पोखरा : नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान अन्नपूर्ण बेसक्याम्प पुगे ।
सोमबार पोखरा आएका उनले फेवातालमा डुंगा सयर गरेका थिए भने पोखरा-२२ पुम्दीभुम्दीस्थित महादेवको विशाल मूर्ति दर्शन गरेका थिए ।
उनी पोखराबाट लुम्बिनी प्रस्थान गर्दैछन् । लुम्बिनी उड्नुअघि उनले पोखरा विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।