क्रान्तिकारी कम्युनिस्ट पार्टी काभ्रेले बुझायाे प्रमुख जिल्ला अधिकारीलाई ९ बुँदे  ज्ञापनपत्र

News Political

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्ला संगठन समितिले संघर्षको कार्यक्रम स्वरुप समसामयिक विषयमा प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पौडेललाई ज्ञापनपत्र बुझाएकाे छ ।

मंगलबार काभ्रे जिल्ला संयाेजक माधव गाैतमले हस्ताक्षर गरेकाे ज्ञापनपत्रमा ‘हाल चर्चित सुन काण्डमा संलग्न व्यक्ति दावा छिरिङ विदेशी नागरिक भएकाे र यही जिल्लाकाे नवाेबुद्द नगरपालिका ठेगाना राखी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताकाे प्रमाणपत्र दिलाएकाे हुँदा साे सम्बन्धि तत्काल छानविन गरि दाेसी उपर कारबाही गर्न हामी जाेडदार माग गर्दछाैँ ।’ सहित ९ बुँदे ज्ञापणपत्र बुझाएकाे जनाइएकाे छ ।

उनले जनताकाे जाहेज मागहरू तत्काल सम्बाेधन नभए चरणबद्द आन्दोलन बढाउने र जनस्तरबाट नै कारबाही अगाडि बढाउने कुरा समेत जिल्ला अधिकारीलाई जानकारी गराएका छन् ।

ज्ञापणपत्र बुझाउन गएका टाेलीहरूमा जिल्ला संयाेजक माधव गाैतम, जिल्ला इन्चार्ज सोमान तामाङ, जिल्ला सहसंयोजक ढोग प्रसाद अधिकारी,लागायत नेताकार्यकर्ता छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *