२९औं विश्व आदिबासी दिवस शानदार रुपमा सम्पन्न

News Social

सुनसरी:  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल आदिबासी जनजाति महासंघ १ नं. प्रदेश समितिद्वारा आयोजित २९ औं विश्व आदिबासी दिवस शानदार रुपमा सम्पन्न भएको छ । दिवस बुधबार सुनसरी जिल्लाको खनारमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश संयोजक भुपेन्द्र न्यौपानेले कार्यक्रमलाई सम्बोधन गर्दै उत्पीडित आदिबासी जनजाति समुदायले राष्ट्रिय, वर्गीय, जातीय, लिङ्गीय लगायत सबैखाले उत्पीडनका विरुद्ध मुक्ति आन्दोलन तथा जहानियाँ राणा शासन, निरंकुश राजतन्त्र लगाएतका शोषणमूलक राज्यसत्ताका विरुद्ध मुख्य भूमिकामा रहेर संघर्ष तथा बलिदान गरेको स्मरण गराएका थिए । उनले अझैपनि वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गीकलगायत उत्पीडनहरु कायमै रहेकोले सम्पूर्ण आदिबासी जनजाति लगाएतका उत्पीडित जनसमुदायलाई यसका विरुद्ध एकताबद्ध हुन समेत आव्हान गरे । उनले पहिचानसहितको संघीयताको पक्षमा १ नं. प्रदेशमा उठेको आन्दोलनको चर्चा गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी यसको पक्षमा दृढताकासाथ उभिने बताए । विद्यमान राज्यसत्ता र व्यवस्थाको समूल नष्ट गरी संघीय जनगणतन्त्रको स्थापनाले मात्र यसको हल हुने ठोकुवा गर्दै उनेले सम्पूर्ण पहिचानका पक्षधर जनसमुदायमा जातीय मुक्ति आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग जोड्नका निमित्त क्रान्तिकारी कम्युनिस्ट पार्टीमा गोलबन्द हुनसमेत अपिल गरे ।

कार्यक्रमका अतिथिहरु पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश सह–संयोजक सिताराम बुढाथोकी, केन्द्रीय सचिवालय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज डिल्ली बोहरा, केन्द्रीय सचिवालय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज विमल निरौला, केन्द्रीय सचिवालय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज मोहन तामाङ, पार्टीका केन्द्रीय सदस्य तथा महिला नेतृ अम्बिका रेग्मी, केन्द्रीय सदस्य तथा प्रदेश कार्यालय सचिव रोहित ढकाल, केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला संयोजक पेमा लामाले आफ्ना धारणासहित शुभकामना राखेका थिए ।

त्यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट आदिबासी जनजातिका नेता पारस लिम्बु, नेपाल महिला संघबाट अम्बिका रेग्मी, धिमाल राष्ट्रिय मुक्ति मोर्चाबाट नरसिंह धिमाल, किरात राष्ट्रिय मुक्ति मोर्चाबाट टिका राई, थारु राष्ट्रिय मुक्ति मोर्चाबाट नारायण चौधरी, मगर राष्ट्रि मुक्ति मोर्चाबाट रङ्गी मगर, किसान महासंघबाट बेणु बुढाथोकी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघबाट विष्णु चौधरी, तामाङ राष्ट्रि मुक्ति मोर्चाबाट पासाङ तामाङ लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने नरेन्द्र नेम्वाङले स्वागत मन्तव्य राखेका थिए ।

अखिल नेपाल आदिबासी जनजाति महासंघ १ नं. प्रदेशका संयोजक पदम तामाङको अध्यक्षतामा सुरुभएको सो कार्यक्रमको संचालन खगेन्द्र राईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *