समाजवादी मोर्चाले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको छ :प्रवक्ता,  कञ्चन

News Political

रुपन्देही : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले प्रचण्ड, ओली र देउवा भ्रटाचारी भएको बताएका छन् ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष केपी र कांगे्रसका सभापति शेरबहादुर देउवाले वाइडबोडी, प्रिन्टिङ मेशीन, ललिता निवास, गिरीबन्धु, एमसीसी, विभिन्न सन्धि, सम्झौता, विदेशीले दिएको अनुदान र आर्थिक सहयोगमा भ्रष्टाचार गरेको उनको दावी छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड, ओली र देउवाले भ्रष्टाचारलाई संस्थागत गरेको बताउनुभयो । उनले प्रचण्ड, ओली र देउवालाई सत्ताका लागि कुर्ची बचाउन राजनीति गरेको दावी गर्दै नेपालमा कानुनी रुपमा भ्रष्टाचार संस्थागत भएको बताए।

देशमा भ्रष्टाचार र अनियमितता मौलाएको बताउंदै ललिता निवास, सुन काण्ड सहितका सबै भ्रष्टाचारका काण्डहरु झिसमिस गराइएको उनको भनाई छ । उहाँले संसदीय व्यवस्था रहंदासम्म देशले निकास नपाउने बताउंदै संसदीय व्यवस्थालाई दलाल व्यवस्था भन्दै संसदीय व्यवस्था असफल भएको तर्क गरे ।

देशलाई बदल्न क्रान्तिकारी कम्युनिष्ट पार्टी एक ठाउं हुनुपर्ने बताउंदै क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकताका लागि पहल भैरहेको बताए । उनले संसदबादलाई संस्थागत गर्न समाजवादी मोर्चा गठन भएको आरोप लगाउंदै समाजवादी मोर्चाले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको बताए ।

बुर्जुवा गणतन्त्रको विकल्पमा जनगणतन्त्र बैज्ञानिक भएको उल्लेख गर्दै जनगणतान्त्रिक व्यवस्था नै आमजनताको उत्तम व्यवस्था भएको नेता बास्तोलाको जिकिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *