पाल्पा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पाले मुक्तिनाथ विकास बैंकलाई चेतावनी चेतावनी दिएकाे छ । जिल्ला इन्चार्ज ज्वालाले मंगलबार प्रेस वक्तव्य जारी गर्दै यस्ताे चेतावनी दिएका हुन् ।
प्रेस वक्तव्यमा भनिएकाे छ ‘आज मुलुक राजनीतिक, आर्थिक, सामाजिक लगायतका संकटले आक्रान्त छ । भ्रष्टाचार, महँगी, कालोबजारी, तस्करी र कमिसन मुलुकको नियति बनिरहेको छ । राजनीतिक रूपले मुक्त एवम् स्वाधीन, आर्थिक रूपमा समृद्ध र सामाजिक रूपान्तरणको महान् अभियानमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निरन्तर अघि बढिरहेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सम्बर्द्धन हाम्रो पार्टीको अविचलित प्रतिबद्धता रहेको छ । तमाम प्रकारका संकटको समाधान नै क्रान्ति हो । हामी निरन्तर क्रान्तिमा अघि बढिरहेका छौं । मुलुकमा विद्यमान दलाल पुजीवादी संसदीय ब्यवस्थाको एकमात्र विकल्प नयाँ जनवादी क्रान्तिका कार्यभारसहित वैज्ञानिक समाजवाद हो ।’
प्रेस वक्तव्यकाे अगाडि भनिएकाे छ ‘यसै शिलशिलामा हाम्रो पार्टीमा माथागढि गाउँपालिका वडा नम्बर ३ कसेनि सराईमा रहेको मुक्ति नाथ बिकास बैंकले आम जनताहरुलाई लुट्ने उदेश्यमा केन्द्रित रहि लघु वित्तीय संस्था भगेनि संचालन गरि जनस्तरमा वित्तीय आँतक मच्चाई रहेको कुरा न्याय विभागमा गत २०८० असार २५ गते सामुहिक निवेदन परेको छ । उक्त निवेदनमा बैंक म्यानेजर रम्बा गाउँपालिका ताहु सेर्काबास टेमने स्थायी घर भएका सुवास सिङ्जालि र माथागढि गाउँपालिका वडा नम्बर ३ कसेनि सराईमा स्थायी बसोबास गर्ने किरण घर्ती लगायतका कर्मचारीहरुको वित्तीय आँतक, ज्यादती र दादागिरीले प्रताडित बनाएको उल्लेख छ । उक्त बैंक र बैंक म्यानेजर सुवास सिङ्जालि कर्मचारी किरण घर्तीलाई उक्त कार्यहरू तुरुन्तै सच्याउन पहिलो चेतावनी दिन चाहान्छौं साथै बिकासका नाम सेवा कर्जाको हवला दिएर सोझासाझा आम जनताहरुलाई अदालत र कानुनको डर देखाएर गरिने वित्तीय आँतक र लुटपाट बिरुद्ध उभिन सम्पूर्ण न्याय प्रेमि जनसमुदायहरुमा समेत अपिल गर्दछौं ।’