बर्दिया : बर्दियाको बाँसगढी नगरपालिका प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दियाले कारबाही गरेकाे छ ।
राज्यको रकम हिनामिना गरेको कुरा जनगुनासो आएपछी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको विशेष अनुसन्धान पश्चात एकजना कर्मचारीबाट १ लाख ३५ हजार रुपैयाँ लिएको सप्रमाण सहित फेला पारेपछि साेमबार कारबाही गरेकाे जिल्ला पार्टीकाे दाबी छ ।
साथै महिला कर्मचारीहरु प्रति गलत नियत राखेर बोल्ने, नगरमा हुने हरेक सामान खरिदमा आर्थिक चलखेल गर्ने लगाएतका आर्थिक र सांस्कृतिक विचलन देखिएपछी उनलाई पार्टीका कार्यकर्ताले समातेर अख्तियारमा बुझाउने सर्तमा प्रहरीलाई बुझाएको बताएकाे छ।
https://www.facebook.com/watch/?v=314959424245495