क्रान्तिकारी कम्युनिस्ट पार्टीले भुकम्प पीडितका लागि शुरु गर्याे जनसेवा अभियान

News Political

जाजरकोट : माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले भुकम्प पिडितका घरहरू पुर्ननिर्माणका लागि शनिबारबाट जनसेवा शुरु गरेको छ । भेरि नगरपालिका वडा नम्बर ३ कि गाेपि सिंह घर भुकम्पले क्षतविक्षत बनाएकाे घरलाई पुर्ननिर्माणकाे लागि शुरुआत गरेको हाे ।

अाज क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नं. प्रदेश ईन्चार्ज उदय बहादुर चलाउने “दिपक” नेतृत्वकाे टाेलि उक्त प्रभावित क्षेत्रमा पुगेर दाेस्राे चरणको जनसेवा शुरुआत गरेको हाे । शनिबारै उक्त ठाउँमा दुईवटा घर पुर्ननिर्माणकाे काम शुरु गरेको हाे । याे भन्दा अगाडि पार्टीका जिल्ला ईन्चार्ज अनन्तकाे नेतृत्वमा भुकम्प गए लगत्तै रातारात उद्धार र राहत कार्यमा निरन्तर खटिरहेकाे छ । हिजो राति पार्टी केन्द्रकाे तर्फबाट दिपककाे नेतृत्वमा पुगेको टाेलि हरिस भट्ट संयाेजक रहेको क्रान्तिकारी युवा संगठन,प्रतिज्ञा र केसरकाे नेतृत्वमा जनस्वास्थ्य कर्मि टाेलि,दिग्दर्शन र राजन बुढाको नेतृत्वमा सुचना तथा संचार टाेलि सहितले शुरुआत गरेको थियोे ।

अभियान टाेलिका कमान्डर दिपकले शनिबार २५ गते देखि शुरु गरेको याे दाेस्राे चरणको जनअभियान १५ दिन सम्म चल्ने बताए । उनको नेतृत्वमा जनअभियान कार्यलय टिम क्रान्तिकारी युवा संगठन नेपाल संयाजक हरिस भट्ट, पार्टी केन्द्रीय सदस्य तथा ६ नं. प्रदेश संयाेजक संगम,पार्टी केन्द्रीय सदस्य धमिल र बादल,१ नं. टाेलि संयाेजक प्रतिज्ञाकाे टाेलिकाे नेतृत्वमा भेरि नपा,नलगाडा नपा र कुँशे गाँपा,२ नं. टाेलि संयाेजक अनन्तकाे टाेलिकाे नेतृत्वमा कुँशे गाँपा,छेडा गाँपा र भेरि नपा र ३ नं. टाेलि संयाेजक विपिनकाे नेतृत्वमा नलगाँड गाँपा,भेरि नपा मा नाैं नाैं जनाको टाेलि निर्माण परिचालन गरिएको बताए ।

जाजरकोटकाे बारेकाेट गाउपालिकाकाे रामिडाँडा केन्द्र बिन्दु भयर २०८०कार्तिक १७ गते राति ११:४७ मा ६.४ रेक्टर स्केलकाे भुकम्पले १५३ जनाकाे ज्यान लिनुका साथै ४०० जना घाईते अवस्थामा छन र हजाराै घरवारविहीन अवस्थामा पालमुनि र गाेठहरुमा बसिरहेका छन । चिसाे बढे संगै थुप्रै बिरामी परिरहेका छन साेहि अवस्थालाई मध्यनजर गरि विभिन्न किसिमकाे स्वास्थ्य सामाग्री रओैषधिहरु जिल्ला अस्पताल जाजरकोट लाई हस्तान्तरण गरि भुकम्प पिडितहरु कहाँ पुर्‍याउने , पार्टीले थप राहतका सामग्रीहरु पनि उपलब्ध गराउने र आज देखि भुकम्प प्रभावित क्षेत्रमा पार्टी उद्धार कार्यमा निरन्तर खट्ने जिल्ला इन्चार्ज अनन्तले जानकारी दिए ।

स्वयंसेवक टोली जनश्रममा व्यस्त
+3
All reactions:

युवा आवाज, Surya Ayrus and 36 others

2
3
Like

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *