क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल : ७ लाख बराबरको औषधी बोकेर नेताहरु जाजरकोट प्रस्थान

Health News Political

काठमाडौं : जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुको स्वास्थ्य उपचारलाई लक्षित गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे एक टोली सोमबार जाजरकोट प्रस्थान गरेको छ । पार्टीका बरिष्ठ नेता सीपी गजुरेलले सोमबार पार्टी कार्यालय कुपण्डोलमा टोलीलाई पार्टीको झण्डासहित ७ लाख बराबरको औषधी राहत टोलीलाई हस्तान्तरण गर्नुभएको छ । भुकम्प पीडितहरुको राहत र उद्दारका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको कार्यालय सदस्य तथा युवा नेता उदयबहादुर चलाउने दीपक नेतृत्वको टोली खटिएको छ । उक्त टाेलीमा चिकित्सकहरुकाे टाेली समेत घाइते तथा विरामीहरुकाे उपचारमा सक्रिय रहेकाे छ ।

सो टोलीले शुक्रबार राती गएको भुकम्पमा परी घाइते भएका नागरिकहरुको स्वास्थ्य अवस्था बुझ्न नेपालगञ्जका विभिन्न अस्पतालहरुमा पुगेकाे थियाे । ६ नं. पार्टी इन्चार्ज समेत रहनु भएका नेता चलाउने नेतृत्वको टोलीले उपचारमा रहेका घाइतेहरुलाई फलफुल वितरण गरेकाे थियाे । साथै भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न, लत्ताकपडा र भाँडाकुडाका साथै अत्यावश्यक औषधी लगायतका सामग्री वितरण गर्ने जनाएको छ ।

याे पनि पढ्नुहाेस्

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेशले पठायाे भुकम्प प्रभावित क्षेत्रमा ओैषधी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *