क्रान्तिकारी कम्युनिस्ट पार्टी,माथागढी गाँपाको एकता अधिवेशन सम्पन्न

News Political

पाल्पा : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल माथागढी गाउँ संगठन समितिको एकता अधिवेशन,प्रशिक्षण तथा बैठक माथागढीमा बिहीबार सम्पन्न भएको छ ।

अधिबेशनले रजनि संयोजक र सन्तोष सहसंयोजक रहेको १७ सदस्यीय माथागढी गाउँ संगठन समिति निर्वाचित गरेको हो ।

कार्यक्रममा पार्टी महाधिवेशन आयोजक समिति सदस्य एवं पाल्पा जिल्ला इन्चार्ज ज्वाला , जिल्ला संयोजक दिग्दर्शनले प्रशिक्षण मुलक मन्तव्य राखेका थिए । भने कार्यक्रममा ५ नम्बर प्रदेश संगठन समितिका सदस्य श्रीचन्द्रकाे उपस्थिति रहेका थिए ।

अधिवेशनले रजनि,सहसंयाेजक सन्तोषकाे नेतृत्वमा १३ सदस्यीय संगठन समिति निर्वाचित गरेको छ । कार्यक्रमकाे अध्यक्षता रजनि,संचालन सन्तोष,स्वागत मन्तव्य रासिकाले राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *