
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मधेस प्रदेशले दियाे यस्ताे चेतावनी
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका मधेस प्रदेशका संयोजक कृष्णदेव सिंहले एक प्रेस विज्ञप्ति जारी गर्दै विनाकारण गिरफ्तार गरिएका क्रान्तिकारी कम्युनिस्ट पार्टीका मधेस प्रदेश सदस्य तिर्थ नारायण यादवलाई तत्काल रिहाई गर्न जोडदार माग गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, “महोत्तरी जिल्ला बर्दिवास नगरपालिका वार्ड नं. १० निवासी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको मधेस प्रदेश कमिटीका सदस्य क. तिर्थ नारायण यादवलाई पार्टी काममा जाँदै गर्दा २०८१ जेठ २७ गते साँझ ६ बजे अनाहकमा सिभिल प्रहरीले अमानवीय तवरबाट गिरफ्तारी यातना दिदै प्रहरी कष्टडीमा राखेको र कसैलाई भेटघाट गर्न समेत नदिएर एउटा राजनीतिक कार्यकर्तालाई अमानवीय व्यवहार गरिनु अत्यन्तै खेदजनक कार्य हो । हाम्रो पार्टी…