चेत बुढाथोकी र समिक्षा अधिकारीको “हाम्रो कहानी” सार्वजनिक

News Social Video

काठमाडौं : चेत बुढाथोकी र समिक्षा अधिकारीको आवाजमा रहेको नयाँ गीत “हाम्रो काहानी” गीतको भिडियो असोज ५   गते सार्वजनिक भएको छ । आफ्नै शब्द र संगीत रहेको उक्त गीतमा रामकृष्ण थापाले संगीत संयोजन गरेका छन्

भिडियोका निर्देशन पनि चेत बुढाथोकीकै रहेको छ । भिडियोमा रबि गिरि, अनिता बस्नेत (मास्टरनी), रामचन्द्र अधिकारी (काजिबा), रेशम फेरिरी, चेत बुढाथोकी, हेम श्रेष्ठ, रोशन भुषाल, सम्झना मायाको उत्कृष्ट अभिनय देख्न सकिन्छ।

लोक दोहोरी क्षेत्रमा बिगत लामो समयदेखि होमिएका गायक चेत बुढाथोकीका गीतहरु स्रोता तथा दर्शकले निकै रुचाउने गरेका छन् । यसअघि मायामा हुँदा हाँसो बिहे गरे गलामा पाशो निकै चर्चामा थियो । उनका अन्य दर्जनौं गीतहरुले स्रोता तथा दर्शकको मनमा अड्डा जमाएइसकेका छन् ।

लोक दोहोरीका नयाँ तथा पुराना भाका संरक्षण तथा प्रवद्र्धनमा लागिपरेका बुढाथोकी यतिबेला चेत बुढाथोकीको अफिसियल युट्युब च्यानलबाट दर्शक तथा स्रोतामाँझ हाम्रो काहानी लिएर आइसकेका छन् । उक्त भिडियोमा निकै मिहेनत गरीएको बुढाथोकीले बताएका छन् । ओम प्रसाईले छायाँकन गरेको भिडियोलाई बुढाथोकी आँफैले सम्पादन गरेका छन् । श्याम कुँवरले कलर गरेका छन् । काठमाडौँको रमणीयस्थलमा भिडियो छायांकन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *