भक्तपुर नगर समितिको एकता अधिवेशन, प्रक्षिण तथा बैठक सम्पन्न

News Political

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुर नगर समितिको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको एकता अधिवेशनले मदन लामाको संयोजकत्वमा १५ सदस्यीय नगर संगठन समिति निर्माण गरेको छ ।


पार्टी नगर समिति इन्चार्ज रामहरी गजेनुको अध्यक्षता र जिल्ला संयोजक मदन लामाको सञ्चालनमा सम्पन्न एकता अधिवशेनमा पार्टीका सचिवालय सदस्य तथा पार्टी जिल्ला इन्चार्ज सरुले प्रमुख अतिथिको आसनबाट महत्वपूर्ण वैचारिक, राजनीतिक तथा सांगठनिक विषयमा प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

त्यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला संयोजक रोजनले बैचारिक राजनैतिक सङ्गठानात्मक र संघर्षको कार्यक्रम वारे धारणा राखेका थिए ।

त्यसै गरि सहसंयोजक कमरेड श्रीकृष्ण सुलुले पनि यो दलाल सत्ताको नितिगत भ्रष्टाचारको विरुद्ध सङ्गठित भएर क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा संघर्ष गर्नु पर्ने बताए ।

युवा संगठनका भक्तपुर जिल्ला संयोजक राजु लोयला अतिथिको आसनबाट मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *