पार्टी विरोधी गतिविधिमा संलग्न १०जनालाई गर्याे क्रान्तिकारी पार्टीले निस्कासित

News Political
काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता कञ्चनले एक प्रेस वक्तव्य जारी गर्दै पार्टी विरोधी गतिविधिमा संलग्न रहेको पाइएको भन्दै पार्टीका महाधिवेशन आयोजक समितिका सदस्यहरु भीम बटाला, के.बी. मल्ल, प्रेम चौधरी, धन बहादुर कुमाल, सागर मैनाली, वीरेन्द्र वि.क. लाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाइएको जानकारी गराएको छ ।वक्तव्यमा केन्द्रीय सल्लाहकार समितिका सदस्यहरु शम्भु कट्टेल, पवित्रा फुँयाल, बुद्धिराम थारु र वीर बहादुर थापालाई पनि पार्टी विरोधी गतिविधिमा संलग्न भएको पाइएकोले पार्टी सदस्यता सहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाइएको ब्यहोरा सरोकारवाला सबैको जानकारीको लागि भन्दै प्रेस वक्तव्य मार्फत् जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *