धनगढीः कञ्चनपुरमा सडकमा आक्रमण गरेर लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वेदकोट नगरपालिका- २ का २२ वर्षीय कमल चौधरी र २७ वर्षीय राजु डगौरा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार उनीहरुले शुक्लाफाँटा नगरपालिका-५ स्थित अर्जुनी जंगलमा दुई जनामाथि आक्रमण गरी कुटपिट गर्दै लुटपाट गरेका थिए ।
द्रोपतीले घाटीमा लगाएको आठ आनाको तिलहरी, मोबाइल लुटेर फरार भएका दुवै जनालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेको हो ।
कुटपिटबाट घाइते भएका अम्बादत्तको दुवै हात र खुट्टामा चोट लागेको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।