सुन र चाँदीको मूल्य बढ्यो

Economic

काठमाडौं : सोमबार सुनकाे मूल्य तोलामा एक हजार  र चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको चाँदीको मूल्य  बढेको बताएकाे हो ।

आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ६ सय रुपैयाँबाट बढेर एक लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको खरिदबिक्री मूल्य एक लाख ८ हजार एक सय रुपैयाँ तोकिएको छ । आइतबार एक लाख ७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य १३३० रुपैयाँबाट बढेर १३४५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *