बनेपामा एमसिसिविरुद्ध ४ दलद्वारा बिराेध प्रदर्शनसहित काेणसभा सम्पन्न

National News Political

काभ्रे बनेपा :काभ्रे जिल्लामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सहितको चार कम्युनिस्ट पार्टीले अमेरिकी परियाेजना एमसिसि कार्यन्वयनका लागि बिरोध गर्दै  जूलूस सहित काेणसभा  सम्पन्न  गरेका छन् ।

बुधबार जिल्लाकाे बनेपा स्थित तिनदोबाटोबाट सुरु भएको बिरोध जुलुस चारदोबाटोमा गएर कोणसभामा परिणत भएको थियो।

बिरोध सभामा बाेल्दै नेताहरुले एम सिसि नेपाली जन्ताका लागि घातक परियाेजना भयकाेले कुनै हालतमा कार्यन्वयन  हुन नदिने बताए।  कोण सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालक जिल्ला इन्चार्ज सोमान सिंह तामाङ जिल्ला संयोजक बिनयराज शर्मा ,नेकपाको प्रतिनिधि समीर श्रेष्ठले मन्तब्य राखेका थिय। कार्यक्रममा सयौंको सङ्ख्यामा उपस्थित रहेको थियो। कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला सह संयोजक ढोग प्रसाद अधिकारीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *