रुकुम पश्चिममा जिप दुर्घटना

News

काठमाडौं : रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ गोइरीज्युलाको कालेगाउँ पुल भन्ने ठाउँ नजिक जिप दुर्घटना भएको छ ।

खोलागाउँदेखि सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटनामा परेको हो ।

नेपाल प्रहरी र चौरजहारी नगर प्रहरीको टोलीले नगरपालिकाको एम्बुलेन्स लगायतका सवारी साधनमा घाइतेहरुलाई चौरजहारी अस्पतालमा ल्याएका छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *