।तरकारी निर्यातमा विश्वमै सबैभन्दा ठूलो निर्यातकर्ता मानिएको भारतको यस्तो निर्णयले भारतबाट प्याज आयात गर्ने नेपाल सहितका देशहरुमा मूल्य बढ्ने अनुमान गरिएको छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डीयाका अनुसार नजिकिदै गरेको चुनावलाई लक्षित गर्दै आन्तरिक बजारमा प्याजको मूल्य घटाउने उद्देश्यले भारत सरकारले यस्तो निर्णय गरेको हो । शुक्रबारको निर्णयसँगै भारतको स्थानीय मूल्य आधाभन्दा बढी घटेको उल्लेख गरिएको छ । यद्यपि भारतले लगाएको प्रतिबन्धका कारण…
Read More
एमसीसी : परामर्शमै वर्षमा ४८ करोड खर्च

एमसीसी : परामर्शमै वर्षमा ४८ करोड खर्च

काठमाडौं : मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले अहिलेसम्म एमसीसी परियोजना निर्माणका लागि कुनै पनि कामको ठेक्का लगाउन सकेको छैन । प्रसारणलाइनको जग्गा प्राप्ति समेत अघि बढ्न नसकेको अवस्थामा एमसीए नेपालले विभिन्न शीर्षकमा अस्वभाविक रुपमा खर्च गरिरहेको देखिएको छ । प्रसारणलाइनको लागत अनुमानभन्दा ६६ प्रतिशत बढीको प्रस्ताव परेपछि गत २६ असोजमा रद्द भएको ठेक्का लगाउन पुनः बोलपत्र आह्वान भएको छैन । सडक स्तरोन्नतिका लागि प्रस्तावित परियोजनामा ठेक्का आह्वान गर्न बाँकी नै छ भने सबस्टेसन बनाउने परियोजनाको लागि ठेक्का भएर कम्पनी छनोट गर्न बोलपत्र मूल्यांकन नै भइसकेको छैन । तर, अहिलेसम्म नुवाकोटमा बन्ने रातमाटे सबस्स्टेसनका लागि मात्रै जग्गा अधिग्रहण गरेको आयोजनाको खर्च…
Read More
लघुवित्त पीडितले संसद भवन भित्र मागे गृहमन्त्री र अर्थमन्त्रीकाे राजिनामा

लघुवित्त पीडितले संसद भवन भित्र मागे गृहमन्त्री र अर्थमन्त्रीकाे राजिनामा

काठमाडौं : लघुवित्त पीडितहरुले संसद भवनभित्रै प्रवेश गरेर गृहमन्त्री र अर्थमन्त्रीकाे राजिनामा माग गरेका छन् । कडा सुरक्षा घेरा तोडेर संसद भवनभित्र प्रवेश गरेका उनीहरुले परिसरभित्रै सरकारका विरुद्ध नाराबाजी गरेका हुन् । झण्डै ५० जनाको संख्यामा छिरेका उनीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महत र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागे ।हिजो अस्तिझैँ आज पनि उनीहरुले नेपाल राष्ट्र बैंक नजिकै प्रदर्शन गर्ने बताएका थिए । तर, एक्कासी नयाँ बानेश्वरस्थित संसद भवनमा छिरेर सरकारविरुद्ध नाराबाजी गरेका हुन् । लघुवित्त पीडितहरुले आफ्नो ऋण मिनाहा हुनुपर्ने र धितो लिलाम फुकुवा गर्नुपर्ने माग गर्दै आएका थिए । तर आज मन्त्रीहरुको राजीनामा मागेका छन् । सरकारले राजधानीका विभिन्न स्थानमा…
Read More