बनेपा नगर समिति एकता अधिवेशन र पार्टी एकीकरण सम्पन्न

News Political

बनेपा :  बनेपा नगर समिति एकता अधिवेशन र पार्टी एकीकरण तथा जनसम्बन्ध विस्तार अभियान कार्यक्रम बनेपामा सप्पन्न भएकाे छ ।

बनेपा नगर समिति एकता अधिवेशनको अवसर पारेर बुधबार बनेपामा उक्त कार्यक्रम उत्घाटन सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन जिल्ला इन्चार्ज सोमान सि तमाङले मैन बत्ती बालेर गरेका हुन् ।

अभियान अन्तर्गत बनेपा अधिवेशन सौरब कायस्थको संयोजकत्वमा १७ सदस्यीय बनेपा नगर समिति गठन भएको छ । जस्मा कृष्ण श्रेष्ठ ,प्रकाश तामाङ ,रुपा परियार,राम माया मानन्धर ,सुक ब थिङ,तेलिमाया थिङ,अस्मिता थिङ,सुनिता थिङ,उतर मान स्याङ्तान,गोमा हमाल,सुकु मगर,नवीन वाइबा,बिनोद आले र राम मानन्धर रहेका छ्न् । पछि २ जना थप गरिने छ ।


कार्यक्रममा जिल्ला संयोजक माधब गौतम,सहसंयोजक ढोग प्र. अधिकारी, प्रदेस सदस्य जित ब. लामा लगायतका नेताहरुले सुभकामना मन्तव्य दिएका थिए भने नगर इन्चार्ज बिक्रम खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालक नवीन वाइबाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *