हान्झाउ : १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनको महिला सिंऊल्समा नेपालकी रशिला महर्जन विजयी भएकी छन् ।
बिनजियाङ जिम्न्यासियममा मंगलबार भएको अन्तिम ३२ को खेलमा रशिलाले मंगोलियाकी म्याग्मार्तेसेरनलाई २१-४, २१-७ ले पराजित गरिन् ।
जितपछि रशिला अन्तिम १६ मा प्रवेश गरेकी छन् । अब उनले जापानकी नात्सुकी निदाइरा र चीनकी एचई बिनगिजाओबीचको खेलको विजेतासँग खेल्नेछिन् ।