काठमाडौँ : टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । दुबै टोलीले बनाएको रन बराबरी भएपछि खेल सुपर ओभरमा गएको हो ।
फाइनल खेलमा टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको ओमानले पनि निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रनमात्र बनायाे ।