नकुल चौलागाईं/काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल काभ्रे जिल्लाको आयोजनामा काभ्रेको बनेपामा मसाल जुलुस प्रदर्शन सहित कोणसभा सम्पन्न भएको छ ।
काभ्रेको बनेपा बिधुत प्राधिकरण देखि तीन धारा हुँदै रेडक्रस चोक सम्म सयौँको सङ्ख्यामा रहेका नेता तथा कार्यकर्ताहरूले जुलुश सहित नाराबाजी गरेका थिए ।
मिटर ब्याजि ,देशमा भएको चर्को महँगी, सुनकाण्ड भ्रष्टाचार, भुटानी शरणार्थी मानव तस्करी, किसानको मलबिउ बजार समस्या,लगायत एमसीसी खारेजी , राष्ट्रियता जनतन्त्र र जनजिविकाको समस्या समाधान गर्न माग गर्दै उक्त कार्यक्रम आयोजना गरियको जिल्ला इन्चार्ज सोमान सिङ तामाङले जानकारी दिएका छन् ।
कार्यक्रम लाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका जिल्ला संयोजक गौतमले सरकारले जनताको अधिकार र राष्ट्रियता जनतन्त्रको लागि गम्भीर नबनेको रास्ट्रघाति mcc ,लगायतका जनघाती कामहरु को सम्झौता तत्काल खारेज नगरे जनताहरु यक भयर विद्रोहको मशाल बाल्न बाध्य हुने चेतावनी दिए ।
उक्त कार्यक्रमको सञ्चालन भन्ने जिल्ला सह-संयोजक ढोग प्रसाद अधिकारिले गरेका थिए । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको जिल्ला कार्यकर्ता आम जनताहरूको उल्लेख्य सहभागीता रहेको थियो ।