भक्तपुर : अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घ, भक्तपुरको एकता अधिवेशन सम्पन्न भएको छ । प्रमुख अतिथि महासङ्घको केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ को संयोजक कमरेड कुमार घतानीले मसाल बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । अधिवेशनले कमरेड आकाशको संयोजकत्वमा १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
महासङ्घको जिल्ला संयोजक कमरेड आकाशले कार्यक्रममा बोल्दै स्वागत मन्तव्य द्वारा अतिथि प्रमुख अतिथि लगाएत उपस्थिति सबैलाइ स्वागत गरेका थिए । महासङ्घको केन्द्रीय सदस्य जिरामले शुभकामना मन्तव्य राख्दै श्रमजिवि मजदुर एकढिक्का भएर लागेमा मात्र मजदुरको माग पुराहुने बताए । त्यस्तै महासङ्घको ३ न प्रदेश सह संयोजक कमरेड सरोजले महासङ्घको केन्द्रीय सर्कुलर वाचन गर्दै महत्वपूर्ण नितिगत भनाइहरु राखेका थिए । त्यसैगरी कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी महासङ्घका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ को संयोजक कुमारले मजदुरका समस्याहरु हल गर्न र जायजमागहरु पुरागर्नका निम्ति महासङ्घले महत्वपूर्ण भुमिकाखेल्ने छ भन्दै आफ्नो प्रतिवद्दता जाहेर गरेका थिए ।
त्यसैगरि विशेष अथिती क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन आयोजक सदस्य तथा भक्तपुर जिल्ला संयोजनक रोजनले मजदुरको समस्या हल गर्न श्रमिक मजदुर सर्वहारा वर्गको अधिनायकत्व सहितको राज्यसत्ता चाहिने त्यस्को लागि अहिले यो दलाल संसदीय पुजीवादी व्यवस्थाको अन्त्य गरि जनवादी गणतन्त्र सहितको बैज्ञानिक समाजवाद स्थापना गर्नु पर्ने र त्यो व्यवस्थाले मात्र शोषित उत्पीडित श्रमजीवी वर्गीय मुद्दा हल गर्ने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने बताए । उनले सबैमजदुरहरू क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको झण्डा मुनि गोलवन्द हुनु पर्ने बताउदै माक्र्सवादी बौद्धिक हतियार लाई भौतिक हतियारमा रूपान्तरण गर्ने भनेकै सङ्गठन भएकाेले सबै क्रान्तिकारी बिचार बोकेका बुद्धिजीवी, श्रमजीवी मजदुर उत्पीडित जनसमुदाय सबैलाई पार्टीमा गोलवद्द हुन आह्वान गरे ।
त्यसै गरि पार्टी महाधिवेशन आयोजक समिति सदस्य तथा भक्तपुर जिल्ला सहसंयोजक बिवेकले काम गरिखाने श्रमजीवी बर्ग र बसिखाने बर्ग भएकाे हुँदा बसिखाने शोषण गर्ने लुटपाट गर्ने श्रमजीवी मजदुर माथी अन्याय अत्याचार गर्नेको विरुद्ध लड्ने सङगठन भनेको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ भएकाे बताए ।
तर मजदुरको सत्ता नआउँदा सम्म, कम्युनिस्ट व्यवस्था नहुदा सम्म मजदुरको मुद्दा हलहुन सक्दैन । तसर्थ कम्युनिस्ट व्यवस्था स्थापनाको निम्ति निरन्तर लडिरहनु पर्नेमा जोड दिए ।
उक्त कार्यक्रमको अध्यक्षता महासङ्घको जिल्ला इन्चार्ज बिसाल र सन्चालन महासङ्घको जिल्ला सहसंयोजक कमरेड क्षितिजले गरेका थिए ।