अखिल (क्रान्तिकारी) बाँकेद्वारा विभिन्न निजि विद्यालय तथा सरकारी शिक्षकका लगानी कलेजहरुमा कालाे ब्यानर टास

Education News

बाँके – बाँकेमा मोहन वैद्य “किरण”नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले प्रस्तावित शिक्षा विधेयकविरुद्ध विभिन्न निजि विद्यालय तथा सरकारी शिक्षकका लगानी कलेज/ विद्यालयहरुमा कालाे ब्यानर टासेकाे छ।
जस अन्तर्गत सरकारी क्याम्पसका प्राध्यापक, शिक्षक र राजनितीक दलका नेताहरुको लगानी रहेका मध्य बाँके नेपालगन्ज स्थित मोर्डन पब्लिक स्कुल(जुन प्रतिनिधि सभाका सांसद तथा राप्रपाका महामन्त्री डा. धवल समशेर राणाको समेत लगानी छ), आदर्श सेकेन्डरी स्कुल (सरकारी प्रोफेसरको लगानी), सामुदायिक विद्यालयका शिक्षको लगानी रहेको जिभिएन स्कुल र होलिल्याण्ड स्कुल, सरकारी प्राध्यापकको लगानी रहेको नेपालगन्जको नेशनल इन्जिनियरिङ कलेज लगाएत विद्यालयहरुमा अखिल (क्रान्तिकारी) जिल्ला समिती बाँकेद्धारा कालो ब्यानर लगाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *