बुढो चिन्तन

Arts-literature

कविता

हातगोडा शिथिल छन्, मन चनचल
छटपटिन्छ झनझन, मातृभूमि बाँझियो भन्दै
आलु र प्याजको निमित पनि अर्बौ खर्चिएको भन्दै
जलश्रोतको धन सिंगो विदेशीलाई सौपिएको मनले गुनेर
बडा दिक्क लाग्छ, पानीको अभावले तराइ सिंचाइ हुन नसकेकोमा
बाँच्नको निम्ति विदेशबाट अर्बौ खर्चिएकोमा
कसलाई सुनाउँ कहाँ गएर ?
हर घडी हरपल
विदेशीको छ अड्कल
राष्ट्रका नाइके सबै ताविदार
शोसित पीडित जनताको रगतमा लाउछन् भोजभतेर
यी सबै अनेरा मनले देख्छ
छट पटीमा तनले फगत कागजमा लेख्छ ।
मौकाको चौका, दाउ नचिन्नु
यही त हो कुण्ठित जीवनको समाजलाई दिनु ।

निष्ठुरे भुइचालो
निम्तो थिएन सुचना दिएन चर परेर आयो भुइचालो
सबै चुडायो, क्षत विक्षत बनायो नेपाली मायाको जालो

नसुनी साध्य नगुनी साध्य नहासी साध्य नरोइ साध्य
साध्य के हो कसले जान्ने ? पर्दो रहेछ मान्छे लाइनै यस्तो असाध्य

लेखक: जगत श्रेष्ठ

दलान मसला घोटो जस्तै घोल्यो माटो नेपाली धर्तीको
घोलियौं हामी सबै भूकम्पको जातोमा बाँच्नेहरुलाई यो यौटा अर्ती हुने
उपाए यौटै छ यौटै विर्सनु त्यसलाई छैन कुनै अर्को विकल्प
बाँचेका हामी हौं पीडित सबै अघिबढ्ने दृढताका साथ गरौं संकल्प
नभनौं कुनै दल आफ्नो साझा हौं सबै हामी पीडित देशको
स्वार्थी पक्षपाती दलहरुबाट नै हाम्रो आज यो गति भो

बताऔं शक्ति एकताको विपत्तीबाट बच्न भूकम्पको
मजबुद शक्ति पैदा हुन्छ नवश गोटी पराश्रित दलहरुको

मोदी, तिम्रो बाउको नाउमा दर्ता थियो अभाव कसले तिमिलाई लेखी दियो
न स्वधी, नमागी कसैको लिनु चोर हुन्छ भन्ने कुरा सायद मोदिलाई थाहा थियो

योटा अपराधी तिष्णा मेहन अवोध बालिका बलात्कार गर्छ
लिपुलेक माथिको अतिक्रमण गर्न मोदी धित मर्ने थुकनिल्दै रसातल झर्छ

५ वर्षै बालिका यौटी बेशाहारा अवोध शिशुको बलात्कार
निमुखा निरिह निष्कलंक भूमि नेपाल अतिक्रमण यसैमा छौ तिमी साकार

कपटी छली थिएन हिटलर बहादुरी यौदि युद्ध मैदानमा ढल्यो
आफ्नै मुठी, निर्दोषको चोरी खाने नरेन्द्र मोदीको उस्तै नाम चल्यो

अर्काको सियो पनि लिनु हुन्न भन्ने माओके देश चीनलाई
नरेन्द्र मोदीले चोरको साछी राखी साल दिन पा¥यो विस्तारवादलाई

विकृतिले आक्रान्त यो समाज जन्म दिएर पुत्री गमन गर्ने अपराधी बढे
नेपाल सार्वभौम राष्ट्र घोषणा गर्ने नरेन्द्र मोदी बलत्कारी सार्वभौम चढे माथी

निर्लज्ज र वेइमानबाट बर्चश्व इमान तथा भलादमी पतिले वेच्दैन
उखानैछ लातको भूत मणी र समानको वातले कहिल्यै मान्दैन

पृथ्वीको परिक्रमा
२३ भाद्र २०७२

Leave a Reply

Your email address will not be published. Required fields are marked *