एमसीसी, महङ्गी, कालाबजारी, भ्रष्टाचारी, मिटरव्याजीका विरुद्ध भक्तपुरमा क्रान्तिकारी पार्टीको मशाल जुलुस

News Political

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, भक्तपुरले पार्टीको केन्द्रीय निति अनुसार एमसीसी, महङ्गी , कालाबजारि, भ्रस्टाचारी, मिटरव्याजी र दलाल संसदीय पुँजीवादी व्यवस्थाको बिरुद्ध नारावाजी र मसालजुलुस गर्दै उक्त कार्यक्रम कोणसभामा परिणत भएको थियो । उक्त कोणसभामा बोल्दै जिल्ला संयोजक रोजनले एमसीसी लागू भएका जुनसुकै देशहरू युद्ध मैदानमा परिणत भएको र नेपाल पनि त्यस्तै युद्ध मैदान बनाउन खोजेको बताए।

एमसीसीका मतियारहरुले आफू सत्ता र कुर्सीमा पुग्नको लागि यस्ता खालका रास्ट्रघाती सम्झौता गरेको बताए। दलालहरुले बिगतमा पनि सत्ता र कुर्सिको लागी यस्ता खालका विभिन्न खाले रास्ट्रघाती सन्धि सम्झौताहरु गर्ने गरेको उदाहरण राख्दै अब खबरदारी गर्दै जनता सचेत हुनु पर्ने बताए ।

जनसंघर्षको बलमा त्यस्ता दलालहरुलाई सांसद भवनबाट घिसारेर बानेश्वरको चोकमा नाङ्गै पारेर कालो मसो दल्ने र आन्दोलनको आँधिबेहेरीबाट जुनसुकै हालतमा अमेरिकी सम्राज्यवादलाईलखेट्ने र एमसीसी खारेज गराएरै छाड्ने संघर्षको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्ने उद्घोष गरे।

अन्तमा, यो दलाल संसदीय व्यवस्थाको अन्त्य र जनगणतन्त्र र बैज्ञानिक समाजवाद स्थापनाको निम्ति सहभागी हुन जनतालाइ आह्वान गर्दै कार्यक्रम समापन गरे । कार्यक्रम सन्चालन जिल्ला सहसंयोजक विवेकले गरेका थिए भने उक्त कार्यक्रममा जिल्ला इन्चार्ज कमरेड सरु लगायत जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *