अनुमति पास बिना चलेका सरकारि सवारि साधन क्रान्तिकारी युवा संगठन नेपालको नियन्त्रणमा 

News Social

कंचनपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालले अनुमति पास बिना चलेका सरकारि सवारि साधन नियन्त्रणमा लिएकाे छ।

कंचनपुरमा युवा संगठनले आज शनिबार विदाको दिन अनुमति पत्र विना चलिरहेका सरकारी सवारी साधन अनुगमन गर्दै अनुमति बिना चलेका साधन नियन्त्रणमा लिएको छ । उक्त टोलिमा संगठन का जिल्ला ईन्चार्ज कमल चौधरी, संयोजक भुवन भट्ट लगायत संगठनका नेता कार्यकर्ताहरु को सहभागि रहेकाे संगठनका प्रदेश संयोजक दिपेन्द्र ऐरीले बताएका छन् ।
यस्तै सम्बन्धीत जिल्ला प्रशासनबाट पास लिएका गाडिहरु लाई छोडेकाे र अनुमति पत्र नबोबेका हरुलाई ट्राफिक कार्यलय कंचनपुरलाई साधनहरु हस्तान्तरण गरेका छ्न् ।

कर्णालि प्रदेश कालिकोट को ०२ ००१ब ०८१६ नम्बरकाे माेटरसाइकल, दार्चुला शैल्यशिखर नगरपालिकाे म १ ब ३७५ को मोटरसाईकल ,कैलालि गोदावरी नगरपालिकाकाे से १ ब ११३२, सिचाई कार्यालय महेन्द्रनगर म १ब ५०८ को मोटर साईकल नियन्त्रणमा लिई ट्राफिक कार्यालय महेन्द्रनगरमा बुझाएका छन् । यसरी अनुमति बिना बिदाका दिन सवारि साधन बढेकाे देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *