बैङ्गलोर : अखिल भारत प्रवासी नेपाली एकता समाज कर्नाटका राज्य समिति महिला बिभाग बैङ्गलोरको आयोजनामा प्रगतिशील तिज कार्यक्रम सम्पन्न भएको छ।

केन्द्रीय सदस्य तथा कर्नाटका महिला बिभाग प्रमुख पबित्रा क्षेत्रीको अध्यक्षतामा भब्य र सभ्य रुपमा सम्पन्न भएको अखिल भारत प्रवासी नेपाली एकता समाज कर्नाटका राज्य समिति महिला बिभागले जनाएकाे छ।

कार्यक्रममा केन्द्रीय सहसंयोजक कमरेड शिशिरले प्रमुख अतिथि विशेष अतिथि पार्टी जिल्ला इन्चार्ज देबेन्द्र रावल ( दिनेश ) जिल्ला संयोजक लक्ष्मण बुढा अतिथिहरु केन्द्रीय सदस्य तथा राज्य संयोजक जनक जप्रले, सह संयोजक विबेक स्नेही, पदम बिक, सुरेश क्षेत्री , लगायत राज्य सदस्यहरुको उपस्थितिमा महिलाहरुले विभिन्न मौलिक गित सहित जनवादी गितहरुमा नृत्य प्रस्तुति गरेका थिए ।
विशेष गरि कस्ले भन्छ क्रान्ति यहाँ सफल हुदैन भन्ने जनवादी गितले उपस्थित महिला दिदीबहिनी र दाजुभाइको मन जितेको थियो ।
उक्त गितमा राज्य सह संयोजक सहित स्थानीय बहिनीहरुले नृत्य प्रस्तुत गरेका थिय । कार्यक्रम सञ्चालन महिला विभाग सह संयोजक मिना खड्काले गरेकी थिइन् ।
