नेपाल कमर्श क्याम्पसलाई दियाे अनेरास्ववियू (क्रान्तिकारी)ले यस्ताे चेतावनी

Education News

काठमाडाैँ : नेपाल कमर्श क्याम्पस BBS दोस्रो वर्षमा अध्ययनरत ६३ जना बिध्यार्थिहरुले परिक्षा दिन नपाएको घट्नामा सग्लग्नहरुलाई कडा कार्वाहि गरी , बिध्यार्थिहरुलाई परिक्षा दिने वातावरण सृजना गरिदिन अनेरास्ववियू (क्रान्तिकारी)ले  अनुराेध गरेकाे छ ।

मंगलबार अनेरास्ववियू (क्रान्तिकारी) त्रिभुवन विश्वविद्याल समितिका संयाेजक गोबिन्द बिष्टले
प्रेस वक्तव्य जारी गर्दै क्याम्पस प्रशासनको मिलेमतोमा विद्यार्थिहरूलाई छात्रवृत्ति उपलब्ध गराउने तर विद्यार्थिहरुबाट पैसा असुल गर्ने यस प्रकारको घृणित हर्कत रोक्न  सम्बन्धित पक्षलाई कडा चेतावनी दिएका छन् ।

प्रेस वक्तव्यमा भनिएकाेछ ‘हाम्रो गौरवशाली विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) स्थापनाकाल देखी नै विधार्थीहरुको हक, अधिकारको रक्षासंगै सर्वाङ्गिण विकासका लागि निरन्तर संघर्ष गरिरहेको बिषय सर्वविदितै छ । यसै सन्दर्भमा नेपाल कमर्श क्याम्पस मिनभवनमा अध्ययनरत ६३ जना विद्यार्थीहरुले २०८० श्रावण २९ गतेबाट सुरु भएको व्यवस्थापन संकाय दोस्रो बर्षको परीक्षा दिन नपाएको घटनाले हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।
कथित विद्यार्थी नेताहरूले विद्यार्थिहरुबाट पैसा समेत उठाएर परिक्षा फारम त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा नपठाउनु विधार्थीहरुको भविष्यमाथिको गम्भिर खेलवाड हो । क्याम्पस प्रशासनको मिलेमतोमा विद्यार्थिहरूलाई छात्रवृत्ति उपलब्ध गराउने तर विद्यार्थिहरुबाट पैसा असुल गर्ने यस प्रकारको घृणित हर्कत रोक्न राम्रो संगठन सम्बन्धित पक्षलाई कडा चेतावनी दिन चाहन्छ । हाम्रो संगठन उक्त अक्षम्य अपराधमा संग्लग्नहरुलाई कडा कार्बाही गरी विद्यार्थिहरूलाई परिक्षा दिने वातावरण सृजना गर्न त्रिविलाई विशेष अनुरोध गर्दछ । अन्यथा विद्यार्थीहरुको भविष्य बर्बाद हुने परिस्थितिमा संगठन जस्तोसुकै कडा कदम चाल्न बाध्य हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *