दुई क्रान्तिकारी कम्युनिस्ट पार्टीबीच जिल्ला स्तरीय पार्टी एकिकरण सम्पन्न

News Political

सिन्धुली  : नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी सिन्धुली जिल्ला समिति र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकिकरणको प्रकृयामा संयुक्त सिन्धुली जिल्ला अधिवेशन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय कार्यालय सदस्य एबम् ३ नंबर प्रदेश संयोजक अटलको प्रमुख आतिथ्यतामा महाधिवेशन आयोजक समितिको सदस्य एबम् सिन्धुली जिल्ला ईन्चार्ज जिवनको उपस्थितिमा सम्पन्न भएकाे छ।

महाधिवेशन आयोजक समितिको सदस्य एबम् सिन्धुली जिल्ला संयोजक सागर मैनालीको अध्यक्षता र उद्घोषण गरिएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि केन्द्रीय कार्यालय सदस्य एबम् ३ नंबर प्रदेश संयोजक अटलले मैन बत्ति बालेर गरेका थिए ।

उक्त कार्यक्रममा एकता जिल्ला अधिवेशनलाई शुभकामना दिदै नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी बैज्ञानिक समाजवादी क्रान्तिमा जानको लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु बीच एकिकरण गर्दै नेपालमा एउटा लडाकु क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्न आवश्यक भएकाे बताए ।

उल्लेखित उद्येश्य पुरा गर्नको लागि नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी र नेपाल कम्युनिस्ट पार्टी बहुमत केन्द्र र प्रदेशमा एकिकरण भैसकेको र अहिले सिन्धुली जिल्लामा जिल्ला पार्टी कमिटिको एकिकरण अधिबेशन हुदैछ भन्दै नेपाली नयाँ जनवादी क्रान्तिको कार्यभार एउटा खुट्किलोका रुपमा पूरा गरी बैज्ञानिक समाजवादी क्रान्तिमा पुग्न नेपाल कम्युनिस्ट पार्टी मशाल सित अहिले एकिकरण नभए पनि एकताको लागि पार्टीको सबै तह सम्म छलफल गरेर एकतामा आउने बताए।

संयुक्त एकता सिन्धुली जिल्ला अधिवेशनले महाधिवेशन आयोजक समितिको सदस्य सागर मैनालीको संयोजकत्वमा पछि एक सदस्य थप्ने गरी २७ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी सिन्धुली जिल्ला संगठन समिति चयन गरिएको छ ।

सिन्धुली जिल्ला ईन्चार्ज जिवनले सिन्धुली जिल्लाको श्रावणको मसान्तसम्म इलाका, वडा र सेल कमिटी सम्म पार्टी एकीकरण गर्दै जबस मोर्चाको एकिकरण गर्दै ईलाका गाउँ टोलमा गै घरदैलो कार्यक्रम गर्ने संपूर्ण जनताको समस्या पहिचान गरी संघर्षको उठान गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *