शिक्षा विधेयकका विरुद्ध सिंहदरबारको मूलगेटमा अखिल (क्रान्तिकारी)को प्रर्दशन : नेताहरु गिरफ्तार

News

काठमाडौँ : मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले जनविरोधी तथा प्रतिगामी शिक्षा विधेयक खारेजीको माग गर्दै सिंहदरबारको दक्षिणी मूलगेटमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरी १६ जना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ ।

पक्राउ पर्नेहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सचिवालय सदस्य तथा अखिल (क्रान्तिकारी)का इन्चार्ज हरिकृष्ण गजुरेल, संयोजक मिलन राई, सहसंयोजक पेशल दाहाल लगायतका नेताहरु रहेका छन् ।
शिक्षकहरुको जारी आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अखिल (क्रान्तिकारी)ले विरोध प्रदर्शनको आयोजना गरेको थियो । प्रहरीले उनीहरुलाई सिंहदरबार वृत्तमा राखेको छ ।

पक्राउ पर्ने अन्य नेताहरुमा प्रभात भट्टराई, विरेन्द्र शाह, राजन रउत, गोविन्द विष्ट, स्मृति कार्की, रोशन यादव, लक्ष्मण वम, समिर विक सर्जन पाण्डे, लक्ष्मि पाण्डे, मिलन वुढा, स्टालिन बस्नेत, लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *